युरोपभरका कलाकारहरु बार्सिलोनामा जमघट हुँदै - Taja Samachar Online

३० नोभेम्बर, बार्सिलोना । झण्डै दुई दशक अघि नृत्य निर्देशकको रुपमा नेपाली कला क्षेत्रमा प्रबेश गरेका सन्तकुमार थापा मगर निकै उत्साहित छन्। देश बिदेशका कार्यक्रमहरुमा आफ्नो कला देखाएर दर्शकको मन जितिसकेका कलाकार मगर आफ्नो जोडी सहित बार्सिलोना उत्रदै छन्। मल्लिका प्रधानसँगको जोडी उनको बास्तबिक जीवनमा मात्र हैन कला क्षेत्रमा पनि जोडी कै रुपमा परिचित छ । अन्तराष्ट्रिय नेपाली कलाकार समाज (ईनास) डेनमार्कका अध्यक्ष समेत रहेका मगर आफ्नो जोडी सहितको नृत्य प्रस्तुतिलाई लिएर उत्साहित भएका हुन् ।

युरोपभरका कलाकारहरु बार्सिलोनामा जमघट हुँदै

बिश्वभर नै आफ्नो संजाल फैलाई सकेको ईनास युरोप क्षेत्रमा झनै बढी सक्रिय देखिन्छ । युरोप स्तरीय नृत्य तथा गायन प्रतियोगिताहरु गर्दै ईनासले युरोपमा प्रतिभाहरुको खोजि समेत गर्दै आएको छ । हाल ईनास नेदरल्याण्डसकी अध्यक्ष समेत रहेकी सरिता हुमागई त्यस्तै प्रतियोगिताबाट नै उदाएकी हुन्। सन् २०१२ मा सम्पन्न ईनास युरोपस्तरीय नृत्य प्रतियोगिताकि बिजेता हुमागईको प्रस्तुतिलाई पनि स्पेनबासी नेपालीहरुले देख्ने भएका छन्। यस्तै सन् २०१६ र सन् २०१७ का ईनास सिङगिङ्स्टाहरु सोबु केसी र शैलेस नेपालीको आवाजले पनि बार्सिलोना गुञ्जदै छ । डेनमार्क निवासी गायक राजमान तामाङ् युरोपमा निकै चर्चित छन् । गायक तामाङ्ले आफ्नो डेब्यु एल्बम ‘उत्सव‘बाट ,’पूर्वमा धरान राम्र’, ‘ताल पानीमा‘, ‘हल्का हल्का नजर‘ लगायतका गीतहरु सुनाउन उत्साहित छन् ।

जर्मनी, डेनमार्क,  नेदरल्याण्ड, स्विट्जरल्याण्ड, नर्बे जस्ता युरोपेली मुलुकहरु पुगेर बिभिन्न कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुती राखीसकेका तामाङ् यस अघि पनि कार्यक्रमका बार्सिलोना आएका थिए। आगामी डिसेम्बर ९ तारिख शनिबार हुने कार्यक्रममा डेनमार्कका कलाकारहरु कोपिला शाक्य, आचल सापकोटा,  ईनास स्पेनको ब्याण्ड, लगायत स्थानीय कलाकारहरुको पनि प्रस्तुति दिदै छन् । ईनास ग्लोबलका केन्द्रिय प्रतिनिधिहरु समेत सहभागी बन्ने कार्यक्रम नि:शुल्क रुपमा देखाइने आयोजक ईनास स्पेनले जनाएको छ ।

बसन्त रानाभाट ,साभारः अनलाइन खबरबाट

No comments:

Post a Comment

तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने

७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् । आई...