शिवपुजनले चुनाव लड्न नपाउने, सर्वोच्चले अन्तरिम आदेश दिएन

२० मंसिर, काठमाडौं । सर्लाही ४ मा वाम गठबन्धनका उम्मेदवार शिवपुजन राय यादव उम्मेदवार बन्न नपाउने भएका छन् । मतदानको अघिल्लो दिन बुधबार सर्वोच्च अदालतले रायको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय कार्यान्वयन गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अब मुद्दाको अन्तिम फैसला नहुँदासम्म रायको उम्मेदवारी खारेज गर्ने निर्णय कायमै रहनेछ ।


शिवपुजनले चुनाव लड्न नपाउने, सर्वोच्चले अन्तरिम आदेश दिएन

न्यायाधीश दीपकराज जोशी र डम्बबहादुर शाहीको इजलासले दुबै पक्षको बहस सुनेपछि अन्तरिम आदेश जारी गर्न नपार्ने फैसला सुनाएको छ । पहिलो संविधानसभामा फोरमबाट सभासद रहेका शिवपुजनलाई रातो पासपोर्ट दुरुपयोगको अभियोगमा विशेष अदालतले दोषी ठहर गरेको थियो । यो पटक माओवादीबाट उम्मेदवार बनेका उनीविरुद्ध स्वतन्त्र उम्मेदवारले निर्वाचन आयोगमा उजुरी दिए । तर, सुनुवाई नभएपछि उनीहरु सर्वोच्चमा गए । तर, सर्वोच्चमा लिखित जवाफ दिनु अघि नै आयोगले उनको उम्मेदवारी खारेज गरेको छ ।

साभारः अनलाइन खबरबाट

No comments:

Post a Comment

तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने

७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् । आई...