दलहरूबीच समझदारीको वातावरण बनाउँदैछुः प्रचण्ड

१६ पुस, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशको समृद्धि र विकासका लागि सत्तापक्ष र प्रतिपक्ष मिलेर अघि बढ्नुपर्ने बताएका छन् । ललितपुरको खुमलटारमा आइतबार विहान आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘दलहरुबीच मिलेर जाने वातावरण बनाउन मेहेनत गरिरहेको छु । कांग्रेस र एमालेसँग छलफल भइरहेको छ । विकासका लागि के सत्तापक्ष के प्रतिपक्ष ?’

दलहरूबीच समझदारीको वातावरण बनाउँदैछुः प्रचण्ड

अहिले देशमा सुशासन र विकास आवश्यक भएको भन्दै प्रचण्डले त्यसका लागि दलहरुबीच समझदारी हुन आवश्यक भएको बताए । सबै दलहरु मिलेर देश निर्माण गर्नुपर्ने भन्दै उनले त्यसका लागिनै आफूले पहल गरिरहेको बताए । ‘सबै दलहरु मिलेर नै देश निर्माण गर्ने हो,’ उनले भने, ‘त्यसो गर्न सकिएन भने नेपालको भविष्य अप्ठेरोमा पर्छ ।’आफ्नै पहलमा राष्ट्रिय सभा सम्बन्धी अध्यादेश अगाडि बढेको भन्दै प्रचण्डले राजनीतिक निकासका लागि सबैसँग मिलेर जानु पर्ने बताए ।

साभारः अनलाइन खबरबाट

दाह्रीजुँगाको ‘अपमान’ नगर्न हजामहरुलाई चेतावनी

धार्मिक अतिवाद भन्ने कुरा पनि अनौठो छ । यसले मानिसलाई आफ्नो दाह्रीजुँगा समेत चाहे अनुसार राख्न र फ्याँक्न दिँदैन । अहिले पाकिस्तानमा यस्तै भएको छ ।पाकिस्तानको मानसेहरा जिल्लामा एक मुस्लिम अतिवादी संगठनले स्थानीय हजामहरुलाई चेतावनी जारी गरेको छ ।खैबर प्रान्तको मानसेहरा जिल्लामा इन्टरनेसनल खत्म ए नाबूवत मुभमेन्ट अर्थात् आइकेएनएम नामक मुस्लिम संगठनले हजामहरुलाई चेतावनी जारी गर्दै कुनैपनि पुरुषको दाह्री कलमी गरेर छोटो नपार्न तथा ‘गैर–स्लामिक कट’ नकाटिदिन भनेको छ ।
जिल्लाभर पम्प्लेट छर्दै उक्त संगठनले फ्रेन्च कट, एल कट जस्ता स्टाइलमा दाह्री नकाट्न चेतावनी दिँदै यस्तो तरिकाले दाह्री काटेर दाह्रीको अपमान गर्नु इस्लाम विरोधी रहेको जनाएको छ ।यस चेतावनीलाई पालना नगर्ने हजामको पसल १५ दिनभित्र खाली गराइने संगठनले धम्की दिएको छ ।मुस्लिम अतिवादीहरुको डरकै कारण स्थानीय धेरै हजामहरुले अहिले दाह्रीको फेन्सी कट बन्द गरिसकेका छन् ।मुस्लिम संगठनको उक्त सूचना स्थानीय उर्दू जवान नामक पत्रिकामा पनि छापिएको छ । जसमा दाह्री खौरिनु भनेको सबैभन्दा खराब काम हो र स्वयं पैगरम्बर मोहमम्मदले नै यसो नगर्न आदेश दिएको सूचनामा लेखिएको छ ।तर स्थानीय पुलिसले चााहीँ मुस्लिम संगठनको चेतावनीपछि हजामहरुले दाह्री काट्न छाडेको घटनाको बारेमा अनभिज्ञता प्रकट गरेको गर्दै यस्तो कसैले गर्न नसक्ने दाबी गरेको छ ।
साभारः अनलाइन खबरबाट

निर्वाचन आयोगको भूमिका शंकास्पदः एमाले

१६ पुस, काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगको नियतमाथि आशंका उब्जिएको बताएको छ । उसले ताजा जनादेश अनुरुप नयाँ सरकार गठनमा सत्तापक्ष र आयोग असहयोगी भूमिकामा प्रस्तुत भएको आरोप लगाएको छ ।आयोगले ‘कतैको दबाब’मा परेर प्रतिनिधिसभाको निर्वाचन परिणाम रोकेर राखेको आशंका एमालेले गरेको छ ।प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको एक महिना पुग्न लाग्दा पनि आयोगले समानुपातिकतर्फको नतिजा लुकाएर राखेको एमाले स्थायी कमिटी सदस्य तथा पूर्वसभामुख सुवास नेम्वाङले बताए ।आयोगको ढिलाई अचम्म लाग्दो रहेको टिप्प्णी गरे । ‘मैले बुझेसम्म उहाँहरु अघि बढीसक्नुभएको थियो’ नेम्वाङले अनलाइनखबरसँग भने, ‘त्यहाँका कर्मचारी संयन्त्रले प्रक्रिया बमोजिम सिटहरु बाँडफाँड लगायत सम्पूर्ण दस्ताबेज प्रमुख आयुक्त र आयुक्तहरुलाई ६ दिनअघि नै बुझाइसकेको छ । तर आयोगले किन रोक्यो ?’
नेम्वाङले समानुपातिक सिट वितरणसँगै सम्पूर्ण निर्वाचन परिणाम राजपत्रमा प्रकाशित गरेर राष्ट्रपतिलाई बुझाउनुपर्नेमा आयोगले आलटाल गरिरहेको बताए । उनले भने-आयोगले किन यस्तो गरिरहेको छ ? जनताले प्रश्न उठाएका छन् । तत्काल प्रतिनिधिसभाको सबै परिणाम घोषणा गरेर नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त गर्नुपर्छ ।’निर्वाचन आयोगले भने राष्ट्रियसभा निर्वाचनपछि मात्र समानुपातिक सिट बाँडफाँट गर्ने तयारी गरेको छ ।
देउवाले सत्ता लम्ब्याउन खोजे नेम्वाङले प्रधानमन्त्री शेरवहादुर देउवा अझै दुई चार महिना आफ्नो सत्ता लम्ब्याउने खेलमा लागेको आरोप समेत लगाएका छन् ।राष्ट्रियसभाको निर्वाचन पनि मै गराउँछु भन्नु, निर्वाचन आयोगलाई परिणाम घोषणाबाट रोक्नु जस्ता गतिबिधिले सत्ता लम्ब्याउने चाहना प्रष्ट भएको उनले बताए । ‘मैले आरोप लगाउन चाहेको होइन, तर उहाँहरु बिभिन्न बहाना र निहुँ बनाएर सत्ता लम्ब्याउन खोजिरहनुभएको छ,’ नेम्वाङले भने, ‘राष्टियभाको निर्वाचन उहाँले गराउने कुरा कहाँ लेखिएको छ ? निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको निर्वाचन परिणामपश्चात राष्ट्रपतिलाई प्रतिवेदन दिनुपर्छ ।  त्यसपछि प्रतिनिसधाले बैधता पाउँछ, त्यस आधारमा राष्टपतिले प्रधानमन्त्री नियुक्त गर्नुहुन्छ र राष्ट्रियसभा निर्वाचन संविधान बमोजिम हुन्छ ।’नयाँ राजनीतिक नियुक्ति, सरुवा बढुवा र राज्यकोषबाट रकम बाँड्ने जस्ता कार्यले सरकार तत्काल कुर्सी छाड्ने सोचमा नरहेको प्रष्ट देखिएको बताए ।
साभारः अनलाइन खबरबाट

सम्झौता विपरित ठेकेदारले उठाए सडक कर, सवारीधनी मर्कामा

१६ पुस, पाल्पा । पाल्पाका सडकमा ठेकेदारले अवैध रुपमा सडक कर उठाएपछि सवारीधनी मर्कामा परेका छन् । जिल्लाबाट बल्ढेङगढी, सत्यवती र जुठापौवा जाने मोटरबाटोमा ठेकेदारले अबैध रुपमा सडक कर उठाएको भेटिएको छ ।स्थानीय ठेकेदार चन्द्रबहादुर सिंजालीले सालझण्डीदेखि साविक गाविससम्म पुग्ने सडकअन्र्तगत जोगदमारमा सडक कर उठाउने गरी टेण्डर भएको भएपनि ठेकेदारले अन्य सडकमासमेत ढाट राखेर कर उठाएका छन् ।जोगदमारमा मात्र नभई अर्घाखाँची हुँदै ढोरपाटन जाने सडकमा समेत सिंजालीले युवाहरु परिचालन गरी सडक कर लिने गरेको स्थानीयवासी गोविन्द थापाले बताए । थापाले भने- ‘अबैध रुपमा गाडीवालाहरुसँग रकम उठाइएको छ, तर यसको नियमन कसले गर्ने हो थाहा भएन ।’धेरै जसो गाडीवालाहरु पीडित भएपनि खुलेर प्रतिक्रिया दिन आनाकानी गरे । त्यस बाटोमा चल्ने गाडी चालक निरज अघिकारीले ठेकेदारले ढोरपाटन सडक अन्र्तगत इटिहामा साना सवारीसाधनलाई ४० रुपैंया र ठूला सवारीलाई ५० रुपैंया लिने गरेका बताए । जोगदमारमा प्रयोग गर्ने रसिद नै इटिहामा पनि प्रयोग गर्ने गरिएको छ ।स्थानीय बासिन्दाले साविक जिल्ला विकास समितिका केही पदाधिकारीसँगको मिलेमतोमा चन्द्रबहादुरले मनपरी सडक कर उठाएका आरोप लगाएका छन् ।
ठेकेदार चन्द्रबहादुरले पनि दुईतर्फ सडक कर उठाएको स्वीकार गरेका छन् । उनले भने – ‘सत्यवती जुठापौवा जाने जीपहरु यो बाटोबाट पनि चल्छ । त्यसैले कर उठाइएको हो ।’तर स्थानीयले ढोरपाटन सडकमा चल्ने सबै सवारीसाधनलाई कर लिने गरेको बताएका छन् ।गैरकानुनी प्रक्रियाले कर लिएको गरेको भन्दै स्थानीयवासीले जिल्ला समन्वय समिति पाल्पालाई समेत जानकारी गराएका छन् । वाषिर्क १ लाख ५० हजार रुपैयाँमा उक्त एकल रुटको टेण्डर भएको थियो ।
साभारः अनलाइन खबरबाट

जातीय बिभेद गर्नेलाई रामेछाप जिल्ला अदालतको जरीवाना र पीडितलाई क्षतिपूर्ति

१६ पुस, रामेछाप । जिल्ला अदालत रामेछापले जातिय विभेद गरेको आरोपमा ४ जनालाई जरिवाना गराउने फैसला गरेको छ । साथै घटनाका पीडितलाई अदालतले क्षतिपूर्ति समेत भराएको छ ।न्यायाधीश कृष्णप्रसाद पौडेलको इजालसले आइतबार सुनाएको फैसलामा जातका नाममा बिभेद गर्नेलाई कारबाही गर्नुपर्ने उल्लेख छ ।गोकुलगंगा गाउँपालिका- ४ को बेतालिका का ४० वर्षीय कृष्णकुमार बिश्वकर्मालाई मन्दिरमा प्रवेश रोक लगाएर जातीय विभेद गर्ने सोही स्थानका ४ जनालाई अदालतले दण्डित गरेको हो । उनीहरुलाई जनही २ हजार रुपैयाँका दरले जरिवाना गरेको छ ।
अदालतले पीडितलाई पीडकहरुबाट २५ हजार रुपैयाँ जरिवाना भराउने आदेश अदालतले दिएको छ ।विकलाई गत वर्ष माघ २२ गते स्थानीय शेराकाली मन्दिरभित्र प्रवेश गरेको आरोपमा मन्दिरका पूजारीहरु छत्रबहादुर बुढाथोकी र भीमबहादुर बुढाथोकीले ५ हजार रुपैयाँ जरिबाना गराइ रुद्री लगाएका थिए । उनीहरुलाई सो कार्य गराउन निर्देशन दिने सोही स्थानका गुञ्जबहादुर कार्की र मकरनाथ जोगीलाई पनि अदातलतले दण्ड सजाय तोकेको छ ।
साभारः अनलाइन खबरबाट


राष्ट्रियसभामा ८ प्रकारका मतपत्र।

१६ पुस, काठमाडौं । सरकारले राष्ट्रियसभा सदस्य निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेका बेला निर्वाचन आयोगले आठ प्रकारका मतपत्र छाप्नुपर्ने प्रारम्भिक गृहकार्य गरिरहेको छ ।दुई किसिमका मतदाताका दुई अलग-अलग मतभार र चार क्लष्टर भएकाले ८ प्रकारका मतपत्रको सम्भावना हुने आयोग प्रवक्ता दिनेश घिमिरे बताउँछन् ।राष्ट्रियसभामा प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख गरी २ हजार ५६ जना मतदाता हुन्छन् । दुई किसिमका मतदाताका फरक-फरक मतभार छन् । प्रदेशसभाको एक सदस्यबराबर मतभार ४८ र स्थानीय तह प्रमुख वा उपप्रमुखको भने मतभार १८ हुन्छ ।
त्यसैले आयोगलाई मतगणनाका लागि दुईवटा रंगका मतपत्र चाहिन्छ ।अर्को कुरा समावेशी सिद्धान्तअनुसार चारवटा क्लस्टर (महिला, दलित, अल्पसंख्यक वा अपांग र अन्य) छन् । त्यसैले यी चारवटा क्लस्टरमा दुई-दुई वटाको दरले ८ प्रकारका मतपत्र चाहिन सक्छ ।आयोग प्रवक्ता घिमिरेले अनलाइनखबरसँग भने, ‘अहिले सम्भावनाको कुरा गर्दा आठ प्रकारका मतपत्र आवश्यक पर्ने देखिन्छ । यसको अन्तिम टुंगो लाग्न भने बाँकी नै छ ।’कति प्रकारका र कति संख्यामा मतपत्र छाप्ने भन्ने टुंगो एक हप्ताभित्र लाग्ने उनले बताए । ‘दलहरु कति हुन्छन् र कति मतपत्र चाहिन्छ त्यहीअनुसार छपाइको काम हुन्छ, हामी यसबारे परामर्शमै छौं,’ घिमिरेले भने ।
साभारः अनलाइन खबरबाट

मेलमिलाप दिवसमा आक्रमक देउवाः आफैं हार्ने अनि मलाई हरायो भन्ने ?

१६ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्रका विरोधीहरुलाई कडा जवाफ दिएका छन् ।मेलमिलाप दिवसको अवसरमा नेपाल विद्यार्थी संघले आयोजना गरेको आजको सन्दर्भ र राष्ट्रिय मेलमिलाप’ विषयक विचार गोष्ठीमा बोल्दै सभापति देउवाले चुनावमा पराजित हुने उम्मेदवारहरुलाई जथाभावी नबोल्न चेतावनी समेत दिए ।‘पार्टी भित्र मेरो बिरोध गर्नेले पनि बुझुन्,’ प्रधानमन्त्रीसमेत रहेका देउवाले कडा रुपमा प्रस्तुत हुँदै नेताहरुलाई प्रश्न गरे, ‘चुनाव आफैं हार्ने अनि मलाई हरायो भन्ने ?’
उनले पार्टीका नेता रामचन्द्र पौडेल लगायतका अन्य पराजित भएका नेताहरुले अन्तरघात गरेको आरोप लगाएको तर्फ संकेत गर्दै कडा रुपमा जवाफ दिएका हुन् ।सभापति देउवाले आफ्नै कारणले कांग्रेस पराजित भएको भन्दै अब पार्टी भित्रै अनुसाशनसहितको मेलमिलाप आवश्यक भएको बताए ।एक्का एक्लै लड्दा कांग्रेस कुनै पार्टी भन्दा कमजोर नभएको भन्दै युवाहरु निराश हुन नहुने बताए ।‘कांग्रेस हारेको छैन, तपाई युवाहरु किन निराश हुनुभएको ?,’ उनले भने, ‘म बुढो त निराश भएको छैन, तपाईंहरु किन निराश हुने ।’
साभारः अनलाइन खबरबाट


कमजोर कम्पनीको आइपीओ किन्दा बुझेर किन्न लागेको घोषणा गर्नुपर्ने

१६ पुस, काठमाडौं । अब वित्तीय अवस्था सन्तोष जनक नदेखिएका कम्पनीले आइपीओ निकाल्दा सर्वसाधारण लगानीकर्ताले आवेदन दिंदा अनिवार्य रुपमा उक्त निष्काशनको लागि तयार गरेको विवरणपत्र पढेर आफ्नो स्वविवेकले दरखास्त दिएको हो भन्ने उद्घोषण गर्नुपर्ने भएको छ । यस्तो उद्घोषण बिक्री प्रबन्धक कम्पनी र आस्वा सदस्यहरु समक्ष गर्नुपर्ने छ । धितोपत्र बोर्डले यससँगै कम्जोर कम्पनीले सेयर निष्कासन गर्दा थप प्रावधानहरु पुरा गर्नुपर्ने नियम ल्याएको छ । प्रति सेयर अंकित मूल्यभन्दा प्रति सेयर खुद सम्पत्ति कम भएका र सबैभन्दा न्यून रेटिङ प्राप्त गरेका कम्पनीहरुले नयाँ शर्त पुरा गर्नु पर्ने भएको हो ।सञ्चालन अवधि तीनवर्ष व्यतित भैसकेको अवस्थामा विगत तीन वर्षको र तीनवर्ष व्यतीत भैनसकेको अवस्थामा सञ्चालन अवधिभरको लेखापरीक्षण भएको वित्तीय विवरण बमोजिम प्रति सेयर खुद सम्पत्ति, प्रति सेयर आम्दानी आवहान पत्रमा स्पष्ट देखिने गरि प्रकाशित गर्नुपर्नेछ ।
जलविद्युत आयोजनाहरुले प्रति मेगावाट लागत, विद्युत उत्पादन अनुमतिको बाँकी अवधि, लगानीफिर्ता हुने अवधि पनि उल्लेख गर्नुपर्नेछ । कम्पनीहरुले प्राप्त गरेको क्रेडिट रेटिङको ग्रेड उल्लेख गर्ने र सबैभन्दा कम ग्रेड पाएको भएमा आह्वानपत्र लगायत अन्य सूचनाहरुमा स्पष्ट देखिने गरी ठूलो अक्षरमा उल्लेख गर्नुपर्ने ।निष्काशनकर्ता संस्थाको लेखापरीक्षकले प्रक्षेपित वित्तीय विवरण ठिक रहेको भनी स्पष्ट रुपमा प्रमाणित गर्नुपर्ने, संगठित संस्थाले विवरणपत्रमा प्रक्षेपण गरेको विवरणहरु तथा वास्तविक विवरण तुलनात्मक रुपमा बार्षिक प्रतिवेदनमा तालिकामा प्रस्तुत गर्नुपर्ने छ । साथै प्रक्षेपित विवरणभन्दा वास्तविक विवरण फरक पर्न गएमा सोको कारण खुलाई आफ्नो बार्षिक प्रतिवेदनमा प्रक्षेपित अवधिसम्म प्रत्येक बर्ष प्रस्तुत गर्नुपर्ने पनि भएको छ ।
धितोपत्रको सार्वजनिक निष्काशनका लागि तयार गरिने विवरणपत्र निष्काशनकर्ता कम्पनीको वेभसाइटमा कम्तिमा वित्तीय विवरण प्रक्षेपण गरिएको अवधिसम्म अनिवार्य रुपमा राख्नुपर्ने भएको छ । निष्काशन तथा विक्री प्रबन्धकको वेभसाइटमा भने धितोपत्रको बाँडफाँट नभएसम्म राख्नुपर्ने र आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाको अनलाइन आवेदन गर्ने स्थानमा विवरणपत्रको लिङ्क निष्काशन अवधि भरी राख्नुपर्ने भएको हो ।
साभारः अनलाइन खबरबाट

आँखा दान गर्नेप्रति श्रद्धाञ्जली

१६ पुस, काठमाडौं । काठमाडौंको गौशालास्थित तिलगंगा आँखा अस्पतालले आँखाको नानी दान गर्नेलाई श्रद्धासुमन अर्पण गर्नुका साथै उनका परिवारलाई कदरपत्रले सम्मान गरेको छ । ‘ आँखा दान महादान’ भन्ने नारासहित नेपाल आँखा बैकले शनिवार आयोजना गरेको ‘सामूहिक श्रद्धाञ्जली सभा’ कार्यक्रममा नेपाल आँखा बैकले मरणोपरान्त आँखाको नानी दान गर्ने व्यक्तिको सम्झना तथा सम्मानमा श्रद्धा सुमन अपर्ण गर्नुका साथै आखा दान गर्नेको परिवारलाई कदरपत्रद्वारा सम्मान गरेको थियो । नेपाल आँखा बैंकले दृष्टिविहीनहरुलाई आँखाको नानी प्रत्यारोपण गरेर नयाँ जीवन प्रदान गर्दै आएको नेपाल आँखा कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष आँखाका नानी दान गर्नेको सम्झनामा यस प्रकारको श्रद्धाञ्जली सभा कार्यक्रम आयोजना गर्दै आएको छ ।
कार्यक्रममा प्रमुख अतिथि हरिवंश आचार्यले मृत्युपश्चात दान गरेको श्रीमती मीरा आचार्यको आँखाले आफूहरुलाई हेरेर हाँसिरहेको र अहिलेसम्म पनि उनी जिवितै रहेको उल्लेख गर्दै अन्धविश्वासको पछाडि नलागी मृत्युपश्चात शरिरबाट काम लाग्ने आँखाको नानी लगायत अन्य अगंहरु दान गर्ने संस्कृतिको विकासको थालनी गर्न अनुरोध गरे । त्यस्तै, यस वर्ष २३५ जनालाई आँखाको नानी प्रत्यारोपण गरी पुन दृष्टि दिलाउने विराटनगर आँखा अस्पतालका निर्देशक डा. संजय सिंहले एकजनाबाट दान गरेको आँखाको नानीले चार जना दृष्टिविहिनलाई दृष्टि प्रदान गर्न भन्दै नेपाल आँखा बैंकले गरि आएको आँखाको नानी संकलन सराहनीय रहेको जानकारी दिए ।
कार्यक्रममा विपी नेत्र अध्ययन प्रतिष्ठान शिक्षण अस्पताल महाराजगंजका कर्निया विभाग प्रमुख डा.मिनु चौधरीले आँखा दान गर्नु गराउनुको साथै आँखाको नानी प्रत्यारोपण विशेषज्ञको सेवा सुविधालाई नेपालको सबै क्षेत्रमा उपलब्ध गर्न आँखाको नानी रोग विशेषज्ञको जनशक्ति बढाउनुपर्ने र आँखा नानी प्रत्यारोपण शल्यक्रियाको लागि श्रोत, साधन र उपकरणको पनि आवश्यक मात्रामा उपलब्ध गर्न सरकारको ध्यानाकर्षण गराइन् । त्यसैगरी, नेपाल आँखा बैंकको लागि साइट लाइफ अमेरिकाकी प्रोगाम म्यानेजर तथा प्रतिनिधि राखी नाथवटले आँखा दानसम्बन्धी भएको बृहत कार्यक्रम विश्वमै विरलै हुने भएकोले यो अभियानलाई आदर्शको रुपमा लिनुपर्ने धारणा व्यक्त गरिन् ।
नेपाल आँखा बैंकले अन्तराष्ट्रिय गुणस्तरको मापदण्ड पूरा गरी आँखाको नानी संचय र वितरण प्रणाली अवलम्बन गर्दै नेपालको सबै क्षेत्रमा आँखाको नानी उपलब्ध गरी आँखा प्रत्यारोपण सेवामा सहयोग गर्दै आएको तथा एशियामै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको भन्दै उनले नेपाल आँखा बैंकलाई अन्तराष्ट्रिय स्तरको बैंक सम्बन्धि तालिम केन्द्रको रुपमा विकास गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं पशुपतिनाथका अध्यक्ष बिमल श्रेष्ठले पशुपतिबाट शुरु गरेको मृत्युपछि गरिने आँखा दान कार्यक्रमलाई नेपालभर विस्तार गर्न लायन्सहरु लागि परेको जानकारी दिए ।कार्यक्रम पाटन अस्पतालका निर्देशक डा.विष्णु शर्मा, विभिन्न अस्पतालका निर्देशक लगायत मरणोपरान्त आखाको नानी दान गर्नेका आफन्तहरु लगायत हजार भनदा बढीको सहभागितामा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान संचालक समितिका सदस्य शम्भु तामाङ्गको सभापतित्व ग्रहण गरेका थिए ।
साभारः अनलाइन खबरबाट

सुनसरी-११ ले जित्यो फाल्गुनन्द गोल्डकप

१६ पुस, पाँचथर । नवौं रुस्लान फाल्गुनन्द गोल्डकप फुटवलको उपाधि सुनसरी-११ ले जितेको छ । मोरङ-११ लाई २-० गोल अन्तरले हराउँदै सुनसरीले उपाधि जितेको हो । पुर्वी पहाडकै सबैभन्दा ठूलो मानिने प्रतियोगिताको फिदिम माविको खेल मैदानमा सम्पन्न फाइनलमा दुवै टोलीले पहिलो हाफ गोलरहित बराबरी खेले । तर दोस्रो हाफमा सुनसरी हावी भयो । ६७औं मिनेटमा तीर्थ बस्नेतले गोल गर्दै सुनसरीलाई अग्रता दिलाए । खेल सकिनु ४ मिनेटअघि हेमन्त थापाले सुनसरीलाई २-० को जितसँगै उपाधि सुनिश्चित गराए ।सुनसरीले उपाधिसँगै ३ लाख पुरस्कार पाएको छ भने उपबिजेता मोरङले २ लाखमा चित्त बुझाएको छ ।
प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका सुनसरीका हेमन्त थापाले ३५ हजार पुरस्कार पाए । तीर्ग बस्नेत प्रतियोगिताको सर्बाधिक गोलतकर्ता बने भने सुनसरीका विकास चौधरी उत्कष्ट गोलरक्षक, मोरङका सुरेन्द्र खवास उत्कृष्ट डिफेण्डर, सुनसरीका बुद्धिमान राई उत्कृष्ट मिडफिल्डर र सुनसरीका निवान लिम्बू उत्कृष्ट स्ट्राइकर चुनिए । उनीहरु सबैले जनही १० हजार पुरस्कार पाए । समापन समारोहमा आयोजक फिदिम स्पोर्टिङ क्ल्वले नेपालका फिफा रेफ्री लव खत्रीलाई सम्मान गरेको छ । यस्तै क्लवले हरेकवर्ष उपलव्ध गराउँदै आएको प्रजापति नेपाल पत्रकारिता पुरस्कार यो वर्ष पत्रकार गणेश साम्पाङलाई दिइएको छ ।

साभारः अनलाइन खबरबाट

आकांक्षाको ‘तिमीलाई छुदै’ सार्वजनिक

संगीतकार राजु सिङको संगीत तथा गायीका आकान्क्षा बस्यालको प्रतिक्षित गीत ‘तिमीलाई छुदै’ सार्बजनिक भएको छ । प्रेम र प्रेमको रमाईलो पक्षलाई कैद गरिएको भिडीयोमा जिबन भट्टराई र आस्मा घिमिरेको रोमान्टिक जोडी देख्न सकिन्छ ।
विरगन्जमा छायाँकन गरिएको सार्बजनिक भिडीयो निक्कै उत्कृस्ट बनेको छ । यस अघि समेत थुप्रै हिट नम्बर बजारमा ल्याइसकेकी गायीका बस्यालको सार्बजनिक गीतमा डीपी खनालको शब्द रहेको छ । निकेस खड्काले निर्देशन गरेको म्युजीक भिडीयोमा ,बिकास धमालाको सम्पादन , उज्वल ढकालको कलर र बुद्ध थापाको क्यामरा समाबेस छ ।
साभारः अनलाइन खबरबाट

कांग्रेसको मेलमिलाप दिवसकै दिन नेविसंघमा ‘फुट’ !

१६ पुस, काठमाडौं । नेपाली कांग्रेस र त्यसका भ्रातृ संस्थाहरुले आइतबार मेलमिलाप दिवस मनाउँदैछन् । दिवसको अवसरमा राजधानी काठमाडौंसहित देशभर विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।तर मेललिाप दिवसकै दिन कांग्रेसका प्रभावशाली भातृ संगठन नेपाल विद्यार्थी संघ भने बिभाजित अवस्थामा पुगेको छ ।नेविसंघ अलग-अलग समूहले मेलमिलाप दिवसमा अलग-अलग कार्यक्रम गरेका छन् भने यसबीचमा समानान्तर गतिबिधि भइरहेका छन् । कांग्रेस संस्थापक वीपी कोइरालालगायतका नेताहरुले राष्ट्रियता जोगाउन राजसंस्था र कांग्रेस मिल्नुपर्छ भन्ने नीतिसहित भारतको आठ वर्षे निर्वासन जीवन त्यागेर स्वदेश फर्किएको दिनको सम्झनामा हरेक वर्ष पुस १६ गतेलाई मेलमिलाप दिवसको रुपमा मनाउने गरिन्छ ।


कांग्रेसको मेलमिलाप दिवसकै दिन नेविसंघमा ‘फुट’ !

के हो मेलमिलाप दिवस ?

२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले ‘कू’ गर्दै शासन आफ्नो हातमा लिए । कांग्रेस संस्थापक एवम् तत्कालीन प्रधानमन्त्री वीपी कोइरालालगायतलाई जेल हालियो । महेन्द्रले बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्धमात्र लगाएनन् नेताहरुमाथि देशद्रोहको मुद्दासमेत लगाइयो । तर, २०२५ कात्तिक १४ गते वीपी कोइरालालगायतका नेताहरु जेलमुक्त भए । त्यसपछि उनीहरु भारतमा निर्वासन जीवन बिताउन थाले । त्यसको ८ वर्षपछि अर्थात् २०३३ साल पुस १६ गते वीपी, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेताहरु राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरु मिलेर अघि बढ्नुपर्ने नीति लिएर स्वदेश फर्किए । सोही दिनको सम्झनामा हरेक वर्ष पुस १६ गतेलाई नेपाली कांग्रेस र उसका भ्रातृ संस्थाहरुले ‘मेलमिलाप दिवस’का रूपमा मनाउँदै आएका छन् ।

मेलमिलाप दिवसकै दिनदेखि विभाजनको रेखा

वीपीको मेलमिलापको नीतिलाई अहिले पनि उत्तिकै सान्दर्भिक मानिन्छ । तर, मेलमिलाप दिवसकै दिनदेखि कांग्रेस भ्रातृसंगठन नेविसंघमा भने विभाजनको स्पष्ट संकेत देखिएको छ । कांग्रेसमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूहबीच मिल्ती देखिँदैन । यो विभाजनको रेखा प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि झन् गहिरो बन्दै गएको छ । पार्टीभित्रको बेमेलको असर स्वतः भ्रातृ संगठन नेविसंघमा परेको छ । र, कांग्रेसमा भन्दा चर्को अन्तरद्वन्द्व नेविसंघमा देखिएको छ । त्यसको ताजा उदाहरण हो मेलमिलाप दिवसको अवसरमा नेविसंघका नेताहरुले आयोजना गरेको अलग-अलग कार्यक्रम । नेविसंघको संस्थापन पक्षले राष्ट्रियसभागृहमा दिउँसो एक बजे कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा सहभागी हुँदैछन् । दिउँसो १ बजे नै रामचन्द्र पौडेल पक्षको नेविसंघ नेताहरुले त्रिचन्द्र क्याम्पसमा अर्को छुट्टै कार्यक्रम आयोजना गरेका छन् । त्रिचन्द्रको कार्यक्रममा रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंहलगायतका नेताहरुलाई बोलाइएको छ ।

यद्यपि पौडेल र कोइरालाले उपत्यका बाहिर पूर्वनिर्धारित कार्यक्रम रहेकाले कार्यक्रममा सहभागी हुन नसक्ने बताएका छन् । पौडेल र कोइराला सहभागी नभए पनि त्रिचन्द्रको कार्यक्रममा प्रकाशमान सिंह सहभागी हुने नेविसंघ नेता मनोज वैद्यले बताए । सिटौला पक्षले भने मेलमिलाप दिवसकै सन्दर्भ पारेर शनिबार युवा नेताहरुको सहभागीतामा अलग्गै कार्यक्रम गर्‍यो । कार्यक्रममा गगन थापा, गुरुराज घिमिरे, चन्द्र भण्डारी, प्रदीप पौडेल, उमेशजंग रायमाझीलगायत नेताहरुलाई बोलाइएको थियो । ती नेताहरुको धारणा पार्टीको पहिलो पुस्ताले राजनीतिबाट विश्राम लिएर अभिभावकत्वको भूमिका खेल्नुपर्छ भन्ने थियो ।

देउवालाई १० दिने अल्टिमेटम

नेविसंघका नेता-कार्यकर्ता देउवा र पौडेल पक्ष भन्दै दुई ध्रुवमा बाँडिएका छन् । संस्थापन पक्षको नेतृत्व अध्यक्ष नैनसिंह महरले र पौडेल पक्षको नेतृत्व मनोजमणि आचार्यले गर्दै आएका छन् । नेविसंघको विवाद यति उत्कर्षमा पुगेको छ कि आचार्य पक्षले समानान्तर समिति बनाउने चेतावनी नै दिइसकेको छ । राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आयोजित अलग-अलग कार्यक्रम पनि त्यही तयारीको पहिलो खुड्किलो हो भन्छन् जानकारहरु । कांग्रेस नेता पौडेल पक्षका नेविसंघका नेताहरुले यसअघि पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर अध्यक्ष महर स्वेच्छाचारी ढंगले बढेको भन्दै त्यसलाई रोक्न माग गरेका थिए । देउवाले पनि आफूले महर र आचार्य दुबै पक्षलाई राखेर मिलाउने भन्दै १० दिन समय मागेका थिए । त्यो दशदिने अल्टिमेटमको अन्तिम दिन आज हो । संयोगले आजै राष्ट्रिय मेलमिलाप दिवस परेको छ । र, यही दिनदेखि नै नेविसंघमा मेलमिलाप होइन विभाजनको संकेत देखापरेको छ । बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेस एकढिक्का हुनुपर्नेमा नेता-कार्यकर्ताहरुमा विभाजनको मानसिकता छ ।

नेविसंघको विवादको चुरो

नेविसंघमा अहिले देखिएको विवादका बिभिन्न कारणहरुमध्ये पदाधिकारी र केन्द्रीय सदस्यहरुको नियुक्ति मुख्य हो । अध्यक्षलाई १५० केन्द्रीय सदस्यहरुमध्ये ६ पदाधिकारीसहित २१ जना नियुक्त गर्ने अधिकार छ । विधानमा भएको व्यवस्थाअनुसार नेविसंघ अध्यक्षले परामर्श गरेर पदाधिकारीमा एकजना महामन्त्री, ३ जना सहमहामन्त्री र दुई जना उपाध्यक्ष (एक महिला र एक खुल्ला) नियुक्त गर्न पाउँछन् । अहिले नेविसंघ अध्यक्ष महरले महामन्त्रीमा आनन्दराज त्रिपाठीलाई नियुक्त गरेका छन् । त्रिपाठी अध्यक्षमा चुनाव लडेर पराजित भएका थिए । केन्द्रीय सदस्य पनि अधिकांश नियुक्त भइसकेका छन् । अब ३ सहमहामन्त्री र २ उपाध्यक्ष नियुक्त गर्न बाँकी छ ।

हालसम्म गरिएका नियुक्तिहरुमा परामर्श नगरी एकलौटी गरेको आरोप अध्यक्ष महरलाई लागेको छ । पौडेल पक्षले नियुक्तिमा ५० प्रतिशत भागबण्डा खोजेको थियो तर महरले सबै आफू निकटलाई नियुक्त गरेपछि नेविसंघभित्रको विवाद छताछुल्ल भएको छ । पौडेल पक्ष नेविसंघ केन्द्रीय सदस्य कल्पना खड्काले अध्यक्ष महरको एकलौटी नरोकिए समानान्तर समिति गठन गरेर अघि बढ्ने चेतावनी दिइन् । उनले निर्वाचित केन्द्रीय सदस्यहरुको बहुमत आफूहरु पक्षमा रहेको दावी पनि गरिन् । यता महर पक्षले भने अनावश्यक रुपमा विवाद सिर्जना गर्न खोजिएको बताएको छ । उपाध्यक्ष पुष्पकुमार शाहीले मनोनयन गर्ने व्यक्तिको नाम माग्दा पौडेल पक्षबाट अलग-अलग नाम आउँदा समस्या भएको बताए ।

‘नेतृत्व मुख्य जिम्मेवार’

वीपीको राष्ट्रिय मेलमिलापको नीति र क्रियाकलापले वृहत्तर राष्ट्रिय एकताको सन्देश दिने दिनलाई पुस १६ गते विशेष सम्झना गरिन्छ । तर वीपीको बिचारको ‘लिगेसी’ बोकेको कांग्रेस पार्टीको भातृ संस्थामा यसरी विभाजनको रेखा कोरिनु दुर्भाग्यपूर्ण हो भन्छन् उपाध्यक्ष डिल्लीराज सुवेदी । यसको मुख्य जिम्मेवार मुल नेतृत्व नै भएको उनको ठहर छ । ‘मूल नेतृत्वले पार्टीभित्र वृहत्तर एकताको लागि समन्वय नगर्दा र बैचारिक आधारभूमि तयार नपार्नुको कारण नेविसंघको विवाद छताछुल्ल भएको हो, यो दुर्भाग्यपूर्ण छ,’ सुवेदीले अनलाइनखबरसँग भने, ‘सिंगो कांग्रेस पार्टीमा विनिर्माणको चरण र चक्र पार नगरीकन नवजागरण सम्भव देखिँदैन । यसका निम्ति आम कार्यकर्ताबीचमा पुग्ने गरी नेतृत्वले समन्वय गरेर जानुको विकल्प छैन ।’

साभारः अनलाइन खबरबाट

क्लबमा अनमोलको डान्स, ‘कृ’को ‘यति यति पानी’ बोलको गीत सार्वजनिक - हेर्नुहोस् भिडियो शहित

यो बर्षकै प्रतिक्षित चलचित्र ‘कृ’को ट्रेलरले युटुब र सामाजिक संजालमा हंगामा मच्चायो । नायक अनमोल केसीको बदलिएको गेटअपले दर्शकलाई अचम्मित मात्र बनाएन, चलचित्रलाई नै प्रतिक्षित बनाइदियो । युटुबमा करिब एक साता नम्बर १ ट्रेन्डिङमा रहेको चलचित्रको ट्रेलरलाई अधिकांश दर्शकले रुचाएका छन् ।ट्रेलरले युटुबमा हंगामा मच्चाएको करिब ३ सातापछि यसको निर्माणपक्षले चलचित्रको पहिलो गीत सार्वजनिक गरेको छ । ‘यति यति पानी गंगै रानी’ बोलको क्लब गीत, अंग्रेजी नयाँ बर्षको अवसर पारेर रिलिज गरिएको हो ।नयाँ बर्षमा यो गीत डान्स क्लब, डिस्कोमा घन्किने विश्वास निर्माणपक्षको छ । अल्मोडा राना उप्रेती र मिस्टर आरजेको स्वर रहेको गीतमा मिस्टर आर जे कै शब्द तथा संगीत छ ।


 क्लबमा अनमोलको डान्स, ‘कृ’को ‘यति यति पानी’ बोलको गीत सार्वजनिक

गीतको भिडियोलाई रेनशा वान्तवा राइले कोरियोग्राफी गरेकी हुन् भने पुरुषोत्तम प्रधानले खिचेका हुन् ।चलचित्रका मुख्य नायक अनमोल केसीलाई यो क्लब गीतमा फिचरिङ गरिएको छ । अनमोलले यो गीतका लागि निकै मिहिनेत गरेको उनको नृत्य शैलीले पनि प्रष्ट पार्छ । काठमाण्डौको डेजा भू र राजु पेन्टरले निर्माण गरेको भव्य सेटमा खिचिएको गीतको भिडियो निर्माणमा निकै मिहिनेत गरिएको देखिन्छ । चकलेटी अनुहारका कारण चर्चामा रहेका अनमोलले आफ्नो एक्सन र अभिनय क्षमता चलचित्रको ट्रेलरमा देखाइसकेका छन् । अब, यो गीतसँगै उनको नृत्य क्षमता पनि देखिएको छ । सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो । चलचित्रमा सुवास गिरी र भूवन केसीको लगानी छ ।

सुरेन्द्र पौडेलले यो चलचित्रको निर्देशन गरेका हुन् । ट्रेलरले सकारात्मक प्रतिक्रियाले हौसिएका सुरेन्द्र गीतबाट पनि आशावादी देखिएका छन् । कमल गिरी कार्यकारी निर्माता रहेको चलचित्रका सह-निर्माता श्री पराजुली हुन् । चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ । माघ २६ गतेबाट यो चलचित्र देशभरका हलमा रिलिज हुनेछ ।

साभारः अनलाइन खबरबाट

कांग्रेस ५० वर्ष सत्तामा नआउने योगेश भट्टराईको दावी - आखिर के रहेछ त कारण ?

१५ पुस,काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले केपी ओली र प्रचण्डलाई नेल्सन मण्डेला जस्तो बन्ने अवसर आएको बताएका छन् । पार्टी एकता सम्पन्न गरेपछि दुवै नेताले नेल्सन मण्डेल जस्तै सर्वमान्य बन्ने गरि पार्टीको कार्यकारी भूमिकबाट विदा लिनु उपयुक्त हुने उनको सुझाव छ । एमाले सञ्चार इलाका कमिटीले आइतवार काठमाडौंमा आयोजना गरेको सम्मान कार्यक्रममा भट्टराईले भने, ‘ओली र प्रचण्डले आफूले गर्न सक्ने योगदान दिनुभयो,माधव नेपाल,झलनाथ खनाल र बामदेव गौतमहरुले पनि जति योगदन दिनुपर्ने हो दिइसक्नुभएको छ,अब उहाँहरुले अवकाश लिँदा हुन्छ ।’


कांग्रेस ५० वर्ष सत्तामा नआउने योगेश भट्टराईको दावी

पार्टी एकता भएपछि प्रचण्ड र ओलीसहितका पहिलो पुस्ताका नेताहरुको शत प्रतिशत अंक पुग्ने भट्टराईले बताए । उनले एमाले र माओवादी केन्द्रबीच एकता कसैले रोक्न नसक्ने दावी गरे । एमाले प्रचार बिभाग प्रमुख समेत रहेका भट्टराईले चुनाव हारिसक्दा पनि कांग्रेस र शेरवहादुर देउवाले सत्ता नछाड्ने नकच्चरो प्रवृति देखाएको आरोप लगाए । उनले अब ५० वर्ष कांग्रेस सत्तामा नआउने दावी समेत गरे । भट्टराईले भने-वंशजका शासकले अन्तिममा जसरी चुरीफुरी देखाउछन्,अहिले शेरवहादुर देउवाले त्यस्तै शैली देखाएका छन् । कांग्रेस अब ५० वर्षसम्म सत्तामा आउन सक्दैन,त्यसैले नकच्चरो बनेर सत्ता लम्ब्याउन खोज्दैछन् ।

साभारः अनलाइन खबरबाट

अपराधको घीनलाग्दो रुपः महिलालाई नांगेझार पारेर पैसा मागियो

१५ पुस, काठमाडौं । मितमाआको घर हिँडेकी महिलालाई नग्न बनाई झापा जिल्लास्थित चियाबारीमा लुकाएर रकम माग गर्ने समूहका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । एकजना फरार छन् । पीडित महिलालाई प्रहरीले नग्न अवस्थामा उद्धार गरेको छ ।प्रहरीका अनुसार इलामकी ३५ वर्षीया ‘फ कुमारी’ (परिवर्तित नाम) मितभाइसँग मोटरसाइकलमा बिर्तामोड आएकी थिइन् । यही क्रममा झापाको अर्जुनधारा नगरपालिका ११ स्थित गिरीबन्धु चियाबगानमा पुगेपछि उनीहरुलाई तीनजनाको समूहले खुकुरी देखाएर रोक्यो । सालबाडीका विजयबहादुर राना र नविन डाँगीसहितको समूहले दिदीभाइलाई जबरजस्ती चुम्बन गर्न लगाए र त्यसको फोटो खिचे ।


यो समूहले कपडा खोलेर नाङ्गो बनाएको र पटक-पटक करणीको प्रयास गरेको पीडितले बताएकी छन् ।उनीहरुले युवतीलाई नग्न पारेको भिडियोसमेत बनाएका थिए । उनीहरुले एक लाख मागेको र नदिए भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने धम्की दिएको पीडितको भनाइ छ । तर, पीडित दिदीभाइले १० हजार मात्रै छ, त्यो पनि बैंकबाट निकाल्नुपर्छ भनेपछि विजय र नविनको समूहले मोटरसाइकलको साँचो खोसेर महिलालाई चियाबारीभित्र लगेर राखे । पीडिकमध्येका एकजना पीडितका भाइलाई लिएर पैसा निकाल्न बैंकतिर लागे ।

त्यही क्रममा पीडितका भाइ भागेर प्रहरी कहाँ पुगे । प्रहरी टोलीले घटनास्थल पुगेर चियाबारीभित्रबाट नाङ्गो अवस्थामा महिलाको उद्दार गरेको छ । प्रहरीका अनुसार यो समूहले उनीहरुको साथमा रहेको १२ हजार २०० लिएको खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

साभारः अनलाइन खबरबाट

सत्तामा टाँसिरहने रहर छैनः प्रधानमन्त्री देउवा

१५ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव गराएकोमा धन्यवाद दिनुको साटो आफूमाथि शंका उपशंका गरेकोमा असन्तुष्टि जनाएका छन् । साथै उनले आफ्नो सत्तामा टाँसिरहने रहने रहर नभएको बताएका छन् । तमु ल्होसारको अवसरमा शनिबार टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले भने, ‘चुनावको नजिता सहर्ष स्वीकार गरेर सरकार निर्माणमा पुरा सहयोग गर्न तयार रहेको व्यक्तिलाई झुटा कुरा गर्नु शोभनीय हुँदैन ।’


सत्तामा टाँसिरहने रहर छैनः प्रधानमन्त्री देउवा

चुनाव गराएर संविधान कार्यान्वयन गर्न सफल भएको गौरव लागेको उनले बताए । ‘धन्यवाद दिनुको सट्टा शंका उपशंका गर्नुको काम छैन’ एमालेको अरोपतर्फ संकेत गर्दै कांग्रेस सभापति समेत रहेका देउवाले भने, ‘मलाई सत्तामा टाँसिने रहर छैन । म कांग्रेस हुँ, प्रजातन्त्रवादी हुँ र जनताको निर्णयलाई शिरोधार्य गर्छु ।’राष्ट्रपतिले राष्ट्रियसभा सदस्यको निर्वाचनसम्बन्धी अध्यादेशमा स्वीकृत गरेर नेपालको राजनीतिमा महत्व योगदान पुगेको प्रधानमन्त्री देउवाले बताएका छन् ।देउवाले मौलिक पहिचानको रुपमा रहेका विभिन्न जाति समुदायको पर्वलाई उत्सवका साथ मनाउन सहयोग गर्नु राज्यको दायित्व रहेको बताएका छन् ।

साभारः अनलाइन खबरबाट

२०१७ बलिउडः कुन अभिनेत्री हिट ? 12 अभिनेत्रीमा कुन तपाईंहरुलाई मन पर्छ ?

२०१७ बलिउड अभिनेत्रीका लागि कस्तो रह्यो । कुन अभिनेत्रीले कति फिल्ममा खेल्न भ्याए, त्यसमध्ये कति हिट भयो कति फ्लप ? हेरौं २०१७ मा बलिउड अभिनेत्रीको स्कोरबोर्ड ।

आलिया भट्ट : यसपाली आलिया भट्टको गति थोरै धिमा देखिए । अहिले उनी आफुलाई निखार्ने चरणमा छिन् । जिन्दगीको आनन्द उठाइरहेकी छिन् । यसबर्ष आलियाको एक फिल्म रिलिज भयो  ‘बद्रीनाथ की दुल्हनिया’ । यो फिल्म सुपरहिट भयो ।

अनुष्का शर्मा : अनुष्का शर्माको लागि २०१७ बिशेष रह्यो । बर्षको अन्त्यतिर उनी बिवाह बन्धनमा बाधिइन् । क्रिकेटर विराट कोहलीसँगको लामो अफेयरलाई उनले ‘ह्याप्पी इन्डिङ’ गराएकी छिन् । तर, फिल्मी करियर भने उनको त्यती चलायमान रहेन । यसबीचमा उनको दुई फिल्म सार्वजनिक भयो । फिल्लौरीको त उनी निर्माता पनि भइन् । यसमा उनले केहि नयाँ अभ्यास गर्ने प्रयास गरिन्, तर फलदायी रहेन । ‘जब हैरी मेट सेजल’मा उनले शाहरुख खानसँग रोमान्स गरिन् । तर, यो फिल्मलाई दर्शकले लोप्पा ख्वाइदियो ।

प्रियंका चोपडा : प्रियंका चोपडा भारतमा त्यसबेला देखा परिन्, जब उनलाई हलिउडबाट फुर्सद मिल्यो । यसबर्ष उनको कुनै हिन्दी फिल्म सार्वजनिक भएन । हलिउड फिल्म ‘बेवाच’ हिन्दीमा डब भएर रिलिज भयो । यो फिल्मबाट प्रियंकाले निकै आशा गरेकी थिइन् । तर, यसले हावा खायो ।

कैट्रिना कैफ : सलमानलाई छाडेर रणबीर कपुरसँग लहसिएकी क्याटरिना कैफको करियर निरन्तर ओह्रालो लाग्यो । आखिरमा अधोगतिमा लागेको करियरलाई उकास्न उनले पूर्व ब्वाइफ्रेन्डको साथ खोज्नुपर्‍यो । बर्षको अन्त्यतिर उनी सलमानसँग सिल्भर स्क्रिनमा छाउन पुगिन, टाइगर जिन्दा है मार्फत । फिल्मले बक्स अफिसमा राम्रो कलेक्सन गरिरहेको छ । यसअघि उनको ‘जग्गा जासूस’ सार्वजनिक भयो, जो नराम्ररी चिप्लियो ।

श्रद्धा कपूर : यसपाली श्रद्धा कपुरको करियर अचानक रोकियो । उनी चर्चाबाट टाढा रहिन् । यसबर्ष उनको तीन वटा फिल्म त सार्वजनिक भयो, तर खास हलचल मच्याउन सकेन । ओके जानू फ्लप भयो । हाफ गर्लफ्रेन्डको खुब चर्चा थियो, तर यसले औसत फिल्मको दर्जा पायो । हसीना पारकरको लागि श्रद्धाले निकै पसिना बगाइन्, तर त्यो व्यर्थ भयो

सनी लियोनी : एडल्ड फिल्मबाट बलिउडमा अवतरण गरेकी सनी लियोनीको कुनैपनि फिल्मले त्यस्तो सफलता पाएको छैन, जति चर्चा हुनेगर्छ । यद्यपी सनी भने चलेकै छिन् । यसपाली भने उनी आइटम गर्लको रुपमा छाइन् । यसपाली रईस, बादशाहो, भूमी जस्ता फिल्मको गीतमा उनले कम्मर मर्काइन् । नूर फिल्ममा छोटो भूमिकामा देखिइन् । उनी अभिनित ‘तेरा इन्तजार’ फिल्मले भने दर्शकलाई इन्तजार गरिरहनु पर्‍यो ।

ज्याकलिन फर्नाडिस : ज्याकलिनको दुई फिल्म रिलिज भयो । ए जेन्टलमेन र जुडुवा-२ । यसमध्ये एउटा हिट भयो, अर्को फ्लप । यसले ज्याकलिनको करियरमा भने खास फरक पार्दैन । किनभने फिल्ममा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइनन् ।

विद्या बालन : लामो विश्रामपछि २०१७ मा विद्या वालन तंगि्रइन् । उनले यसबीचमा दुई फिल्म दिइन्, बेगम जान र तुम्हारी सुलु । एउटा फिल्म फ्लप भयो, अर्को हिट ।

कंगना रनौवट : कंगना यसपाली विवादै विवादमा अल्झिइन् । अभिनेता रितिक रोशनसँगको दुश्मनी उनको लागि काउसो बनिदियो । उनको दुई फिल्म रिलिज भयो, रंगून र सिमरन । तर, फिल्मले भन्दा उनको विवादले बढी चर्चा पायो ।


भूमि पेडनेकर : भूमि पेडनेकर चुपचाप दुई सफल फिल्मको हिस्सा बनिन्, यसबर्ष । अक्षय कुमारसँग उनले ‘टाइलेट एक प्रेम कथा’ जस्तो सुपरहिट फिल्म दिइन् । उनको अर्को फिलम ‘शुभ मंगल सावधान’ पनि सफल रह्यो । दुबै फिल्ममा उनले आफ्नो अभियन क्षमता राम्ररी देखाइन् ।

दीपिका पादुकोण : दीपिका पादुकोणको कुनै हिन्दी फिल्म रिलिज भएन, यसपाली । हुन त उनी अभिनित  हलिउड फिल्म यसपाली सार्वजनिक भयो । त्यो चर्चा गरिए जस्तो हिट भने भएन । दीपिका अभिनित फिल्म ‘पद्यावती’ यसपाली सार्वजनिक हुने तय भएको थियो । यद्यपी विवादको कारण यसको रिलिज डेट अनिश्चित भयो ।

कृति सेनन : कृति सेननले ‘बरेली की बर्फी’ र ‘रब्ता’ जस्ता फिल्ममा अभिनय गरिन् । पहिलो फिल्म औसतमा दरिए । दोस्रो सुपर फ्लप । यद्यपी उनी अभिनयमा भने फिट देखिइन् ।


साभारः अनलाइन खबरबाट

पुस्तक अंश–जुवाडेको कथा र कांग्रेसको राजनीति

मसँग थोरै पैसा थियो र धेरै आँट । सबैभन्दा ठूलो कुरा आफ्नो जन्मभूमिका लागि केही गर्नुपर्छ भन्ने आत्माको आवाज थियो । यही कारण गैरसरकारी संंस्थाका रुपमा तामाकोशी सेवा समिति नामक संस्था खोलेका थियौं । राम्रा काम गर्ने योजना थियो तर हाम्रो देशमा कुनै काम गर्नुको अर्थ कुनै पदमा पुग्ने र राजनीति गर्ने साधन बन्छ भन्ने सोच राखिन्छ भन्ने सोचेको थिइनँ । त्यही भयो । तासेस (तामाकोशी सेवा समिति)का स्वयंसेवक, सहयोगी र काम गरेका समुदाय एक ढिक्का भएर मेरो पक्षमा नउभिएका भए रामेछापमा सामूदायिक विकास गर्ने मेरो सपना नेताहरुकै कारण अपूरो मात्र होइन, धुलोपिठो हुने थियो ।नेतालाई पछुवाहरुको ठूलो समूह चाहिन्छ, भोट चाहिन्छ, नोट चाहिन्छ, लठैत चाहिन्छ । लेखकलाई यी कोही पनि चाहिँदैनन् । लेखक एक्लै बाँच्ने प्राणी हो । रामेछापका सक्कली नेताहरुले के बुझेनन् भने मेरो रगतमा सोझो लेखक थियो । म उनीहरु जस्तो काइते नेता थिइनँ । उनीहरुले आफैंजस्तो ठानेर मलाई पछाडिबाट छिर्के हाने । म सोझैँ जुधेँ ।

किसुनजी मुसुक्क हाँसेर बराबर यो चुट्की लिने गर्थे, ‘हेर्नुस् बाबु, तपाईंको जिल्ला दुई नम्बर हो तर त्यहाँका मान्छेचाहीं एक नम्बरी छन् । तपाईंको जिल्लामा सक्कली नेताहरु छन् । तपाईं सोझो हुनुहुन्छ । जोगिनु होला ।’मैले र राजनीतिमा मभन्दा बढी पृष्ठभूमि र योगदान भएकी दुर्गाले समेत किसुनजी वा अरु कुनै कांंग्रेस नेतासँग कुनै पद वा फेभर नमागेकाले उनले मलाई सोझोमा गनेको हुनुपर्छ । किसुनजी कहिलेकाहीँ पतञ्जलीझैँ सूत्रमा बोल्थे । उनले भनेको ‘सक्कली नेता’को परिभाषा बुझ्न मैले कठिन परिश्रम गरें । यौटा खली मित्रले बताएपछि मात्र ‘सक्कली’को अर्थ बुझें । किसुनजीले सक्कली नेता भनेको के हो भन्ने बुझेपछि त्यो सूत्र मेरो रामेछापका नेतासँग व्यवहार गर्ने मूलमन्त्र भयो । मेरा खली मित्रले ‘सक्कली’ को अर्थ बुझाउन यो कथा सुनाए ः

एउटाको मर्ने बेला भएछ । मर्ने बेलामा बाबुले आफ्नो एक्लो छोरालाई भन्यो, ‘यो मेरो तँलाई अन्तिम उपदेश हो । सकेसम्म जुवा, रक्सी र वेश्याबाट परै बसेस् । केहीगरी सक्दै सकिनस् भने यी कुराहरु सक्कलीसँग बुझेर मात्रै मनले खाएको गरेस् ।’बाबु बितेपछि उसलाई त्यो उपदेशको तात्पर्य बुझ्न मन लाग्यो । सबभन्दा पहिले सक्कली जुवाडेलाई भेटेर उसले जुवा खेल्न सिक्ने इच्छा बतायो । जुवाडेले भन्यो, ‘पैसा झिक ।’ उसले पैसा झिक्यो ।जुवाडेले भन्यो, ‘अघि म सोखिन जुवाडे हुँदा म पनि यस्तै पैसाले जुवा खेल्थेँ । जीवनभरि जुवा खेलेर मेरो सबै सर्वश्व सकियो । परिवारले छाडे । अब यो भत्केको पाटीमा बसेर फुटेका गाग्राका रुपियाँ बनाएर जुवा खेल्छु । मैजस्ता टाट पल्टेका मेरा साथीहरु जुवा खेल्न आउँछन्, यस्तै खबटा लिएर । तिमी पनि खबटा लिएर आऊ, हामीसँग खेल्ने हो भने । यहाँ सक्कलै रुपैयाँ चल्दैन ।’

उसले जुवाडेको हविगत बुझ्यो र सक्कली जँड्याहा खोज्न थाल्यो । महिनौंदेखि दारुका भरमा मात्रै बाँचेको, नङ, कपाल बढेर बिरुप भएको, बाटोमा जो भेट्यो पैसा माग्ने र पायो भने दारु तन्काइहाल्ने, देख्दा माग्ने वा बौलाहाजस्तो लाग्ने मान्छेलाई भेट्यो । मान्छेहरुले भने ऊ नै सक्कली जँड्याहा भनेर चिनाइदिए । सक्कली जँड्याहाको अगाडि पर्नेबित्तिकै उसलाई भन्यो, ‘पैसा झिक रक्सी खान ।’ ‘तिमीलाई देख्दै पुग्यो, खानु परेन,’ उसलाई देख्दै विरक्तिएको थियो । ‘के देखेको छस् र ? अघि म सोखिन जँड्याहा छँदाको मेरो रवाफ देखेको भए थाहा पाउँथिस्,’ सक्कलीले भन्यो । ‘के रवाफ थियो र ?’ उसले सोध्यो  ‘मेरा तमाम साथी थिए । तिनले मलाई सधैं घेरेका हुन्थ्ो । सबलाई म ख्वाउँथें । पियाउँथें । क्या महेफिल जम्थ्यो सधैं ।’‘अनि के भो त ?’‘मेरो सम्पत्ति सकियो । म टाट भएँ । अनि, यी यै भो । सबैले मलाई छाडे । तिमी पनि यसै नछोड । सुका-मोहोर भए पनि दिएर जाऊ । आज कोही दाता जुरेको छैन ।’

त्यसपछि ऊ सक्कली वेश्यासँग गयो । जीवनभरि वेश्यावृत्ति गरेकी ती नारी दुढी र रोगग्रस्त भएर थला परेकी भए पनि नयाँ-नयाँ चेली बटुलेर धन्दा गरिरहेकी थिइन् ।अनि, उसले सक्कली बाबुले दिएको ‘सक्कलीसँग सिक्नु’ भन्ने उपदेशको अर्थ बुझ्यो ।यो कथा सुनेपछि मैले किसुनजीको सक्कली सूत्र बुझें र रामेछापका नेताहरुसँग व्यवहार गर्ने मेलो बसाएँ । किसुनजीले भनेको अघिको पूर्व दुई नम्बरमा अहिलेका तीन जिल्ला छन्, दोलखा, रामेछाप र सिन्धुली । यी सबै अहिले पनि पूर्व दुई नम्बर भनेर चिनिन्छन् । पूर्व दुई नम्बर खासमा एक नम्बरका मान्छे र नेताहरुको मात्र होइन, विद्वान, राजनीति र समाज सुधारका अगुवाहरुको जन्मथलो पनि हो ।म रामेछापमा ‘सामूदायिक विकास’ गर्छु भनेर लागेको केही समयपछि नै अचानक बहुदलीय व्यवस्था आयो । त्यो टुप्पाबाट आएको थियो, फेदबाट होइन । गाउँघरमा त के कुरा केन्द्रकै पनि कति नेताहरुलाई बहुदलीय व्यवस्था यसरी र यति चाँडै झ्वाट्ट आइहाल्छ भन्ने विश्वास थिएन । मेरो मन्थलीमा काम गर्ने निर्णय र बहुदलको आगमन केवल काकताली थियो ।

बहुदल के आउनु थियो, धेरैले रामेछापको रुखो पाखोमा राजनीति नै सबैभन्दा मलिलो, भरिलो र रसिलो देखे । हिजोका पञ्चायतका प्रबल प्रवक्ताहरु सिद्धिचरणले ‘मेरो प्यारो ओखलढुंगा’ भनेझैं ‘मेरो प्यारो मातृसंस्था’ भन्दै कांग्रेसमा फर्किए ।कोही मबाट ‘हिमालयन ब्लन्डर भयो’ भनेर माफी माग्दै फर्किए । केको पार्टीले खटाएर पो त म कट्टर पञ्च भएको, मेरो हृदयमा त कांग्रेसकै बास थियो भन्दै फर्किए । कोही गर्भैदेखिको कांग्रेस हुँ भन्दै फर्किए । कोही जन्मजात कांग्रेस हुँ भन्दै फर्किए । कोही वाक्य फुट्दा नै ‘प्रजातन्त्र’ भनेको हुँ भन्दै फर्किए ।बसाईं सरेका फर्किए । जागिरदार फर्किए । ठेकेदार फर्किए । बिद्यार्थी फर्किए । बेरोजगार फर्किए । सबका सब अवसर परस्तहरु फर्किए । कांग्रेस त ‘मास’ पार्टीभन्दा बढी पाटी । जो आए तिनले घुसपैठ नै गरेर पनि बनाउन सकेको ठाउँ पाए, पाटीमा जस्तै ।

सुकरात भन्छन्, ‘जतिसुकै सामान्य मान्छे पनि नसिकेको काम गर्न डराउँछ । तर, सरकार चलाउने राजनीतिजस्तो सबैभन्दा कठिन कामका लागि भने आफूलाई सुयोग्य पात्र ठान्छन् ।’सुकरातका बेलामा त राजनीति पेशामा त्यस्तो आकर्षण थियो भने अहिले के मारामार नहोस् । संसारको सामान्यभन्दा सामान्य पेसाका लागि पनि उपयुक्त शिक्षा, गरिजान्ने तालिम, जान्नेको सहायक भएर सिक्ने योग्यता चाहिन्छ । बिँडी बेर्न सिक्नुपर्छ । रिक्सा चलाउन सिक्नुपर्छ । घाँस काट्न सिक्नुपर्छ । दाउरा चिर्न सिक्नु पर्छ । तर, राजनीति गर्न, सरकारजस्तो जटिल संस्था चलाउन केही सिक्नु पर्दैन । उमेर पुगे पुग्छ । बहुदल आएपछि सबैको राजनीति गर्ने धोको र आँट मन फुकाएर बाहिर निस्कियो । सबै फान्टेफुन्टे नेता भए । कार्यकर्ता कोही भएनन् । राजनीति गर्ने बोझ धर्ती मातालाई थेगिनसक्नु भयो ।

भर्खर सदरमुकाम बनेको केही पनि आधारभूत निर्माण नभएको सुनसान मन्थली गाउँमा अनेक दल नेता र कार्यकर्ताको घुइँचोले बाटो पाइन छाडियो । गाईजात्राजस्तै भयो । जे, जस्ता होटेल लज नामधारी थिए, ती सधैं भरिन लागे ।बेला-बेलामा मन्थली र वरपरका गाउँका घरका कोठा, चोटा, दलान, बुइँगलहरु पनि मान्छेले भरिन लागे । बेरोजगार मान्छेले त रोजगारी पाए । पाए सबैभन्दा दुःख कति ठाउँमा छोरी-बुहारीका यौवनले समेत रोजगारी पाउन लागे । मन्थलीको शताब्दियौंदेखिको गाउँले चरित्र अचानक ध्वस्त भयो । त्यो भयावह रुपान्तरण मेरै आँखाअघि भयो । म त्यसको साक्षी भएँ । त्यो मेरो जीवनको अति कटु अनुभव थियो ।मन्थलीका एक मुठी रैथानेहरु घरबाहिर जग्गा अधिग्रहण हुनासाथ भौतिक तवरमा विस्थापित भइसकेको थिए ।म पनि तिनैमध्येको थिएँ । त्यसमाथि जिल्लाभरिका मान्छेको अतिक्रमणले गर्दा मन्थलीका सबै रैथानेजस्तै म पनि आफ्नो मन्थलीमा पराई र बिरानो भएँ । अनि, मानसिक रुपले पनि विस्थापित भएँ ।

रामेछापका त्यसबेलाका जीवित नेताहरुको त्यस्तो दुःखद स्थिति थियो भन्ने सम्झनाले मलाई पीडा हुन्छ । उनीहरु जीवनभरि राजनीति गरेर लोककथाका सक्कली जुवाडे, जँड्याहा र वेश्याको जस्तै अवस्थामा पुगेका थिए, कोही नवपञ्च भएर, कोही कुनै दल वा नेताको नामसम्म जपेर तर केही नगरेर, कोही जागिर खाएर, कोही बसाइँ गएर, जीवीका धानेर ।पञ्चायतलाई बज्रतुल्य देखेका थिए, ढल्ने कुनै छाँट देखेका थिएनन् । आस मारेर बसेका बेला अचानक बहुदल आएपछि सक्कली जुवाडेजस्तै फुटेका गाग्राका खबटाले भए पनि राजनीतिको जुवा खेल्दै थिए ।सक्कली जँड्याहाजस्तै मागेर भए पनि दारु खाँदै थिए । सक्कली वेश्याजस्तै नयाँ चेला बटुलेर राजनीतिको सानोतिनो भए पनि धन्दा चलाउन जुर्मुराएका थिए । चाकरीकै भरमा भए पनि ‘राजनीति’को खाल धान्दै थिए ।

उनीहरुले मेरो सामूदायिक विकास प्रयत्नलाई आफ्नै राजनीतिजस्तै छलछाम ठाने । म पनि उनीहरुजस्तै रुखो रामेछापमा मलिलो र रसिलो राजनीति देखेर धमिलो पानीमा माछा मार्न आएको भने । म कांग्रेसका रुपमा परिचित थिएँ । मेरो कांग्रेसका शीर्षस्थ नेताहरु कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालासँग राम्रै परिचय थियो । दोस्रो पुस्ताका धेरै नेता राम्रा मित्र पनि थिए । डाहा गर्नेहरुले मेरो त्यो पहुँचलाई झन् खतरनाक ठाने ।स्वाभाविक थियो, मैले संसद ताकेको खण्डमा मेरो पहिलो प्रतिस्पर्धा कांग्र्रेसकै संसद-प्रत्यासी नेताहरुसँग हुने भएकाले त्यो समस्या जिल्लाका सबै दलका नेतासँग भए पनि कांग्रेसका नेताहरुसँग बढी भयो । अतः सबैभन्दा ठूला त्रु मेरो आफ्नै दल कांग्रेसका मान्छे भए ।

तामाकोशी सेवा समिति कुनै नेता वा दलको मित्र वा अमित्र थिएन । तटस्थ थियो । यो केवल निर्धा जनताको मित्र थियो । नेताहरु आफ्नो र आफ्नो दलको स्वार्थका लागि काम गर्थे । तामाकोशी सेवा समिति विपन्न जनताको स्वार्थका लागि काम गथ्र्यो । नेताहरु चाहन्थे, यो पनि उनीहरुका मान्छेका लागि मात्र काम गरोस् । त्यो कुरा तामाकोशी सेवा समितिको मिसनविपरित थियो । समस्या त्यही भयो । तामाकोशी सेवा समिति बाहिरबाट रामेछापमा विकासका कनिका छरिटोपल्न आएको मौसमी टुरिस्ट संस्था थिएन । यही जिल्लामा जन्मेको, यहीँको आँधीबेहरी खपेर हुर्केको, यहीँको पाखा पखेरामा जरा गाडेर झ्यांगिन लागेको, यही जिल्लामा दिगो विकास गरिछाड्ने अठोटका साथ लागिपरेको, यही जिल्लाका मान्छेले नेतृत्व लिएको संस्था थियो । जस-जसले यसको कामलाई आफ्नो स्वार्थअनुरुप नहुने देखे, ती सबैले यसलाई बलियो सौता ठाने ।नेताहरुसँग गाउँलेलाई दिने कोसेली जाली आश्वासन मात्रै थिए । मसँग ठोस काम थिए । मसँग खानेपानी, पानीबन्द चर्पी, साना सिँचाइ, स्वास्थ, शिक्षा, बचत तथा ऋण सहकारी, आय आर्जन, महिला परिचालनलगायत हाताहाती कार्यक्रम थिए ।

म कुरा होइन, ठोस परिणाममुखी काम गर्थें । किर्ते वाचा गर्दिनथें । जे सक्थेँ, त्यही मात्र बोल्थेँ । जे बोल्थेँ, त्यो गर्थेँ । त्यो पनि हुनसक्नेसम्म छिट्टै गर्थेँ ।नेताहरुलाई मेरो सामूदायिक विकासको कामले बिझाएको थियो । किनभने, त्यो मेरो अतिरिक्त महत्व अथवा ‘भ्यालु एडेड’ थियो, जुन उनीहरुसँग थिएन । यो संस्थालाई कसरी बन्द गरेर मलाई ठेगान लगाउने भन्ने उनीहरुको नित्य चिन्तनको विषय भयो । (लेखक स्वर्गीय घिमिरेको पुस्तक ‘अन्तर्मनको यात्रा’बाट)

साभारः अनलाइन खबरबाट

वाम विजयपछि भारतको भूमिका - होर साथीहरु हो ? एक चोटि पढम न !

नेपालमा हालसालै भएको निर्वाचनमा एमाले र माओवादी केन्द्र मिलेर बनेको वाम गठबन्धनले अत्यन्तै राम्रो विजय हासिल गरेको छ। चुनाव प्रचारका बेला दाबी गरे झैं उनीहरूले दुईतिहाइ बहुमत त प्राप्त नगर्लान्, तर उनीहरूले संघीय संसद्मा बलियो र आरामदायी बहुमत भने पाउनेछन्। सातमध्ये ६ प्रादेशिक संसद्मा पनि तिनीहरू सबैभन्दा बलिया शक्ति हुनेछन्। यी निर्वाचन सेप्टेम्बर २०१५ (असोज २०७२) मा जारी गरिएको नेपालको नयाँ संविधानअनुसार गरिएका थिए। यी निर्वाचनबाट प्रतिनिधिसभामा २७५ र ५५० प्रदेशसभाका सदस्यहरू चुनिनेछन्।


वाम विजयपछि भारतको भूमिका

प्रतिनिधिसभामा १६५ सिटका लागि पहिलो हुनेले जित्ने प्रत्यक्ष प्रणालीअन्तर्गत सांसदहरू निर्वाचित भएका छन् भने ११० जना समानुपातिक प्रणालीबाट छानिनेछन्। प्रादेशिक सभामा ३३० सिटमा प्रत्यक्षबाट र २२० सिटमा समानुपातिक प्रणालीबाट छानिन्छन्। संविधानअनुसार दुवै संसद्मा महिलाको प्रतिनिधित्व कम्तीमा पनि ३३ प्रतिशत पुर्‍याउनुपर्छ। प्रत्यक्ष निर्वाचनमा अत्यन्तै कम निर्वाचित भएकाले दलहरूले समानुपातिक प्रणालीबाट धेरै महिलालाई स्थान दिनुपर्नेछ।

किन जित्यो वाम गठबन्धनले ?

चुनावको केही समयअगाडि मात्रै बनेको वाम गठबन्धनले यस्तो अभूतपूर्व विजय कसरी हासिल गर्‍यो ? यसको पहिलो श्रेय गठबन्धनका नेताहरू एमालेका केपी शर्मा ओली र माओवादी केन्द्रका पुष्पकमल दाहाललाई दिनुपर्छ। तिनीहरूको थोरै भए पनि चामत्कारिक व्यक्तित्व छ। दुवैजना वाकपटु छन् र तिनीहरू प्रभावकारी रूपमा संवाद गर्न सक्छन्। तिनीहरूमा संगठनका बारेमा निर्णय लिन सक्ने क्षमता छ। उनीहरू छोटै समयमा राजनीतिक महत्वका निर्णयहरू लिन र अगाडि बढ्न सक्छन्। ती दुई दलका बलिया संगठन र उनीहरूको स्थिरता, शान्ति र समृद्धिको नाराले पनि यो अभूतपूर्व विजयमा सहयोग गर्‍यो। आपसी प्रतिस्पर्धा र द्वन्द्वात्मक सम्बन्ध भएका दुइटा कम्युनिस्ट पार्टीहरूले एकअर्काका उम्मेदवारलाई पूर्णरूपमा सहयोग गर्नेमा आशंकाहरू थिए। निवार्चन परिणामले त्यस्ता आशंकालाई गलत सिद्ध गरिदिएका छन्।

वाम गठबन्धनको विजयमा शेरबहादुर देउवाले नेतृत्व गरेको कमजोर र दिशाविहीन नेपाली कांग्रेस र उक्त दल नेतृत्वको विपक्षी गठबन्धनको पनि परोक्ष रूपमा ठूलो सहयोग रह्यो। कांग्रेसले वाम गठबन्धनलाई चुनौती दिने उद्देश्यले मधेसवादी र गैरकम्युनिस्ट पार्टीहरूसँग लोकतान्त्रिक गठबन्धन बनाउन कोसिस गरेको थियो, तर त्यस्तो समूह बन्नै सकेन। व्यक्तिगत अहम्, राजनीतिक प्रभाव र लचकताको अभावमा कतिपय मधेसवादी नेताहरू कांग्रेसका प्रभावशाली उम्मेदवारविरुद्ध चुनाव लड्न मात्र पुगेनन्, एमालेको टिकटमा समेत लडेर निर्वाचन जिते। विमलेन्द्र निधिजस्ता कांग्रेसका केही उच्च तहका नेता मधेसवादी राष्ट्रिय जनता पार्टीका राजेन्द्र महतोबाट पराजित हुन पुगे।

कांग्रेसको चुनावी प्रचार अभियान पनि आकर्षक रहेन। उसको प्रचारको मुख्य उद्देश्य वाम गठबन्धनले नेपालमा अधिनायकवाद ल्याउन सक्छ भनेर मतदाताहरूलाई तर्साउनु रह्यो, जसमा ऊ सफल भएन। जनताले के ठाने भने केही अतिवादी समूहबाहेक नेपालका कम्युनिस्ट पार्टीहरू विगतमा पनि चुनावमार्फत शक्तिमा आएका हुन् र राजनीतिक शक्ति र शासन प्रणालीमा कांग्रेस र मधेसवादी दलजस्ता लोकतान्त्रिक दलहरूसँग शक्ति साझेदार गरेका छन्। भारतले आफू नेपाली जनताको सच्चा मित्र भएको र उनीहरूको विकास प्रयासमा सहयोग गर्न चाहेको शब्दमा होइन, स्पष्टरूपमा व्यवहारमा देखाउनुपर्छ।

कांग्रेसले आफ्ना विकासका एजेन्डाहरू राम्रोसँग बताउन सकेन र आफ्ना सफलताहरू पनि जनतामाझ राम्रोसँग लग्न सकेन। जस्तो- नेपालको प्रजातन्त्रको संघर्षमा सधैं अग्रमोर्चामा भएको, नयाँ संविधान कार्यान्वयन गर्न महत्वपूर्ण भूमिका खेलेको र जटिल प्रतिकूलताका बीचमा १८ महिनाको छोटो अवधिमा संवैधानिक म्यान्डेटअनुसार स्थानीय, प्रादेशिक र संघीय संसद्को निर्वाचन गराएको। प्रतिनिधिसभामा प्रत्यक्षमा कांग्रेसले जम्मा २३ सिट जितेको छ, उक्त पार्टी समानुपातिकमा भने एमालेको धेरै नजिक छ।मधेसवादी दलले पनि निर्वाचनमा राम्रो परिणाम ल्याउन सकेनन्। प्रदेश २ बाहेक अरू ६ वटा प्रादेशिक संसद् र संघीय संसद्मा उनीहरूको उपस्थिति राम्रो हुने छैन।

केही नेताहरूलाई छोडेर उनीहरूका चुनावी प्रचार अभियान उत्साह जगाउने खालका थिएनन्। प्रतिस्पर्धी राष्ट्रिय जनता पार्टी र उपेन्द्र यादवले नेतृत्व गरेका संघीय समाजवादी फोरम नेपाल बीचमा बलियो एकता हुन सकेन। विजय गच्छदार नेतृत्वको थारू समुदायको अर्को मधेसवादी दल त झन् चुनावकै मुखमा कांग्रेसमा मिसिन पुगेको थियो। त्यो एकताले न कांग्रेसलाई फाइदा गर्‍यो न त थारू समुदायलाई नै। सीके राउतले निर्वाचन बहिस्कार गरे र मतदातालाई नकारात्मक मतदान गर्न आग्रह गरे। उनले स्वतन्त्र मधेसको अभियान चलाइरहेका छन्। मधेसी समूहहरूबीचको विभाजनका कारण मधेसका मागहरूले राष्ट्रिय तहमा राजनीतिक स्वीकार्यता पाउन सकेका छैनन्।

यो चुनावको अर्को महत्वपूर्ण पक्ष के हो भने नेपाललाई पुनः हिन्दु राज्य बनाउन चाहने र संवैधानिक राजतन्त्र पुनस्र्थापना गर्न माग गर्ने प्रतिगामी शक्तिहरू पत्तासाफ भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई समूहको पराजयले यसलाई स्पष्ट पारेको छ। प्रत्यक्षतर्फको निर्वाचनमा तिनीहरूका सबै नेताहरू पराजित भएका छन् भने राष्ट्रिय पार्टी बन्न समानुपातिकमा तीन प्रतिशत मत ल्याउन पनि असफल भएका छन्। राष्ट्रिय पार्टी बन्न नसकेका अरू दुइटा पार्टीले भने राम्रो गरेका छन्। ती हुन्, रवीन्द्र मि श्रले नेतृत्व गरेको विवेकशील साझा पार्टी र माओवादीका तर्फबाट प्रधानमन्त्री भएका भूतपूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टी। विवेकशील साझा पार्टीले संघीय र प्रादेशिक संसद्मा प्रत्यक्षतर्फ एकजना पनि उम्मेदवारलाई जिताउन नसके पनि समानुपातिकमा करिब दुई लाख मत पाएको छ र राजपापछि छैटौं ठूलो दल बनेको छ। नयाँ शक्ति पार्टीले राष्ट्रिय पार्टी बन्न समानुपातिकतर्फ मत प्राप्त गर्न नसके पनि प्रत्यक्षतर्फ प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुईजना प्रतिनिधि निर्वाचित गराउन सफल भएको छ।

नेपालीको स्थिरता र विकासको चाहना

नेपालमा वाम गठबन्धनको विजयलाई कम्युनिजम (साम्यवाद) को उदयको रूपमा बुझ्नु गलत हुनेछ। गठबन्धनलाई जिताएर नेपाली मतदाताले उनीहरूको नयाँ राष्ट्रवादलाई अभिव्यक्त गरेका छन्। यस्तो राष्ट्रवादमा तीन मुख्य तत्वहरू छन् - राजनीतिक स्थिरता र शान्तिको खोजी, द्रूत र समग्र विकास अनि भारतविरुद्ध दृढ अडान। राजतन्त्रकालमा राज्यस्रोत दोहन गर्ने तर जनताको समृद्धि र प्रगति मतलब नगर्ने राजाहरूबाट शासित थियो। सन् १९९० को दशकको सुरुवातदेखि नेपालीहरू माओवादी सशस्त्र युद्धले निम्त्याएका हिंसा र अस्थिरताका बीच बाँचिरहेका छन्। सन् २००६ (२०६२÷६३) को आन्दोलनपश्चात् माओवादी मूलधारको राजनीतिमा आएपछि नेपाली जनतामा स्थिरता र विकासका आशा र आकांक्षाहरू जागृत भए। तर निरन्तरको शक्ति संघर्ष र प्रजातन्त्र संस्थागत गर्न नसक्दा जनताका आकांक्षालाई नेपाली राजनीतिज्ञले न्याय गर्न सकेनन्।

अब बन्ने वाम गठबन्धनको नयाँ सरकारका अगाडि जनताका आकांक्षा पूरा गर्ने र चुनावका क्रममा एमाले र माओवादी नेतृत्वल गरेका वाचाअनुरूप काम गर्नुपर्ने मुख्य चुनौती हुनेछन्। यसका लागि पहिलो पूर्वसर्त उनीहरूले चुनावअगाडि वाचा गरे झैं पार्टी एकीकरण गर्न सकेनन् भने पनि वाम गठबन्धनबीच एकता कायम राख्नु हुनेछ। विभिन्न कारणले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता सजिलो हुने छैन। ती दुई दलका बीचमा गम्भीर सैद्धान्तिक मतभेदहरू छन्। केही राजनीतिक र संवैधानिक विषयहरूमा उनीहरूबीच मतभिन्नता छ। संविधान संशोधन र मधेसी समस्यालाई कसरी समाधान गर्ने भन्ने विषयमा पनि उनीहरूबीच मतैक्य छैन। सत्य तथा मेलमिलाप आयोग, शान्ति प्रक्रियाको पूर्णता, नयाँ व्यवस्थाअनुरूपका नयाँ संस्थाहरूको स्थापना र कार्यकारी र प्रभावकारी राष्ट्रपतीय प्रणाली स्थापना गर्ने जस्ता विषयमा उनीहरूमा मतान्तर छ।

उनीहरूका कार्यकर्ताले चित्त बुझाउने गरेर शक्ति बाँडफाँट गर्न पनि उनीहरूलाई चुनौती हुनेछ।समानुपातिकतर्फका प्रतिनिधिहरू थपिएपछि पनि वाम गठबन्धनले दुईतिहाइ बहुमत पुर्‍याउन सक्ने छैन। त्यसैले संविधान संशोधनका लागि उनीहरूले विपक्षीहरूलाई विश्वासमा लिनुपर्ने हुन्छ। ओली र प्रचण्ड दुवैले फरकफरक समयमा र भिन्न राजनीतिक परिस्थितिमा सरकारको नेतृत्व गरिसकेका छन्। उनीहरूले शक्ति व्यवस्थापन गर्न र आफूलाई बलियो बनाउन सक्षम प्रमाणित गरिसकेका छन्। अब राज्यका संवैधानिक र शासकीय अंगहरूमा आफ्ना दल र व्यक्तिगत रूपमा नजिकका व्यक्तिहरूको नियन्त्रण हुनबाट उनीहरूले आफूलाई रोक्न सक्नुपर्छ।

वाम गठबन्धन कसरी अगाडि बढ्ला समयले नै बताउला। आपसी मतभिन्नताका विषयहरू बढी चर्किनेबित्तिकै वाम गठबन्धनको एकतामा असर पर्न सक्छ। समानुपातिकको मतगणना सकिइसक्दा एमाले एक्लैले स्पष्ट बहुमत पाउन सक्ने देखिएको छैन। प्रत्यक्षमा एमालेले ८० सिट जितेको छ र स्पष्ट बहुमतका लागि उक्त दललाई ५० सिट बढी चाहिन्छ। त्यति सिट उसलाई समानुपातिकबाट हासिल हुन सक्ने छैन। वाम गठबन्धनमा दोस्रो स्थानमा रहेर सहयोगी मात्र हुन उनीहरूलाई असजिलो भएमा माओवादीहरूले उचित विकल्प खोज्न सक्छन्। माओवादीबाट उत्पन्न हुन सक्ने अप्ठेराबाट मुक्ति पाउन ओलीले कांग्रेस वा मधेसवादी दलको सहयोग लिन पहल गर्ने सम्भावना निकै कम छ।

३. नेपाललाई बाह्य चुनौती

घरेलु चुनौती त छँदैछन्, यसबाहेक वाम गठबन्धनले दुई ठूला छिमेकीहरू भारत र चीनसँग पनि सामञ्जस्य कायम गर्नुपर्नेछ। ओली नेतृत्वको एमालेले भारतसँगको बढ्दो निर्भरता घटाउन चीनलाई प्रयोग गर्ने मार्ग खुला गरेको थियो। प्रचण्ड र माओवादीले पनि भारतलाई सन्तुलनमा राख्न सधैं चीनतर्फ नजर लगाउँदै आएका छन्। बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को सुरुवातपछि ओली र प्रचण्डको विकासको एजेन्डालाई सहजीकरण र सहयोग गर्ने निहुँमा चीन नेपालसँग आर्थिक सहकार्य गर्न र त्यहाँ रणनीतिक स्पेस बनाउन लागिपरेको छ। चीनले वाम गठबन्धनको विजय होस् भन्ने चाहिरहेको थियो। उसका आर्थिक र रणनीतिक पहलहरूलाई नेपालमा अगाडि बढाउन, अब बडो तन्मयता र चासोका साथ वाम गठबन्धनलाई एउटै पार्टी बनाउनेतिर चीन लाग्नेछ। देउवा सरकारले चिनियाँ चासो भएको बूढीगण्डकी जलविद्युत् आयोजना खारेज गर्दा वाम गठबन्धनले विरोध गरेको थियो र यो निर्णय उल्टाउने घोषणा गरेको थियो।

चीनसँग सहकार्य गर्दै गर्दा वाम गठबन्धनले दुई कारणले बुद्धिमत्तापूर्ण निर्णय गर्नु उचित हुनेछ। पहिलो, श्रीलंका, म्यानमार, मालदिभ्स र पाकिस्तान जस्तै नेपालले दीर्घकालीन रूपमा ऋणको खाडलमा जाकिने गरी चीनसँग विकास आयोजनाहरूमा सहकार्य नगर्नु उचित हुन्छ। दोस्रो, भारतको सुरक्षा संवेदनशीलता र चासोहरूलाई असर पर्ने परियोजनाहरू चीनसँगको सहकार्यमा नगर्नु नेपालको लागि राम्रो हुन्छ। ओली र प्रचण्ड दुवै तीक्ष्ण र अनुभवी नेताहरू हुन्। ती दुवैलाई नेपाल भारत सम्बन्धका संरचनागत सीमितताका बारेमा राम्रैसँग थाहा छ। नेपाल भारत सम्बन्धमा नाघ्न नहुने लक्ष्मण रेखाहरूका बारेमा पनि उनीहरूलाई जानकारी नै छ। त्यसैकारण उनीहरूले सार्वजनिक रूपमै र बारम्बार दक्षिणी र उत्तरी छिमेकीका बीचमा सहकार्यमा सन्तुलन ल्याउने बताएका छन्। आशा गरौं, उनीहरू त्यसका लागि नयाँ र विश्वसनीय विदेश नीतिको अवधारणा बनाउन सफल हुनेछन्।

वाम गठबन्धन निर्माणमा भारतको योगदान !

नेपालमा वाम गठबन्धनको विजयलाई नयाँदिल्लीमा नराम्रो समाचारको रूपमा लिइएको छ। तर भारतकै उल्टो बुद्धिले नेपालमा वाम गठबन्धन बन्न र भारतविरोधी भावनासहितको नयाँ नेपाली राष्ट्रवादको उदय हुनमा योगदान दिएको छ। नेपाल भारत सम्बन्धमा हालसालै भएका विकासक्रम ससर्ति हेर्ने हो भने कुरा स्पष्ट हुन्छ। सन् २०१५ सेप्टेम्बर (२०७२ असोज) मा नेपालको संविधान निर्माण प्रक्रियामा भारतले प्रत्यक्ष र देखिने हस्तक्षेप गरेको थियो। विदेश सचिव पठाएर संविधान जारी गर्ने काम रोक्ने प्रयास भारतले गरेको थियो। संविधान जारी भएपछि संविधानमा मधेसीहरूका माग सम्बोधन गरिनुपर्ने भारतीय चाहनालाई ओलीले मतलब नगरेकाले भारतले दबाबकारी आर्थिक कूटनीति अपनाएको थियो, उनलाई दण्डित गर्ने मनसायले। संविधान जारी हुनेबित्तिकै सन् २०१५ सेप्टेम्बर/अक्टोबर (२०७२ असोज) मै भारतले ओलीलाई प्रधानमन्त्री बन्न नदिन सुशील कोइरालालाई समर्थन गरेको थियो। सन् २०१६ (२०७३ साउन) मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन र कांग्रेससँग मिल्न प्रचण्डलाई प्रोत्साहन गरेको थियो।भारतका यी सबै क्रियाकलापले ओलीलाई मात्र रुष्ट बनाएनन्, नेपाली जनता पनि क्रूद्ध भए।

किनकि यस्तो दबाबमूलक आर्थिक कूटनीतिको पीडा भोग्ने सर्वसाधारण नै थिए। भारतको यस्तो भूमिकाले ओलीलाई नेपाली जनताको भारत र मधेसविरोधी भावनाको उपयोग गर्दै भारतविरोधी राष्ट्रवादलाई बलियो बनाउन सघायो। यसैलाई आफ्नो शक्तिको आधार बनाउन ओली सफल भए। भारतको ‘दबाबकारी भूमिकाका कारण’ चिनियाँ विकल्प खुला गरेर उनले भारतीय दबाब झेल्न सक्ने बहादुर नेताको छवि बनाउन र सम्प्रेषण गर्न सफल भए। अहिलेको चुनाव परिणाम यही दिशामा उनले लिएको अडानको नजिता हो।

५. भारतको सकारात्मक भूमिका

भारतले वाम गठबन्धनको विजय र नेपालमा जागेको नयाँ राष्ट्रवादसँग सामञ्जस्य खोज्नुपर्छ। भारतका प्रधानमन्त्रीको कार्यालय, विदेश मन्त्रालय र संस्थापनका अरू अंगमा आसीन रणनीति निर्माताहरूलाई वाम गठबन्धनलाई फुटाउने विकल्प सजिलो होला भन्ने लाग्न सक्छ। यस्तो अल्पकालीन दृष्टिकोण भारतको नेपाल नीतिमो अर्को महाभूल हुनेछ। गठबन्धन फुट्नु छ भने यो लेखमा पहिला नै दिइएका कारणले आफैं फुट्नेछ, त्यसमा भारतले दुस्साहस गर्नु हुँदैन। सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का केही राजनीतिक ‘हेभिवेट’ हरू नेपालमा कम्युनिस्ट र चीनको प्रभावविरुद्ध लड्न नेपाललाई पुनः हिन्दु राष्ट्र बनाउन र राजतन्त्र पुनर्जीवित गर्न चाहन्छन्। उनीहरूले यो जान्नु आवश्यक छ कि नेपाली जनताले हिन्दुत्व र सामन्ती संस्कार प्रतिनिधित्व गर्ने शक्तिहरूलाई यो चुनावमा नराम्रोसँग पराजित गराएका छन्।

भारतले नेपालमा प्रत्युत्पादक बाटो अँगाल्नुको साटो नेपाली जनतालाई स्थिर सरकार र असल शासन दिने वाम गठबन्धनको प्रयासलाई सहयोग गर्नुपर्छ। भारतले आफू नेपाली जनताको सच्चा मित्र भएको र उनीहरूको विकास प्रयासमा सहयोग गर्न चाहेको शब्दमा होइन, स्पष्टरूपमा व्यवहारमा देखाउनुपर्छ। साथै भारतले नेपालमा धेरै समय रोकिएर रहेका परियोजना पूरा गर्नुपर्छ र सर्वसाधारण नेपालीको समेत विश्वास र सदिच्छा प्राप्त गर्ने गरी विकासका नयाँ परियोजनाहरू सुरु गर्नुपर्छ।

काठमाडौंमा कम्युनिस्ट सरकारसँग व्यवहार गर्नुपरेको भारतका लागि यो पहिलो अनुभव होइन। नेपालीहरू खासगरी कम्युनिस्ट पार्टीहरू भारतसँगको १९५० को शान्ति तथा मैत्री सन्धि जस्तै केही पुराना सहमति र सन्धिहरू परिमार्जन गर्न चाहन्छन्। भारतले आफ्ना सम्झौता गर्न नमिल्ने राष्ट्रिय हितहरूलाई असर नपर्ने तरिकाले नेपालीहरूको मनोभावनाको कदर हुने गरी नेपालको यस्तो चाहनालाई इमानदारीपूर्वक सम्बोधन गरिदिनुपर्छ। भारतले भुटानसँग यस्तो अभ्यास गरिसकेको छ र नेपालसँग पनि त्यस्तै विधि अपनाउन सक्छ। भारत नजिकका छिमेकमा चीनको चुनौती रोक्न भारतलाई हम्मेहम्मे परेको छ। तर भारतका नीतिनिर्माताले के स्वीकार गर्नुपर्छ भने छिमेकीहरूको चीनप्रतिको आकर्षण भारतकै व्यवहारका कारण उत्पन्न भएको हो। भारतको छिमेकमा चीनको प्रभाव साना छिमेकीहरूप्रतिको भारतीय नीति पुनर्विचार र परिमार्जन गरेर केही हदसम्म कमजोर बनाउन सकिन्छ।

(एस.डी. मुनी जवाहरलाल नेहरू विश्वविद्यालयका प्रोफेसर इमेरिट्स हुन्। उनी भारत सरकारका पूर्व विशेष दूत र राजदूत हुन्। भारतको विदेश नीतिमा दक्खल राख्ने उनी नेपालविज्ञ पनि हुन्। भारतको अनलाइन समाचार पोर्टल ‘द वायर’ मा १६ डिसेम्बर २०१७ (१ पुस २०७४) मा प्रकाशित लेखबाट अनूदित)

अनुवाद : शिवप्रसाद तिवारी

साभारः अन्नपूर्ण पोष्टबाट

विजय गच्छदारलाई सर्वोच्च अदालतले बोलायो

काठमाडौं : सर्वोच्च अदालतले सुनसरी– ३ को पुनःमतगणनाको मुद्दामा सो क्षेत्रका नेपाली कांग्रेसका विजयी उम्मेदवार विजयकुमार गच्छदार र निर्वाचन आयोग दुवैलाई छलफलका लागि बोलाउने भएको छ ।प्रधानन्यायाधीश गोपाल पराजुली तथा न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्रशम्शेर जबरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले आज अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न गच्छदार र आयोग दुवै पक्षलाई बोलाउने आदेश गरेको हो ।


विजय गच्छदारलाई सर्वोच्च अदालतले बोलायो

क्षेत्रमा वाम गठबन्धनतर्फबाट नेकपा (एमाले) की भगवती चौधरीले गच्छदारले निर्वाचन आचारसंहिताविपरीत कर्मचारीलाई लतपतिएको र बदर मतसमेत रुख चिह्नमा गणना गर्न लगाएको जनाउँदै पुनःमतगणना गर्नुपर्ने मागको मुद्दाको सुनुवाइपछि सो आदेश दिएको हो । चौधरीले यही पुस ११ गते सो क्षेत्रमा मंसिर २१ गतेको मतगणनामा १९औँ लटमा निर्वाचनको मतगणनाका क्रममा नौ वटा अर्धकट्टीसहितको मतपत्र पाइएको तर निर्वाचन अधिकृतले सिरियल नम्बर हेर्नसमेत नदिएको जिकिर गर्नुभएको छ ।पाँच मतदान केन्द्रमा रुख चिह्नमा स्वस्तिक छाप फरक रहेको मतपत्र भेटिएको र त्यसलाई पनि सदर गरिएको तथा सूर्य चिह्नमा लागेको स्वस्तिक छापको घेरा स्पष्ट रहँदा रहँदै बदरमा गणना गरिएको जनाइएको छ । सुनसरी– ३ को मतगणनाबाट गच्छदारले ३८ हजार ९७२ र चौधरीले ३८ हजार ६५१ प्राप्त गर्नुभएको थियो । गच्छदार र चौधरीको मतअन्तर ३२१ छ ।रासस

 

साभारः अन्नपूर्ण पोष्टबाट

सांसद चयनमा विवाद: माओवादी केन्द्रीय कार्यालयमा हात हालाहाल

१५ पुस, काठमाडौं । प्रदेशसभाको सांसद बन्न नपाएको झोंकमा माओवादी नेताहरुबीच हात हालाहाल भएको छ । कोटेश्वर पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमै नेताहरुबीच हात हालाहाल भएपछि शुक्रबार परिस्थिति असहज बन्यो ।माओवादी केन्द्र ३ नम्बर प्रदेश इन्चार्ज हितमान शाक्य र संयोजक झक्कु सुवेदीमाथि सिन्धुपाल्चोकका पुराना नेता हिमाल पराजुली जाइलागेपछि परिस्थिति असहज बनेको हो ।सधैंजस्तो शुक्रबार पनि केन्द्रीय कार्यालयको छतमा माओवादी नेताहरु शाक्य, सुवेदी लगायत घाम ताप्दै बसेका थिए । त्यहिबेला पराजुली आइपुगे । ३ नम्बर प्रदेश संयोजक झक्कु सुवेदीकी छोरी भावना, प्रेस सेन्टर संयोजक महेश्वर दाहालकी श्रीमती सीता, जो अहिले चितवनमा पसल खोलेर बसेकी छन्, र दोलखाका आङदेण्डी लामालाई प्रदेशसभा सांसद किन बनाएको भन्दै पराजुलीले विरोध गरेपछि विवाद बढेको थियो ।


सांसद चयनमा विवाद: माओवादी केन्द्रीय कार्यालयमा हात हालाहाल

कसैका छोरी, कसैका श्रीमती, कसैका बुहारीलाई सांसद बनाउने तर पार्टीमा योगदान गरेका, शहिद परिवारलगायतलाई किन हटाएको भनेर आफूले भनेको र उनीहरुले तपाईंले भनेर हुँदैन भन्ने जवाफ दिएपछि विवाद बढेको पराजुलीले बताए । उनले भने, ‘आन्दोलन गरेका महिलाहरु छन्, शहिद परिवार छन् तर पसल थापेर बसेकालाई सांसद बनाउने ? तपाईंहरुले गरेको के हो ? यही हो नेतृत्व ? नामावली सच्याउनुस् भनेको थिएँ । तर झक्कु सुवेदीले तपाईंले भनेर हुँदैन, उहाँहरुको पनि दुःख छ, अब सच्चिदैन भनेपछि विवाद बढेको हो ।’उनले नेताहरु पैसामा बिकेको आरोप लगाएपछि विवादले उग्ररुप लिएको थियो ।

 

दोलखाका आङदेण्डी लामासँग मोटो रकम लिएर समानुपातिक सांसद बनाइएको तर आफूलाई हटाइएको भन्दै पराजुलीले विरोध गरेका थिए । सिन्धुपाल्चोकका पुराना माओवादी नेताहरुमध्येमा पर्ने पराजुली समानुपातिक कोटाको एक नम्बरमा थिए । तर उनको नाम शुक्रबार माओवादीले निर्वाचन आयोगमा बुझाएको सूचीमा परेन । सिन्धुपाल्चोकबाट समानुपातिकबाट एकजना पनि प्रदेश सांसद बनेका छैनन् । प्रदेशसभा सांसद नबनाइएको रिसमा शुक्रबार बबरमहलस्थित राजपाको केन्द्रीय कार्यालयमा तोडफोड पनि भएको थियो ।

साभारः अनलाइन खबरबाट

माओवादीले छान्यो ३५ प्रदेशसभा सदस्य, नेता पत्नीदेखि छोरीसम्म

१४ पुस, काठमाडौं । माओवादी केन्द्रले प्रदेशसभाका ३५ समानुपातिक प्रदेशसभा सदस्य छनोट गरेको छ । पार्टी शीर्ष नेतृत्व र प्रदेश ईञ्चार्जहरुको बैठकले प्रदेशसभा सदस्यहरु छनोट गरेकोहो । माओवादीबाट प्रदेशसभा सदस्य हुनेमा नेताका पत्नी, छोरीदेखि भर्खर पार्टी प्रवेश गर्ने समेत छन् । तीन नम्बर प्रदेशबाट प्रदेशसभा सदस्य बनेकी भावना सुवेदी नेता झक्कु सुवेदीकी छोरी हुन् । यस्तै सीता अधिकारी नेता महेश्वर दाहालकी पत्नी हुन् ।


माओवादीले छान्यो ३५ प्रदेशसभा सदस्य, नेता पत्नीदेखि छोरीसम्म

प्रदेश ३ कै प्रदेशसभा सदस्य बनेका दोलखाका आङदेण्डी लामा चुनाव अघि मात्र माओवादी प्रवेश गरेका थिए ।प्रदेश ६ को समानुपातिकमा परेकी पुष्पा घर्ती विष्ट पूर्वसासद नरबहादुर विष्टकी श्रीमती हुन् । कृष्णा शाह अाचार्य नेता रामदीप अाचार्यकी श्रीमति हुन् । यस्तै विमला केसी पूर्वगृहमन्त्री जनार्दन शर्माकी भाइ बुहारी (जेठोबुवाको छोराकी श्रीमती)  हुन् । सीता नेपाली पूर्व सांसद हुन् ।

साभारः अनलाइन खबरबाट

बहस : प्रदेश ३ को राजधानी कहाँ ?

काठमाडौं : सरकारले प्रदेश राजधानी तोक्न नसक्दा बहस पेचिलो बन्दै गएको छ। चिया पसलदेखि उच्च राजनीतिक नेतृत्व प्रदेश राजधानीको बहसमा जुटेका छन्। नेताले आफ्नो राजनीतिक स्वार्थ केन्द्रमा राखेर विभिन्न सहरको नाम चर्चामा ल्याएका छन्। देशकै राजधानी समेटिएको प्रदेश ३ को राजधानी कहाँ ? प्रश्न अनुत्तरित छ। प्रदेश राजधानीको बहस पेचिलो बन्दै गर्दा सरकारले राजधानी तोक्ने गरी सम्भाव्यता अध्ययन सुरु गरेको छ। प्रदेश ३ को राजधानीका लागि अहिले काठमाडौं, भक्तपुर, बनेपा, ललितपुर, हेटौंडा चर्चामा छन्। प्रदेश ३ को राजधानी कहाँ ? फरकफरक विचार आएका छन्। प्रदेश राजधानीबारे अष्टलक्ष्मी शाक्य, रत्नप्रसाद ढकाल, महेश बस्नेत र डोरमणि पौडेलको विचार :

प्रदेश राजधानीमा विवाद नगरौँ : अष्टलक्ष्मी शाक्य

एमाले उपाध्यक्षसमेत रहेकी अष्टलक्ष्मी शाक्यको नाम प्रदेश नम्बर ३ को मुख्यमन्त्रीको रुपमा चर्चामा छ। काठमाडौं क्षेत्र नम्बर ८ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य शाक्य प्रदेश राजधानी सबैको चासो भए पनि विवाद गर्नु नहुने धारणा राख्छिन्। ‘राजधानी कहाँ राख्ने भन्ने चासो सबैको छ, हुनु पनि पर्छ। आ-आफ्नै माग पनि छन्’, शाक्य भन्छिन्, ‘प्रदेश ३ मा १३ जिल्ला छन्। सबै जिल्लालाई अनुकुल हुनेगरी केन्द्र तोक्नुपर्छ।’सबैलाई अनुकुल हुनेगरी प्रदेश राजधानी तोक्न सकिने भए पनि काठमाडौं केन्द्रीय राजधानी भएकाले यहाँ राख्न नहुने शाक्यको तर्क छ। सुरुमा पूर्वाधार हेरेर अस्थायी राजधानी तोक्नुपर्ने र पछि प्रदेसभामा बहस गरेर राजधानी बनाउनुपर्ने उनको भनाइ छ।

‘प्रदेश राजधानीका लागि पूर्वाधार पनि हुनुपर्छ। अहिले अस्थायी तोक्न सकिएला तर, यसको पूर्ण निर्णयको अधिकार प्रदेश सभामा हुने भएकाले प्रदेश सभालाई निर्णय गर्न दिनुपर्छ ’, शाक्य भन्छिन्, ‘प्रदेश राजधानीका रुपमा चितवन, मकवानपुर, काभ्रे, बनेपा, भक्तपुर, ललितपुरको नाम चर्चामा सुन्छु। जति चर्चा भए पनि मलाई अहिले पूर्वाधारको हिसाबले भक्तपुर उपयुक्त लाग्छ। सरकारले पनि भक्तपुरलाई नै अस्थायी राजधानी बनाउने पहल थालेको छ।’ प्रदेश राजधानीका नाममा विवाद नगरी प्रशासनिक दृष्टिले उपयुक्त स्थानमा राख्नुपर्ने उनको भनाइ छ। ‘समानुपातिकको नतिजा सार्वजनिक भएपछि प्रदेशसभाको प्रक्रिया अगाडि बढ्छ। अन्य सहरलाई औद्योगिक, पर्यटकीयलगायत दृष्टिकोणबाट विकास गरेर भक्तपुरलाई तत्काल राजधानी तोक्नु राम्रो होला भन्ने लाग्छ। थप निर्णय त प्रदेशसभाले आफैँ गर्छ।’

उपत्यका ठीक छैन, काभ्रे उचित विकल्प : रत्न ढकाल

माओवादी केन्द्रका युवा नेता एवम् अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रत्नप्रसाद ढकाल प्रदेश ३ को राजधानी काभ्रेलाई बनाउनुपर्ने तर्क राख्छन्। काभ्रेपलान्चोक निर्वाचन क्षेत्र १ (क) का प्रदेशसभा सदस्य ढकाल देशको राजधानी भएकाले उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) मा प्रदेश ३ को राजधानी राख्नु उपयुक्त नहुने बताउँछन्। संघीयता भनेकै केन्द्रको सुविधा वितरण गर्ने संरचना भएकाले प्रदेश ३ को राजधानी काभ्रे हुनुपर्ने दाबी उनको छ।‘काठमाडौं भक्तपुर, ललितपुर उपयुक्त हुनै सक्दैन। उपत्यका भनेको देशको राजधानी हो। सबैभन्दा उपयुक्त काभ्रे हो। राजधानीबाट नजिक भएर पनि पछाडि परेको छ, राजधानी तोकेर काभ्रेको विकास गर्न सकिन्छ’, ढकाल भन्छन्, ‘भौगोलिक हिसाबले पनि उपत्यकाबाहेक काभ्रे नै उपयुक्त छ। उपत्यकामै प्रदेश राजधानी बनाउनु भनेको एकात्मक प्रणालीलाई स्वीकार गर्नु हो। काभ्रे राजधानी हुँदा बीपी राजमार्गलाई प्रयोग गरेर उपत्यका नपसी प्रदेश राजधानीमा पुग्न सक्ने अवस्था छ, प्रदेश ३ का दुई तीन जिल्लाका लागि काभ्रे टाढा भए पनि अधिकांश जिल्लाका लागि उपयुक्त छ।’ नेता ढकाल व्यवस्थापकीय हिसाबले समेत काभ्रे सक्षम भएको दाबी गर्छन्। ‘राजधानीका लागि साधन स्रोत जुटाउन काभ्रे तयार छ। सरकारलाई प्रस्ताव पनि पठाएका छौँ’, ढकालले भने। काभ्रेमा राजधानी भए शैक्षिक तालिम केन्द्र र बनेपाको आईटी पार्कजस्ता क्षेत्रको उपयोग गर्न सकिने धारणा उनको छ।

भक्तपुरको विकल्प छैन : महेश बस्नेत

एमाले युवा नेता तथा भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य महेश बस्नेत प्रदेश ३ को राजधानी भक्तपुर नै बनाउनुपर्ने अडानमा छन्। प्रदेश ३ को राजधानी भक्तपुरबाहेक अन्य क्षेत्र उपयुक्त नभएको उनको तर्क छ। ‘प्रदेश ३ को राजधानी भक्तपुर उपयुक्त छ। भक्तपुरबाहेक बाहिर जहाँ लगे पनि कोल्टे पर्छ। काभ्रे बनाउँदा हेटौंडालाई कोल्टेपर्छ, हेटौंडा बनाउँदा सिन्धुपाल्चोक, नुवाकोटलाई कोल्टेपर्छ’, बस्नेत भन्छन्, ‘राजधानी भनेको जनताको पहुँच सेवा र सुविधा पुग्ने ठाउँमा राख्नुपर्छ।’ बस्नेत हेटौंडालाई त्यहाँको विशेषतामा आधारित औद्योगिक सहर बनाउन सकिने धारणा राख्छन्।

बस्नेतले भक्तपुरलाई राजधानी बनाउँदा कार्यालय व्यवस्थापनको विकल्प समेत दिएका छन्। ‘भक्तपुर शिक्षा अफिसलाई मुख्यमन्त्रीको कार्यालय, कृषि विकास तालिम केन्द्र सानोठिमी मन्त्रालय, बोडेमा प्रदेशसभा, खरिपाटीको तालिम केन्द्र अन्य मन्त्रालय राख्न सकिन्छ’, पूर्वाधार व्यवस्थापनको विकल्प दिँदै बस्नेतले भने, ‘नगरकोट खानेपानी अफिसलाई गभर्नरको कार्यालय बनाएर व्यवस्थापन गर्न सकिन्छ।’ भक्तपुरमा अधिकांश क्षेत्र खाली भएकाले आधुनिक सहर बनाउन सकिने तर्क बस्नेतको छ। ‘सल्लाघारीमा ९९ सय रोपनी, जगातीमा दुई सय ५० रोपनी, गठ्ठाघरमा रहेको हवाई विभागको चार सय रोपनी जग्गालाई उपयोग गर्न सकिन्छ’, बस्नेत थप्छन्, ‘चाँगुनारायण र सूर्यविनायक नगरपालिकाको अधिकांश क्षेत्र खाली छ। यी सबै क्षेत्र समेटेर आधुनिक सहर बनाउन सकिन्छ।’

उपत्यका बाहिर लानुपर्छ : रोरमणि पौडेल

मवानपुर क्षेत्र नम्बर १ (ख) का प्रदेश सांसद सदस्य डोरमणि पौडेल भने प्रदेश ३ को राजधानी उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) बाट बाहिर लानुपर्ने धारणा राख्छन्। ‘प्रदेश ३ को राजधानी काठमाडौं उपत्यका बाहिर हुनुपर्छ। एउटा विकासोन्मुख मान्छेको भनाइ विकेन्द्रिकरण हुनुपर्छ भन्ने हुन्छ। काठमाडौंको चाप घटाउन नसकिरहेको अवस्था छ। त्यो भीडभाडमाथि राजधानी बनाएर अर्को भीड थप्नु हुँदैन’, पौडेल भन्छन्, ‘काठमाडौं बाहिर सिन्धुपाल्चोक वा काभ्रेमा लगे पनि मलाई आपत्ति छैन। तर, जहाँ लगे पनि त्यहाँ प्रदेश राजधानी हुन न्यूनतम पूर्वाधार हुनुपर्छ।’ प्रदेश ३ को राजधानीका लागि उपयुक्त सहर हेटौंडा र चितवन हुनसक्ने पौडेलको भनाइ छ। तत्कालका लागि हेटौंडामा राजधानी बनाएर अगाडि बढ्न सक्ने थुप्रै आधार भएको उनले बताए। त्यो चित्त नबुझे प्रदेशसभाले दुईतिहाइबाट निर्णय गर्न सकिने उनको तर्क छ।

‘अस्थायी राजधानीका निम्ति हेटौंडालाई उपयोग गर्न सकिन्छ। त्यो नभए चितवन हुनसक्छ। त्यो पनि अन्य सहर भन्दा राम्रो छ। हेटौंडाको कुरा गर्नुहुन्छ भने यहाँ राम्रो र आधुनिक सहर बनाउन सकिने जमिन छ। आधुनिक सहर बनाउन सक्ने आधार छन्’, पौडेल भन्छन्, ‘हामीसँग धेरै राजमार्ग जोडिएका छन्, धरान–चतरा, कान्ति राजमार्ग मात्र होइन, काठमाडौंलाई जोड्ने मात्र चारवटा राजमार्ग छन्।’प्रदेश ३ को रुपमा चर्चामा रहेको भक्तपुरबारे भने पौडेलले कडा टिप्पणी गरे। ‘भक्तपुर र काठमाडौं एउटै हो। भक्तपुर आफैंमा हेटौंडा उपमहानगरपालिकाको एउटा वडा जत्रो मात्र छ’, पौडेल भन्छन्, ‘त्यही वडा जत्रो क्षेत्रफलमा सिंगो जिल्ला छ। काठमाडौंसँग जोडिएकाले भक्तपुरलाई फरक ढंगले हेर्नै हुँदैन।’

साभारः अनलाइन खबरबाट

टर्कीमा प्रियंका र प्रदिपको रोमान्स खिच्दै सकियो ‘लिलिबिली’को छायांकन

पर्दामा नायिका प्रियंका कार्की र नायक प्रदिप खड्का एकसाथ देखिएलान् कि नदेखिएलान् भन्ने कौतुहलताकाविच निर्देशक मिलन चाम्सले त्यसको जवाफ दिएका छन् । मिलनको निर्देशनमा बनेको चलचित्र ‘लिलिबिली’को छायांकन सकिएको छ । चलचित्रमा नायिका कार्की र नायक खड्काविच रोमान्स देखाइएको छ ।केहि दृश्यको छायांकन नेपालमा गर्ने निर्माणपक्षले बताएको छ । लण्डन, स्कटल्याण्ड हुँदै टर्कीको राजधानी इस्तानबुलमा यो चलचित्रको छायांकन गरियो । ५० औ दिन प्रियंका र प्रदिपलाई फिचरिङ गरिएको गीत खिच्दै छायांकन समाप्तीको घोषणा गरियो ।

टर्कीमा प्रियंका र प्रदिपको रोमान्स खिच्दै सकियो ‘लिलिबिली’को छायांकन

चलचित्रमा प्रदिप र प्रियंकाको साथमा जसिता गुरुङ, अनुपविक्रम शाही मुख्य भूमिकामा छन् । काफिया फिल्मस्, सुदिप खड्का प्रोडक्शन र चाम्स इन्टरटेन्मेन्टले मिलेर यो चलचित्र बनाएका हुन् ।चलचित्रलाई चैत्र ३० गतेबाट नेपालभर प्रदर्शन गरिने निर्माणपक्षले बताएको छ । प्रियंका र प्रदिपको रोमान्ससँगै दर्शकमा झन् कौतुहलता थपिएको छ । निर्देशकले प्रियंका र प्रदिपको जोडीलाई कुन रुपमा प्रस्तुत गरेका छन्, त्यसका लागि चैत्र ३० नै कुर्नुपर्ने हुन्छ ।

साभारः अनलाइन खबरबाट

कांग्रेस बैठकलाई रोकेर शितल निवास पुगे देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा कार्यसम्पादन समितिको बैठकलाई रोकेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवासमा पुगेका छन् । राष्ट्रपतिसँग परामर्श गरेर उनी पुनः बैठकमै फर्किएका छन् । राष्ट्रपति भण्डारीले राष्ट्रियसभा अध्यादेश गठन सम्वन्धमा परामर्श गर्न बोलाएकाले सभापति देउवा शितल निवास गएको कांग्रेस नेता डा. प्रकाशशरण महतले जानकारी दिए ।सरकारले राष्ट्रपतिसमक्ष पेश गरेको अध्यादेशमा उल्लेख भएको एकल संक्रमणीय प्रणालीको सट्टा बहुमतीय प्रणाली राख्न प्रमुख प्रतिपक्षी नेकपा एमालेले माग गर्दै आएको छ ।


तर कांग्रेसले भने सरकारले पेश गरेको अध्यादेश संवैधानिक राष्ट्रपतिले स्वीकृत गर्ने संवैधानिक जिम्मेवारी भएको तर्क गर्दै आएको छ । कांग्रेस नेता डा. महतले राष्ट्रपति भण्डारीले जस्ताको तस्तै अध्यादेश प्रमाणीकरण गर्ने विश्वास व्यक्त गरे । उनले समानुपातिक सांसदको सूची पनि चाँडै तयार पारेर निर्वाचन आयोगमा पेश गर्ने बताए । २०७४ पुष १४ गते ११:२८ मा प्रकाशित

साभारः अनलाइन खबरबाट

सिँगारियो लेकसाइड ,पोखरा जाने होइन त ?

पोखरा : अंग्रेजी नयाँ वर्ष २०१८ लाई स्वागत र सन् २०१७ लाई बिदाइ गर्न पोखराको पर्यटकीय केन्द्र लेकसाइड बेहुली झै सिँगारिएको छ। नयाँ वर्ष नजिकिएसँगै पोखरा आउने पर्यटकको चहल पहल बढेको छ। पछिल्ला वर्षमा पोखरा अंग्रेजी नयाँ वर्ष मनाउने प्रमुख पर्यटकीय गन्तव्य बनेको छ। पोखराका तारे होटलले पनि नयाँ वर्षका लागि विभिन्न प्याकेजसहित सजावट गरेका छन्। पाँच तारे होटल पोखरा ग्रान्डमा नयाँ वर्षको लाइभ म्यूजिकसहित विभिन्न सांस्कृतिक कार्यक्रमको तयारी गरिएको होटल व्यस्थापनले बताएको छ। नयाँ वर्षका लागि करिब सबै कोठा अग्रिम बुकिङ भइसकेका छन्। २८ तारिखदेखि १ तारिख सम्मका लागि लगभग सबै कोठा बुकिङ भइसकेको होटलका वरिष्ठ बिक्री प्रबन्धक कमल शेरचनले जानकारी दिए।

सिँगारियो लेकसाइड ,पोखरा  जाने होइन त ?

होटलमा ८० प्रतिशत विदेशी र २० प्रतिशत नेपाली पर्यटक रहेको उनले बताए। नयाँ वर्षलाई लक्षित गरी होटलले लाइभ म्यूजिक, गाला डिरनसहित विभिन्न सांस्कृतिक कार्यक्रमको तयारी गरेको छ। पोखराको अर्को तीन तारे होटल सांग्रिलाले पनि कोठा लगभग प्याक भइसकेको बताइएको छ। २८ तारिखदेखि २०१८ को जनवरी १ तारिखसम्म सबै कोठा प्याक भइसकेको होटल साँग्रिला खपोराका रुम डिभिजन म्यानेजर गुप्तबहादुर गिरीले बताए। साँग्रिलामा ६१ वटा कोठा छन्। नयाँ वर्षमा होटलमा गाला डिनरसहित लाइभ म्यूजिकका तयारी गरिएको उनले सुनाए। होटलले डोरप्राइजका रूपमा एक जोडिलाई काठमाडौं-थाइल्यान्ड दोहोरो हवाई टिकट दिनेछ।

पछिल्ला वर्षमा पोखरा अंग्रेजी नयाँ वर्ष मनाउने प्रमुख पर्यटकीय गन्तव्य बनेको छ।

यसैगरी तारे होटल बाराहीमा पनि ९९ प्रतिशत कोठा बुकिङ भइसकेका छन्। २८ तारिखदेखि जनवरी १ सम्म कोठा बुक भइसकेको होटलका म्यानेजर राजकुमार केसीले बताए। नयाँ वर्षमा होटलमा गाला डिनरसहित चर्चित कलाकार शिव परिवार, मीना निरौलालगायतको प्रस्तुति रहने उनले बताए। पश्चिमाञ्चल क्षेत्रीय होटल संघका अध्यक्ष विकल तुलाचनले पछिल्ला वर्ष अंग्रेजी नयाँ वर्षमा पोखराका अधिकांश होटल भरिभराउ हुने गरेको बताए। पोखरामा पश्चिमाञ्चल क्षेत्रीय होटल संघमा आवद्ध तीन सय ८० होटल छन्। सबै होटलमा गरी २२ हजार बेड रहेको पश्चिमाञ्चल क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले बताए। दुई वटा पाँच तारे होटलमध्ये फूलवारी बन्द छ। तीन तारे होटल १४ वटा र १ र २ तारे होटल ४० वटा छन्। निम्तो बाँड्दै पोखरेली पर्यटन व्यावसायिको टोली पाल्पा, बुटवल, भैरहवा, चितवन, काठमाडौंसम्म पुगेको थियो।

साभारः अन्नपूर्ण पोष्टबाट

एमालेले छान्यो ७५ समानुपातिक प्रदेशसभा सदस्य (सूचीसहित)

१३ पुस, काठमाडौं । नेकपा एमालेले सात वटै प्रदेशमा समानुपातिक सदस्य छनोट गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहीबार बसेको एमाले स्थायी कमिटी बठकले ७५ प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको हो । समानुपातिकबाट प्रदेशसभा सदस्य बन्नेमा अधिकांश महिला छन् । प्रदेश २, ४ र ६ मा केही पुरुष छन् भने अन्य प्रदेशबाट महिला मात्र सिफारिस भएका छन् ।


एमालेले छान्यो ७५ समानुपातिक प्रदेशसभा सदस्य (सूचीसहित)

प्रत्येक प्रदेशमा पार्टीले पाएको कुल सिटको ३३ प्रतिशत महिला हुनु पर्ने संवैधानिक व्यवस्था भएकाले समानुपातिकबाट प्रदेशसभा सदस्य हुने धेरै महिला भएका हुन् । एमालेले प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश १ मा १५, प्रदेश २ मा ७, प्रदेश ३ मा १६, प्रदेश ४ मा १०, प्रदेश ५ मा १३, प्रदेश ६ मा ६ र प्रदेश ७ मा ८ सिट पाएको छ ।


साभारः अनलाइन खबरबाट

तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने

७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् । आई...