बोकेदाह्रीको रुपमा चिनिएका हास्यकलाकार एवं गायक श्रीकृष्ण लुइँटेलको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । पछिल्ला वर्षहरूमा गृह जिल्ला झापामै रमाइरहेका लुइँटेलको ‘सुनको सिक्री’ बोलको गीत यूट्यूबमार्फत सार्वजनिक गरिएको हो । वैदेशिक रोजगारीले समाजमा पारेको प्रभावको विषयमा केन्द्रीय रहेको यो म्यूजिक भिडियोले दर्शकलाई भरपुर मनोरञ्जन दिने कुरामा आफू विश्वस्त रहेको लुइँटेल बताउँछन् ।उनको यो गीत कमेडीसँगै सन्देशमुलक समेत रहेको छ ।
स्वयम्को स्वर, शब्द, संगीत रहेको गीतमा लुइँटेलले गायिका मनिसा पोखरेलको समेत साथ पाएका छन् ।डम्बर लिम्बुले एरेन्ज गरेको गीतमा सन्तोष, सान्जी, सुरज, निरज, रिचा र रोश्नी ज्ञवालीको अभिनय रहेको छ ।युवराज वाइवाले निर्देशन गरेको म्यूजिक भिडियोको छायाङ्कन उत्सव दाहाल र सम्पादन निसान घिमिरेले गरेका छन् ।
साभारः अनलाइन खबरबाट
No comments:
Post a Comment