काठमाडौं महानगरका सबै वडा कार्यालयमा फ्रि वाइफाई सेवा

१ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना सबै वडा कार्यायलमा निःशुल्क इन्टरनेट (फ्रि वाइफाई) सेवा सुरुवात गरेको छ । आफ्ना सेवालाई स्मार्ट बनाउँदै लैजाने घोषणा गरेको महानगरपालिकाले वडा कार्यालयमा फ्रि वाइफाई सेवा सुरु गरेको हो । यो सेवा सुरु भएपछि वडा कार्यालयमा आउने सेवाग्राहीलाई सूचना प्रविधिमा सहज पहुँच दिन सेवा थालिएको मेयर विद्यासुन्दर शाक्यले बताए ।


महानगरपालिकाले यसअघि नै सबै वडा कार्यालयहरुलाई सूचना प्रविधिमैत्री बनाउने घोषणा गरेको थियो ।महानगरपालिकाले विभिन्न सार्वजनिक स्थानलाई पनि फ्रि वाइफाइ जोनका रुपमा विकास गर्न पनि तयारी गरिरहेको छ । रत्नपार्क महानगरपालिकाभित्र फ्रि वाइफाइ क्षेत्र भइसकेको छ । महानगरपालिकाकाले डिजिटल नक्सापास सेवा पनि सुरु गरेको छ । घरमै बसेर अनलाइनमार्फत नक्सा पास गराउने सेवाको सुरुवात भएको हो ।महानगरका सेवालाई अनलाइनमा लैजाने क्रममा नक्सापास सुविधा पनि स्मार्ट प्रविधिमा लागिएको हो ।अहिले स्वेच्छिक रुपमा लिन सकिने यो सेवा आगामी बैशाखबाट अनिवार्य गर्ने योजना बनाइएको मेयर शाक्यले जानकारी दिए ।

अब नक्सा पास गर्दा नक्सा पास गर्ने अधिकारीहरुको डिजिटल सिग्नेचर रहनेछ । महानगरले सबै नक्सा र जग्गा तथा घरधनिको विवरण डिजिटल रुपमा राख्न काम गरिरहेको छ । यसले महानगरमा नक्सापासका लागि विभिन्न बाहना बनाएर सेवाग्रहीसँग घुस लिनेक्रम हट्ने अपेक्षा गरिएको छ । अहिले महानगरका कर्मचारीले नक्सापास गर्दा सेवाग्राहीसँग अतिरिक्त रकम माग्ने गुनासो तीव्र छ । अनलाइन प्रविधिमा गएपछि सेवाग्रहीसँग प्रत्यक्ष सम्वाद नहुने भएकाले अनियमितताको सम्भावना घट्ने दावी महानगरपालिकाको छ ।

महानगरले आˆनो सेवालाई प्रभावकारी नाउन गतवर्ष बाटै अनलाइन ‘मार्स’ सिस्टम तयार गरेर सञ्चालनमा ल्याएको थियो । तर, प्रभावकारी कार्यान्वयन नहुँदा अहिले पनि महानगरले अनलाइन सेवा चुस्त रुपमा दिन सकेको छैन । महनगपालिकाको वेबसाइटमा आफ्नो युजर दर्ता गराएर नक्साासको फारम डाउनलोड गरी भरेपछि त्यसैमा अपलोड गर्न सकिन्छ । त्यसका लागि नक्सापास गर्दा चाहिने सबै कागजातको प्रतिलिपि पनि अपलोड गर्नुपर्छ । अपलोड भएका नक्सालाई महानगरले छानविन गरेर अनलाइनाटै पास गर्न सक्ने व्यवस्था गरिएको छ ।आफ्नो फाइल कुन शाखामा पुगेर कुन चरणको कारवाही प्रक्रियामा छ भन्ने पनि हेर्न सकिनेछ । अनलाइन सुविधा लिन अब नक्सा बनाउँदा डिजिटल नक्सा भने बनाउनुपर्ने छ ।

साभारः अनलाइन खबरबाट

No comments:

Post a Comment

तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने

७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् । आई...