अन्धकार हुनबाट जोगियो काठमाडौं - Taja Samachar Online

२१ मंसिर काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा चुनावको अघिल्लो दिन बुधबार राति काठमाडौं उपत्यकालाई अन्धकार बनाउने नियतका साथ भक्तपुरमा शक्तिशाली बम बिस्फोट गराइएको खुलेको छ ।बुधबार राति करिव ९ बजे काठमाडौं उपत्ययकाको विद्युत आपूर्तिको मुख्य लाइन भक्तपुर-बानेश्वर ६६ केभी प्रसारण लाइनको दुवाकोट नजिक खेतमा गराइएको शक्तिशाली बम विस्फोटका कारण तार चुडिएको खुलेको हो । त्यसका कारण बानेश्वर र पाटन क्षेत्रमा करिव २० मेगावाट विद्युत आपूर्ति हुन सकेको थिएन । जसले गर्दा त्यस क्षेत्रमा अन्धकार भएको थियो । बम विस्फोटनको आवाज आउनसाथ नेपाली सेनाको टोली त्यहाँ पुगेको थियो ।


अन्धकार हुनबाट जोगियो काठमाडौं - Taja Samachar Online

“सुरुमा त हामीलाई प्राविधिक कारणले तार चुंडिएको जस्तो लागेको थियो” प्राधिकरण स्रोतले भन्यो, “काठमाडौं उपत्ययकाको विद्युत आपूर्तिको मुुख्य त्यही लाइन भएको थाहा पाएर नै ६६ केभी लाइनमुनी बम पड्काएर काठमाडौं उपत्यकालाई अन्धकार बनाउने र चुनाव बिथोल्ने नियतका साथ बम विस्फोट गराएको देखिन्छ ।” प्राधिकरणले निर्वाचनको संवेदनशीलता ध्यान दिएर आपतकालीन व्यवस्था मिलाई विद्युत आपूर्ति गरेको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस्ता किसिमका घटनाले यसलेे प्रसारण तथा वितरण लाइनमा ठूलो चुनौति थपिएको बताए । गत वर्षबाट काठमाडौं उपत्यका लगायत मुलकभर नै लोडसेडिङ अन्त्य भएपछि यसलाई रोक्न ठूलो गिरोह नै सक्रिय छ । यस्ता गतिविधिका कारण सरकारले चालेको उज्यालो अभियान समेत प्रभावित हुने घिसिङको भनाइ छ ।

चिलिमेबाट त्रिशुली आउने लाइनमा पनि समस्या  : चिलिमेबाट त्रिशुली आउने ट्रान्समिसनलाइनमा हिजोदेखि नै समस्या आएको प्राधिकरणले जनाएको छ । सोही प्रसारणमार्ग भएर काठमाडौंमा विजुली आउने भएकाले प्राधिकरणलाई माग व्यवस्थापनमा चुनौति थपिएको छ । २५ मेगावाट बिजुली काठमाडौं आउने यो प्रसारणलाइनमा के कारण समस्या आएको भन्ने पुष्टी हुन सकेको छैन । यो लाइनलाई पनि प्रभावित गर्ने गरी आपराधिक कार्य भएको हुनसक्ने अनुमान प्राधिकरणको छ ।यो प्रसारणलाइनबाट चिलिमेमा उत्पादित २२ र मैलु ङ आयोजनाबाट उत्पादित ३ मेगावाट विजुली काठमाडौं ल्याइन्छ ।

साभारः अनलाइन खबरबाट

No comments:

Post a Comment

तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने

७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् । आई...