मिर्गाैला, क्यान्सर र स्पाइनलका बिरामीलाई मासिक पाँच हजार दिने प्रस्ताव

पुस, काठमाडौं । मिर्गौला रोगको डायलासिस, क्यान्सर रोगी र स्पाइनल कर्ड इन्जुरी भएका बिरामीलाई स्वास्थ्य मन्त्रालयले मासिक पाँच हजार रुपैयाँ भत्ता दिने प्रस्ताव अघि सारेको छ । स्वास्थ्य मन्त्रालयले सोमबार पत्रकार सम्मलेनको आयोजना गरी उक्त प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा लैजाने तयारी गरिरहेको जानकारी दिइएको हो ।


मिर्गाैला, क्यान्सर र स्पाइनलका बिरामीलाई मासिक पाँच हजार दिने प्रस्ताव

बैठकले उक्त प्रस्ताव पारित गरे लगत्तै मिर्गौलाको डायलासिस, क्यान्सर र स्पाइनल कर्ड इन्जुरीका विरामीले मासिक भत्ता स्वरुप उक्त रकम प्राप्त गर्न सक्नेछन् । मिर्गौला, क्यान्सर र स्पाइनल कर्ड इन्जुरी भएका झण्डै १७ हजार बिरामीलाई उक्त भत्ता वितरण गर्न मन्त्रालयलाई छ महिनाको अवधीमा करिब ७८ हजार रुपैयाँ आवश्यक पर्नेछ भने आउँदो वर्षदेखि झण्डै दुई अर्व रुपैयाँ आवश्यक पर्नेछ । सूर्तीजन्य पदार्थमा लाग्ने करबाट उठेको रकमको केही हिस्सा मासिक भत्ताका लागि प्रयोग गरिने स्वास्थ्य मन्त्री दीपक बोहराले जानकारी दिए ।

 

नेपालमा प्रत्येक वर्ष यो रोगका विरामीको संख्या हजारदेखि १५ सयको हाराहारीमा बढ्दो क्रममा छ । उनीहरुको उपचारमा सहुलियत कम भएको तथा दैनिक जीवनयापन अत्यन्त कष्टकर हुने भएकोले जीवन निर्वाहका लागि बिरामीहरुलाई मासिक पाँच हजार भत्ताको व्यवस्था गर्नको लागि यो प्रस्ताव आगामी मन्त्रीपरिषद्को वैठकमा लग्न लागिएको हो ।’ मन्त्री बोहराले भने । हाल स्वास्थ्य मन्त्रालयले मिर्गौला, क्यान्सर, स्पाइनल कर्ड इन्जुरी, बाथ मुटु रोग लगायतका १२ प्रकारका रोगको उपचारका लागि एक लाख रुपैयाँ खर्च दिदै आएको छ ।साथै मिर्गौला रोगका बिरामीका लागि निःशुल्क डायलासिस सेवा उपलब्ध गराउँदै आएको छ ।

साभारः अनलाइन खबरबाट

No comments:

Post a Comment

तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने

७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् । आई...