काठमाडाैं । नेपाली कांग्रेसका नेता एनपी साउदले राष्ट्रियसभा गठन नभई प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा नदिने दाबी गरेका छन् ।‘निर्वाचनआयोगले प्रतिनिधि सभा समानुपातिकतर्फको सम्पूर्ण मतपरिणाम सार्वजनिक गरेको छैन, सरकारले राष्ट्रपतिसमक्ष पेश गरेको अध्यादेश अहिलेसम्म स्विकृत भएको छैन’ एक कार्यक्रममा उनले भनेका छन्, ‘हामी राष्ट्रिय सभाको गठन भएपछि मात्रै सरकारबाट बाहिरिन्छौं ।’
उनले अघि भने, ‘कसलाई सरकार बुझाएर जाने ? कम्तिमा राष्ट्रिय सभाको निर्वाचन त होस्, संविधान बमोजिम चल्नुपर्छ ।’सरकार हस्तान्तरण भनेको के बाटो हिाड्दाहिाड्दै चाबी हृयाण्डओभर गरेजस्तो हो त भन्दै उनले प्रश्न समेत गरे । उनले भने, ‘संसदले पूर्णता पाउनुपर्छ, हामी उचित समयको प्रतिक्षामा छौं ।’अध्यादेश स्विकृत गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले किन ढिलाई गरेको हो आफूहरुले बुझ्न नसकेको उनले बताए उनले भने, ‘यदि सााच्चिकै कमीकमजोरी भएको छ भने हेर्ने निकाय छ नि, अदालत छ ।’नेता साउदले निर्वाचनको समिक्षा गर्न पार्टीको केन्द्रीय कार्य समितिको बैठक चााडै बस्ने जानकारी दिए ।
साभारः अनलाइन खबरबाट
No comments:
Post a Comment