चरीकोट : संघिय संरचना अनुसार पहिलोे पटक भएको निर्वाचन पछि निजि क्षेत्र उत्साही बनेको छ । पाँचबर्षका लागि स्थिर सरकार निर्माण हुने र सो समयमा धेरै कामहरु गर्न सकिने भन्दै निजि क्षेत्र उत्साहीत बनेको हो ।सरकार परिवर्तन भए सँगै परिवर्तन हुने सरकारी नीति र कर्मचारीका कारण ठोस काम हुन नसकेको भन्दै अब बन्ने सरकार स्थिर हुनेमा दोलखाका स्थित नीजि क्षेत्रको विस्वास रहेको छ । साथै प्रदेश अनुसारको सरकार बन्ने भएकोले काम गर्न अझ सहज हुने उद्योगी व्यवसायीको भनाइ छ ।
दोलखामा शनिवार मतगणना सम्पन्न थियो । नयाँ प्रतिनिधिहरु सँगै सहकार्य गरेर कामगर्न इच्छुक रहेको उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य सुर्दशन कार्कीको भनाइ छ । उनले लगानीकर्ताहरुको लागि सबैभन्दा उपयुक्त जिल्ला दोलखा रहेको बताउँदै जनप्रतिनिधिहरुले तिब्बती नाका खोल्न ठोस पहलको आवश्यकता रहेको बताएका छन् । दोलखा उद्योग बाणिज्य सघंका अध्यक्ष सुन्दर कार्कीले जनप्रतिनिधिहरुको अबको ध्यान दोलखामा ठुला लगानीकर्तालाई लगानीको वातावरण मिलाइदिने, लामाबगर फलाकनाका खुलाउने, पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण गरिदिने, माथिल्लो तामाकोशी ३ आयोजनालाई स्वदेशी लगानीमा निर्माणको लागि पहलकदमी गर्ने र स्थानीय श्रोत साधानलाई सदुपयोग गरी साना तथा ठुला उद्योगहरु सञ्चालनको लागि वातावरण बनाइ दिए पाँच बर्ष भित्रमा नमुना दोलखा निर्माण हुने बताए ।यस्तै भीमेश्वर नगरपालिकाको लाकुरीडाँडामा निर्माण हुन लागेको फिल्म सिटि लाई पनि सहयोग गर्न आवश्यक रहेको बताए ।
अध्यक्ष कार्कीले सरकारले लगानीको सुरक्षाको जिम्मा लिए लगानीकर्ता आफुहरुले नै दोलखामा भित्र्याउने बताए । स्थिर सरकार नभएकै कारण ठुला लगानीकर्ताले दोलखामा लगानी गर्न डराइरहेको समेत जानकारी दिए । दोलखा उद्योग बाणिज्य सघंका सदस्य नारायण ठकुरीले लामाबगर फलाक नाका खोल्न सके दोलखालीहरुको भाग्य र भविष्य चम्किने बताए । सो नाका खोल्नको लागि पहल गर्नु पर्नेमा उनको जोड छ ।
साभारः अन्नपूर्ण पोष्टबाट
No comments:
Post a Comment