दीपिकाले किन दिइनन् अनुष्कालाई बिहेको बधाई ?

भारतीय क्रिकेटर बिराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माबीचको बिहे भारतमा ठूलै समाचारको विषय बनिरहेको छ । सामाजिक सञ्जालमा उनीहरुले बधाई खाएको खाएै छन् । राजनीतिज्ञ, क्रिकेटर, सेलिब्रिटीदेखि सर्वसाधारणसम्मले यो जोडीलाई बधाई र शुभकामना दिएका छन् । तर, बलिउडका एक जोडी भने यो मामलामा मौन रहे । उनीहरुले बधाईमा एक शब्द पनि खर्चिन चाहेनन् । उनीहरु हुन् नायिका दीपिका पादुकोण र उनका व्वाइफ्रेन्ड रणवीर कपुर ।

 

रणवीरले विवाहको एउटा फोटोमा लाइकसम्म गरेका थिए । यो जोडीले बिराट-अनुष्कालाई शुभकामना नदिनुको कारण छर्लङ्गै छ । खासमा रणवीर र अनुष्काबीच पहिले प्रेम थियो । त्यो प्रेम टुटेपछि रणवीरले दीपिकालाई टिपे भने अनुष्काले टिपिन् बिराटलाई । पुरानो सम्वन्धको धङधङी दुवैमा अझै बाँकी नै रहेको हुनुपर्छ । दीपिका र अनुष्काबीच पहिलेदेखि नै राम्रो सम्वन्ध थिएन । हालै पद्मावती फिल्मको फस्र्ट लुक रिलिज भएका बेला सबै सेलिब्रिटीहरुले यसको तारिफ गरेका थिए । तर, यस बारेमा प्रश्न गर्दा अनुष्काले जवाफ दिएकी थिइन्, मैले त्यो हेरेकै छैन । अहिले दीपिकाले पनि आफ्नो व्वाइफ्रेन्डको एक्सलाई के बिबाहको बधाई दिइरहन्थिन् । यस विषयमा पत्रकारले प्रश्न गर्दा भने उनले आफूले दुवैलाई व्यक्तिगत सन्देश पठाएर बधाई दिएको दावी गरेकी छिन् । तर, उनको दावीलाई कसले पत्याउने ?

साभारः अनलाइन खबरबाट

No comments:

Post a Comment

तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने

७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् । आई...