तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने

७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् । आईपीएलमा आफ्नो नाममा बोली लाग्दा उनी डिभिजन टूको तयारीका लगि दुबईमा थिए । त्यहीँबाट नामबिया पुगे र नेपाललाई विश्वकप छनोटमा स्थान पक्का गराएर शनिबार मात्र स्वदेश फर्किएका छन् ।

सोमबार गृहनगर चितवनमा ओर्लिँदा समर्थक र सुभेच्छुकबाट घेरिएका सन्दिपले एउटा अनपेक्षित प्रश्नको सामना गर्नुपर्‍यो । प्रश्न थियो, प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा र गायक उदितनारायण झा चर्चित बनेसँगै भारत भाँसिए । सन्दिपले भोलि त्यो गर्दैन भन्ने के छ र ? १७ वर्षे सन्दिप झस्किए । केही नर्भस जस्तो देखिए । तर, प्रष्ट शब्दमा भने, ‘मेरो लागि देशभन्दा ठूलो केही छैन । म त्यो परिकल्पना गर्न पनि सक्दिन ।’

उनले अघि भने, ‘यदि नेपालबाट नखेलेको भए म यहाँसम्म नपुग्न सक्थेँ । किनभने नेपालका लागि खेलेँ र सबैले चिने । त्यसैले म आफ्नो बेस कहिल्यै बिर्सन्न ।’

स्याङ्जामा जन्मिएका बाल्यकालमै बाबुसँग भारत पुगेका सन्दिपले त्यहीँ क्रिकेटको सामान्य ज्ञान लिएका थिए । १२/१३ बर्षको उमेरमा नेपाल आएर चितवन क्रिकेट एकेडेमीमा आवद्ध भएका उनी नेपालको तत्कालीन प्रशिक्षक पुवुदु दशानायकेको नजरमा परेपछि पछि फर्कनुपरेको छैन । राष्ट्रिय टोलीमा डेब्यू गरेसँगै अष्ट्रेलियन क्रिकेटर माइकल क्लार्कको साथ पाए । आफ्नो प्रदर्शनलाई तिखार्दै लगेका उनी आईपीएल टिमदिल्ली डेयरडेभिल्समा अवद्ध भएका छन् । आईपीएलमा पुग्ने उनी पहिलो नेपाली क्रिकेटर हुन् ।


प्लेइङ लिष्टमा पर्नेमा आशावादी छु

सन्दिपले आईपीएलमा दिल्ली डेयर डेभियर्सका तर्फबाट प्लेइङ लिष्टमा पर्नेमा आशावादी रहेका बताए । डिभिजन टूमा ‘प्लेयर अफ द टुर्नामेन्ट’ बनेका सन्दिपको प्रदर्शनलाई आईपीएल टिमले लगातार पछ्याइरहेको छ । ‘हरेक टिमले आफूले खेल जितोस् भन्ने चाहन्छ । कसलाई खेलाउँदा जितिन्छ भन्ने आधारमा प्लेइङ सूची तयार हुन्छ’ सञ्चारकमीृहरुसँग कुरा गर्दै सन्दिपले अघि भने, ‘दिल्लीको प्लेइङ सूचीमा म पनि पर्छु होला ।’

एकदिन आइपिएल खेल्छु भन्ने लागेको भए पनि यति छिट्टै हुन्छ जस्तो नलागेको उनले सुनाए । छनोट चरण पार गर्दैै नेपाल विश्वकपमा पुग्ने विश्वास आफूलाई रहेको सन्दिपले बताए । आगामी शनिबार नेपाली टोली छनौट प्रतियोगिता खेल्न जिम्बावे जाँदैछ । नेपालको पहिलो खेल आयोजक जिम्बावेसँगै छ ।

साभारः अनलाइन खबरबाट

नदीजन्य सामग्री तस्करी गर्ने १६ टिपर समातिए : छाड्न नेताको चर्को दबाब

गोरखा : दादागिरीको आडमा गोर्खामा नदीजन्य सामग्री तस्करी बढेपछि जिल्ला अनुगमन समितिले नियममा कडाइ गरेको छ। एक सातामा नदीजन्य सामग्री ढुवानी गर्ने १६ वटा टिपर र एक एक्साभेटर प्रहरीले नियन्त्रणमा लिएको छ। ‘सोमबार एकै दिन नौ वटा टिपर नियन्त्रणमा लिएका छौं’, प्रहरी नायब उपरीक्षक भेषराज रिजालले भने, ‘बिहीबार दुई वटा, शुक्रबार तीन वटा र मंगलबार दुई वटा टिपर नियन्त्रणमा लिएका छौं। नजिकै भेटिएका टिपर कार्यालय आसपास राखिएको छ। टाढा भेटिएका टिपरको कागजात जफत गरिएको छ।’ सबैलाई जरिवाना तिरेपछि मात्र छाडिने प्रहरी नायब उपरीक्षक रिजालले बताए।


नियन्त्रणमा लिइएका टिपरले जिल्ला प्रशासन, जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला प्रहरी कार्यालय परिसर भरिएका छन्। तर, व्यवसायी भने जरिवाना तिर्न राजी छैनन्। जरिवाना तिर्न ढिलाइ गरेकै कारण एक सातादेखिका टिपरले कार्यालय परिसर भरिएका हुन्। जिल्लाको घ्याल्चोक, दर्बुङ, फुजेल, घ्याल्चोक, ताक्लुङ क्षेत्रका खानीबाट नियमविपरीत नदीजन्य पदार्थ ओसारपसार गरेको फेला पारेकाले नियन्त्रणमा लिएको डीएसपी रिजालले जानकारी दिए।


अवैध कारोबारमा संलग्न टिपरले ४० हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने अनुगमन समितिका संयोजक प्रजिअ जितेन्द्र बस्नेतले जानकारी दिए। तर, व्यवसायीले चर्को जरिवाना भन्दै तिर्न अटेरी गरिरहेका छन्। व्यवसायीले भने बिनासर्त छाड्न दबाब दिने गरेको प्रहरीले जनाएको छ। ‘बिनासर्त छाड्न यति दबाब आएको छ कि, पागलै बनाउने भए’, डीएसपी रिजाल भन्छन्, ‘राजनीतिक पार्टीका नेता हुन् धेरै फोन गर्ने। तर, दबाबमा भरमा कसैलाई छाडिँदैन।’ रिजालले कसैलाई काखा, कसैलाई पाखा गर्न नमिल्ले बताउँदै नियन्त्रणमा लिइएका सबैलाई नियमानुसार जरिवाना गराएरै छाड्ने जानकारी दिए।


यसअघि नियमविपरीत नदीजन्य पदार्थ उत्खनन र ओसारपसारमा संलग्न सवारीधनीलाई हजार रुपैयाँ जरिवाना तिराएर छाड्ने गरिएको थियो। लाखौं अनियमितता गर्ने, पक्राउ परेमा एक हजार जरिवाना तिरेर रिहा हुने क्रम बढेपछि अनुगमन समितिले जरिवाना बढाएर ४० हजार रुपैयाँ बनाएको हो। यो वर्ष मात्र ५७ वटा टिपरलाई कारबाही स्वरूप एक/एक हजार रुपैयाँ जरिवाना तिराएको जिल्ला समन्वय समिति राजस्व शाखाका मनोहरि ज्ञवाली बताए।


नियम उल्लंघन गर्ने ट्र्याक्टरधनीसँग एक पटकमा २० हजार रुपैयाँ जरिवाना तोकिएको छ। त्यस्तै, टिपर तथा ठूला सवारीलाई ३० हजार रुपैँया, उत्खनन गर्ने हेभी इक्विपमेन्टलाई ४० हजार रुपैयाँ जरिवाना तोकिएको हो। गल्ती दोहोर्‍याए दोब्बर जरिवानाको व्यवस्था गरिएको प्रजिअ बस्नेतले जानकारी दिए। उनका अनुसार अवैध बालुवाको प्रतिघनमिटर १५ सय रुपैयाँ जरिवानासहित बिगो जफत गर्ने व्यवस्था रहेको उनले बताए।


ठेक्का पाएकाले नदीजन्य पदार्थ उत्खनन तथा बिक्री वितरण प्रक्रिया सम्झौताका सर्त पालना नगरे प्रतिट्र्याक्टर १५ हजार, टिपरको २५ हजार, र हेभी इक्वीपमेन्टको ३५ हजार रुपैयाँ जरिवाना तोकिएको छ। नियमविपरीत काम गर्ने ट्रयाक्टरले १५ हजार, टिपर तथा ठूला सवारीले २५ हजार र सामग्री उत्खनन गर्ने हेभी इक्विपमेन्टले ३५ हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने नयाँ नियम समितिले कायम गरेको छ।


हालै नियन्त्रणमा लिइएका टिपर धनीले नयाँ नियमबारे जानकारी नगराई एक्कासि ढाड सेकाउने गरी कारबाही गरिएको भन्दै जरिवाना तिर्न आनाकानी गरिरहेका छन्। ‘जुन दिन नियम बनाइएको छ, नियमबारे सबैतिर जानकारी नगराई त्यति ठूलो जरिवाना तिर्न लगाइएको छ’, ढुवानी व्यवसायी समितिका संयोजक भाइचन्द्र श्रेष्ठले भने, ‘हामी नीति नियममा चल्दैनौं भनेको होइन तर नयाँ नीति नियमबारे पहिले सुसूचित गर्नुपर्‍यो। अनि मात्र कार्यान्वयन गर्ने हो।’


विगतदेखि गर्दै आएको काम भएकाले एकाएक गैरकानुनी भयो भन्नेबारे थाहा नभएको जिकिरसहित बिनासर्त रिहा हुनुपर्ने समितिले माग गरेको छ। श्रेष्ठले कारबाहीमा चरम विभेद भएको आरोप पनि लगाएका छन्। ‘हाम्रो टिपर समातिएपछि अनियमितता गरिरहेका टिपरबारे हामीले नै जानकारी दिएका छौं तर बिनाकारबाही छाडिएको छ’, उनले भने, ‘राज्यको नियममा बस्ने हो भने त सबैलाई समान व्यवहार हुनुपर्छ। प्रभाव र दबाबमा परेर कसैलाई छाड्ने, कसैलाई कारबाही गर्ने न्यायसंगत हुँदैन।’ नियमन गर्ने प्रमुख निकाय जिल्ला समन्वय समिति रहेको भन्दै प्रजिअ बस्नेतले यस विषयमा जिल्ला समन्वय समितिको धारणा आउनुपर्ने बताए।

साभारः अन्नपूर्ण पोष्टबाट

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको काम सुरु

मोतिहारी–अमलेखगञ्ज ३६.२ किलोमिटर पेट्रोलियम पाइपलाइन परियोजनाका लागि भारतबाट आयात गरी वीरगन्ज चिनी कारखानमा भण्डारण गरिएको फलामे पाइप ।



तस्बिर : विजयकुमार महतो, पर्सा, रासस

साभारः अन्नपूर्ण पोष्टबाट

भूकम्पपीडित वृद्ध, असहाय र एकल महिलाको घर सरकारले बनाइदिने

१७ माघ, काठमाडौं । भूकम्पपीडित वृद्धवृद्धा, अशक्त एकल महिला, दृष्टिविहीन, अपाङ्गता भएका लगायतका जोखिमयुक्त वर्गका लागि घर सरकारले नै बनाइदिने भएको छ । पुनर्निर्माण प्राधिकरणका अनुसार त्यसका लागि कार्यविधिसमेत बनिसकेको छ । प्राधिकरणका प्रवक्ता यमलाल भुसालका अनुसार ७० वर्षमाथिका वृद्धवृद्धा, ६५ वर्षमाथिका एकल महिला, दृष्टिविहीन, रातो र नीलो कार्ड भएका अपाङ्ग व्यक्ति तथा १६ वर्षमुनिका नाबालक यसका लाभग्राही हुनेछन् ।

हालकै कार्यविधि अनुसार तीन लाख रुपैयाँ अनुदानमै आधारित रहेर त्यस्ता लाभग्राहीका लागि घर निर्माण गरिने प्राधिकरणले जनाएको छ । ‘केही असहाय वर्गलाई तीन लाख होइन १० लाख रुपैयाँ दिँदा पनि घर नबन्ने अवस्था देखियो,’ प्रवक्ता भुसालले भने, ‘त्यस्तालाई सरकारले नै हेर्नुपर्छ भनेर तयारी अघि बढाएका हौं ।’

प्राधिकरणले हालै पारित गरेको कार्यविधिले जोखिमयुक्त व्यक्तिको परिभाषामा उनीहरुलाई समेटेको छ र सोही आधारमा लगत संकलन गरेर काम अघि बढाइने प्रवक्ता भुसालले बताए । प्राधिकरणसँग जोखिमयुक्त व्यक्तिको सामान्य आँकडा भए पनि स्थानीय तहसँग थप जानकारी माग गरेर तथ्याङ्क प्रमाणित गरिने उनले जानकारी दिए । जोखिमयुक्त लाभग्राहीलाई दातृ निकाय र सामाजिक संघसंस्थामार्फत रकम परिचालन गरेर घर निर्माण गरिने प्राधिकरणको तयारी छ । यसका लागि वेलायती दातृ निकाय डिएफआईडी लगायतसँग छलफल भइरहेको पनि भुसालले बताए ।

जोखिमयुक्त व्यक्तिको प्रमाणिकरण गरेर गाउँपालिकाले सिफारिस गरेपछिमात्र दातृ निकाय तथा सामाजिक संघसंस्थाले घर बनाउन पाउने कार्यविधिमा उल्लेख छ ।

काठमाडौंबाटै १२ जना ‘नक्कली डाक्टर’ पक्राउ

१५ माघ, काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न अस्पतालमा छापा मारेर १२ जना ‘नक्कली डाक्टर’ लाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चको समन्वयमा सोमबार १२ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको विवरण भने सार्वजनिक गरिएको छैन ।

मेडिकल काउन्सिलका एक अधिकारीले अनलाइनखबरसँग भने, ‘१२ जना पक्राउ परेका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेकाले विवरण सार्वजनिक गरिएको छैन ।’

साभारः अनलाइन खबरबाट

अमेरिकन डलरको लोभमा गयो सात लाख रुपैयाँ

भक्तपुरः राम्रो मूल्यमा अमेरिकन पाउने लोभमा पर्दा एकजना व्यक्तिले सात लाख रुपैयाँ गुमाएका छन् । मध्यपुर ठिमी नगरपालिका–५ स्थित ठिमी कोरियन अस्पताल पछाडिबाट कपन बस्ने सोलुखुम्बुको चौरीखर्क गाउँपालिका–१ का २७ वर्षीय लोक्पा शेर्पाबाट सोमबार ७ लाख रुपैयाँ लिएर अपरिचिति व्यक्ति फरार भएका हुन् ।


उक्त रकम डलरसँग साटी दिन्छु भन्दै सिन्धुपाल्चोकको बाह्रबीसे घर बताउने २८ वर्षीय सुजन खडकासहित २ जनाले शेर्पालाई ठगेर फरार भएका हुन् ।

शेर्पा ठगिएको समाचार पाउनेबित्तिकै महानगरीय प्रहरी वृत्त ठिमीबाट गएको प्रहरीले उनीहरुको खोजी तीब्र बनाएको जानकारी दिएको छ ।

साभारः अन्नपूर्ण पोष्टबाट

पहिलो खेलको अन्तिम चरनमा किरनको एक्दमै महत्वोपूर्ण बचाउ । हेर्नुहोस यो भिडियो

Kiran Chemjong shines in his debut match for Minerva Punjab FC. Nepal number one Kiran Chemjong has started I-league career with a win. Chemjong was included in the first eleven of the team.
Minerva Punjab picked up a vital win in Imphal to remain at the summit of the I-League table.


Minerva Punjab FC beat NEROCA FC 1-0 in a crucial I-League encounter on Saturday afternoon in Imphal to take a step closer to the I-League title. Chencho Gyeltshen scored the only goal of the match in the second minute to seal a crucial win for the Warriors.


In the final minute Nepal International saves two crucial goal opportunites to give Minerva Punjab vital 3 points to stay at top of the I- League.


Minerva, with today’s win, take a step further towards winning the I-League this season. They now have 25 points from 10 matches while NEROCA remain in the second position with 21 points from 12 outings.


तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने

७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् । आई...