मतदातालाई मतदान स्थलदेखि घरसम्मै सुरक्षा - Taja Samachar Online

विराटनगर : मंसिर २१ गते बिहीबार हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उपयुक्त हिसाबको सुरक्षा प्रवन्ध मिलाइकेको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।सुरक्षा अधिकारीले सुरक्षा सवालमा प्रदेश नम्बर १ मा निर्वाचनको सबै तयारी पूरा भइसकेको पनि जनाएका छन् । सबै मतदान केन्द्र र मतदान स्थलमा निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् । प्रदेश नम्बर १ का प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पशुपति उपाध्यायले मतदान गर्न जान सुरक्षाका दृष्टिकोणले मतदातालाई कुनै समस्या नरहेको स्पष्ट पारे । उनले मतदातालाई मतदान स्थलदेखि घरसम्मकै सुरक्षा व्यवस्था मिलाएर बिना हिचकिचाहट ‘भोट’ हाल्न जाने अवस्थाको सिर्जना गरिएको जनाए । ‘उचित हिसाबको सुरक्षा प्रवन्ध मिलाइएका कारण मतदाताको सुरक्षाको ग्यारेन्टी हामी गर्छांै,’ उनले भने, ‘ढुक्क भएर मतदान गर्न जाने वातावरण बनिसकेको अवस्थामा सुरक्षा सवालमा कुनै पनि कमजोरी हुन दिइने छैन ।’

मतदातालाई मतदान स्थलदेखि घरसम्मै सुरक्षा - Taja Samachar Online

निर्वाचनका लागि उचित सुरक्षा व्यवस्था मिलाएर सबै मतदान केन्द्रमा आवश्यक हातहतियार र बन्दोबस्तीका सामानसहित सुरक्षाकर्मी परिचालन गरिसकिएको र कुनै समस्या नआओस भनेर विभिन्न ठाउँमा अप्रेशन पनि जारी राखिएको उपाध्यायले बताए निर्वाचन विरोधी गतिविधि गर्ने जोकोहीलाई कुनै पनि अवस्था र बहानमा छुट नदिइने नीति रहेका कारण पनि सुरक्षा व्यवस्था मजबुत बनेको उनले प्रष्ट्याए । निर्वाचन सुरक्षाका लागि सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादीसहित गरेर ४५ हजार बढी सुरक्षाकर्मी प्रदेश नम्बर १ मा परिचालन गरिएको उच्च सुरक्षा स्रोतले जनाएको छ । तीन घेरामा निर्वाचनको सुरक्षा व्यवस्था मिलाइएको छ । मतदान केन्द्र नेपाल प्रहरीको जिम्मामा छ । त्यस भन्दा बाहिर सशस्त्र प्रहरी र नेपाली सेना रहने व्यवस्था मिलाइएको छ । मतदान र मतखदातालाई कुनै असुरक्षा नहनेस भनेर सबै ठाउँमा सुरक्षाकर्मीलाई ‘हाईअलर्ट’ मा राखिएको उपाध्याय बताउँछन् । ‘मतदातालाई सशंकित र आतंकित पार्ने गतिविधिलाई पूर्णरुपमा नियन्त्रणमा लिइसकिएको छ ।’ उनले भने सुरक्षा अधिकारीहरुले निर्वाचनलाई लक्षित गरेर पैदल, हवाई र मोवाइल गस्तीहरु पनि बढाइएको जनाएका छन् । मतदानस्थल र वरपर कुनै पनि अवरोध एवं अवाञ्छित गतिविधि हुन नदिन सुरक्षाकर्मीको उपस्थिति सबै ठाउँमा बाक्लो बनाइएको छ । क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहका अनुसार सुरक्षा प्रबन्ध मिलाउने सवालमा हेलिकप्टरले केहीदिनदेखि नियमित हवाई गस्ती पनि गरिरहेको र सेनाको गाडीले पनि आफ्नै हिसावमा गस्ती गरिरहेको छ । संवेदनशील भनिएका मतदान केन्द्रमा पनि त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाइएको सिंहले जनाए ।

किशोर बुढाथोकी, साभारः अन्नपूर्ण पोष्टबाट

No comments:

Post a Comment

तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने

७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् । आई...