बजाज डिस्कभरको उत्पादन नेपालमै सुरु, पल्सरको कहिलेबाट ?

३ पुस, काठमाडौं । नेपालमै दोस्रोपटक माटरसाइकल एसेम्बल प्लान्ट सञ्चालनमा आएको छ । गोल्छा अर्गनाइजेशनले नवलपरासीमा बजाजको एसेम्बल प्लान्ट सञ्चालनमा ल्याएको हो । पहिलो चरणमा उसले बजाजको डिस्कभर बाइकको एसेम्बल सुरु गरेको छ । यसअघि नेपालमा चिनियाँ अन्नालिफान बाइकको एसेम्बल प्लान्ट सञ्चालनमा आएको थियो । तर, अहिले सो प्लान्ट बन्द अवस्थामा छ । बजाजको अहिले सञ्चालनमा आएको प्लान्टबाट १२५ सीसीको बजाज डिस्कभरको उत्पादन थालिएको गोल्छा अर्गनाइजेनका प्रवन्ध निर्देशक शेखर गोल्छाले जानकारी दिए ।

बजाज डिस्कभरको उत्पादन नेपालमै सुरु, पल्सरको कहिलेबाट ?

अब डिस्कभर नेपालमै एसेम्बल्ड एकमात्रै बाइकका रुपमा रहनेछ । यसपछि पल्सर बाकइकको उत्पादन पनि थाल्ने योजना गोल्छा अर्गनाइजेशनको छ । नेपालमा सर्वाधिक रुचाइएको बाइकका रुपमा परिरिचत बजाजले यहाँ नै उत्पादन थाले पनि तत्काल मूल्य भने घटबढ नहुने भएको छ । विशेष गरी सरकारले नेपालमा बाइक एसेम्बल गर्न आवश्यक कर छुटको व्यवस्था नगर्दा समस्या भएको गोल्छाले बताए ।‘हामीले सरकारबाट मूल्य घटाउन प्रोत्साहन मिल्ने गरी कुनै सुविधा पाएका छैनौं । गतवर्षको बजेटले हामी जस्तो उदोगलाई दिने अन्तशुल्क छुट पनि घटाइदिएको छ’ गोल्छालेभने,’सरकारले वातावरण बनायो भने मात्रै हामी मूलय घटाउन सक्छौं ।’

बजाज डिस्कभरको उत्पादन नेपालमै सुरु, पल्सरको कहिलेबाट ?

बजाजको एसेम्बल प्लान्टमा दक्ष र अदक्ष गरी झण्डै सय जनाले रोजगारी पाएको जानकारी उनले दिए । कम्पनीमा अहले दैनिक ३० वटासम्म बाइक एसेम्बल गरिँदैछ । झण्डै ७० करोडको लागतमा तयार भएको यो प्लान्टलाई विस्तार गरेर डेढ वर्षभित्र पल्सर उत्पादलन पनि थाल्ने योजना छ । त्यसका लागि झण्डै २० देखि ३० करोड थप लगानी गरिने गोल्छाले बताए । ‘हामी यसबाट अनुभव हासिल गरेर १५० सीसीको पल्सर नेपालमा उत्पादन थाल्न चाहान्छौं,’ गोल्छाले भने,’यसले नेपालमा उत्पादनमुलक उद्योगको प्रवर्द्धनका लागि एउटा सकारात्मक सन्देश पनि दिनेछ ।’

साभारः अनलाइन खबरबाट

No comments:

Post a Comment

तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने

७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् । आई...