एमाले र माओवादीबाट आलोपालो प्रधानमन्त्रीः प्रचण्ड

७ पुस, चितवन । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीबीच आलोपालो प्रधानमन्त्री बन्ने सैद्धान्तिक सहमति भएको बताएका छन् ।चितवन क्षेत्र नः ३ बाट निर्वाचित भएपछि पहिलोपटक जिल्ला आएका अध्यक्ष प्रचण्डले भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी एकता गर्न कुनै अप्ठ्यारो नभएको बताए ।

पार्टी एकता संयोजन समितिको बैठक केहीदिनमा नै राखेर थप अघि बढ्ने उनले बताए । राष्ट्रियसभा र सरकार गठनबारे पाँच दलमा गम्भीर छलफल भएको तर, सहमति नजुटेको उनले बताए । ‘सरकार गठनका लागि कुुनै समस्या छैन निर्वाचन आयोगले पनि तयारी गर्दैछ’, अध्यक्ष प्रचण्डले भनेका छन् ।

साभारः अनलाइन खबरबाट

No comments:

Post a Comment

तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने

७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् । आई...