कांग्रेस भातृ संगठनहरुको राष्ट्रपतिलाई दबाव - Taja Samachar Online

१० पुस, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सबै भातृ संगठनहरुले राष्ट्रपति विद्या भण्डारीलाई तत्काल राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी अध्यादेश तत्काल जारी गर्न दबाव दिएका छन् । कांग्रेससँग आवद्ध नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रेस युनियन, डिएलए, नेपाल र नेपाल दलित संघले सोमबार काठमाडांैमा संयुक्त पत्रकार सम्मेलन गरी राष्ट्रपति भण्डारीलाई तत्काल राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न दबाव दिएका हुन् ।

कांग्रेस भातृ संगठनहरुको राष्ट्रपतिलाई दबाव - Taja Samachar Online

पत्रकार सम्मेलनमा बोल्दै नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मीले तत्काल राष्ट्रपतिबाट अध्यादेश जारी नभए आन्दोलनका सशक्त कार्यक्रम संचालन गर्न बाध्य हुने चेतावनी दिइन् । कांग्रेसका भातृ संगठनहरुले सरकारले पठाएको अध्यादेश जारी नगरेर राष्ट्रपति भण्डारी संविधान विपरित चल्न खोजेको आरोप समेत लगाएका छन । कांग्रेस भातृ संगठनहरुले राष्ट्रपतिले राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी अध्यादेश जारी नगरेकै कारण नयाँ सरकार गठन प्रक्रिया अघि बढन कठिनाई भइरहेको तर्क पनि गरेका छन् ।

साभारः अनलाइन खबरबाट

No comments:

Post a Comment

तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने

७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् । आई...