ला लिगामा शक्तिहीन रियल मड्रिड - Taja Samachar Online

बार्सिलोनाले सेल्टा भिगोसँग बराबरी खेलेपछि उपाधि रेसमा रियलका लागि ढोका खुलेको थियो तर, मड्रिडले त्यसको फाइदा उठाउन सकेन । शनिबार राति एथ्लेटिको बिल्वाओबिरुद्ध रियल मड्रिड हरेक क्षण कमजोर देखियो । यो घरेलु प्रतियोगितामा एक अर्को निराशाजनक नतिजा थियो । जसले जिनेदिन जिदानको टोलीलाई ला लिगाको उपाधि रक्षाको अभियान अझै मुस्किल बनाइदिएको छ । रियलका लागि यो खेल जित्नैपर्ने थियो । तर, उसले जित त परै जाओस गोल पनि गर्न सकेन । क्रिष्टियानो रोनाल्डोको यस सिजनको गोल खडेरी जारी रहँदा करिम बेञ्जिमाले पाएको एक सुन्दर मौका पनि सदुपयोग गर्न सकेनन् ।

ला लिगामा शक्तिहीन रियल मड्रिड - Taja Samachar Online

सन् २००६/००७ को सिजनपछि रियल मड्रिडले लिगको सुरुवाती १५ खेलमा सबैभन्दा थोरै अंक बटुलेको छ ।त्यस सिजन रियलले २५ अंकमात्र जोडेको थियो भने अहिले समान खेलबाट २८ अंकमात्र जोडेको छ ।निरन्तरताको क्रमभंगतामा सबैभन्दा दुःखी उसकै समर्थक छन् यतिबेला । किनभने रियल मडि्रडजस्तो युरोपेली च्याम्पियन टोलीले लिगमा लगातार चार खेलमात्र जितेको छ । तर, हालै जिरोनासँग घरेलु मैदानमा स्तब्ध भएपछि रियलको परिदृश्य फेरिएको छ । त्यस हार, जहाँ जित वा बराबरीले पनि उसलाई उपाधि दौडमा कायमै राख्ने थियो । तर, दृश्य कति उदास देखियो ।

रोनाल्डो फ्लप

मड्रिड आफ्ना सुपरस्टार क्रिष्टियानो रोनाल्डोको गोल खडेरीबाट चिन्तित छ । सायद यसै कारण उसले लिगमा संघर्ष गर्नुपरिराखेको छ । रोनाल्डोले सिर्फ गोल गर्न सकेका छैनन्, र शनिबार स्टाडियो सान म्याम्समा पनि उनी असफल रहे । यो रंगशालामा रोनाल्डोले अहिलेसम्म गोल गर्न सकेका छैनन् । पोर्चुगिच फरवार्ड अहिले यस्तो संघर्षमा छन् कि लिगको लगभग आधाआधीमा पुग्न लाग्दा उनले २ गोल मात्र गरेका छन् । यो भन्दा निराशाजनक आँकडा अरु के होला ? यो आँकडा उनको टिमका लागि पनि भारी परिरहेको छ, जो आफ्ना टिममेटले धेरै भन्दा धेरै गोल गरेको हेर्न चाहन्छन् । यस्तै अवस्था करिम बेञ्जिमाको हकमा पनि छ । एथ्लेटिको बिल्वाओसँग उनले एकमात्र मौका पाए । मडि्रड तत्काल लयमा र्फकनु अत्यावश्यक छ । किनभने, यस्तो नभएको खण्डमा उसले सिजनको एक उपाधिको दौडबाट बाहिरिनुपर्नेछ, जवकि सिजन सुरु हुनुभन्दा पहिले ऊ उपाधिको प्रमुख दावेदार थियो ।

साभारः अनलाइन खबरबाट

No comments:

Post a Comment

तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने

७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् । आई...