गोलकिपरको गोलमा बेनेभेन्टोले रच्यो इतिहास - Taja Samachar Online

१७ मंसिर, काठमाडौं । गोलकिपर अल्बेर्टो बि्रग्नोलीले इन्जुरी टाइममा एसी मिलानविरुद्ध बराबरी गोल गरेका छन् र बेनेभेन्टोले सिरी एमा पहिलो पटक इटालियन जाइन्टसँग अंक खोसेको छ । बेनेभेन्टोले एसी मिलानसँग २-२ को बराबरी खेलेको हो । युभेन्टसबाट लोनमा आएका किपर बि्रग्नोलीले डानिलोको फि्रकिकमा हेड गोल गरेका हुन् ।

गोलकिपरको गोलमा बेनेभेन्टोले रच्यो इतिहास - Taja Samachar Online

यो गोलसँगै अंक तालिकाको पुछारमा रहेको बि्रग्नोलीले १४ खेलको हारको यात्रामा पूर्ण विराम लगाएको छ । ‘गुमाउनु केही थिएन’ बि्रग्नोलीले भने, ‘मैले आँखा बन्द गरेँ र उफिर््र । यो फवार्डको होइन, गोलकिपरको गोल थियो । ‘ एसी मिलान अंक तालिकाको सातौं स्थानमा छ र १५ खेलबाट २१ अंक जोडेको छ ।

साभारः अनलाइन खबरबाट

No comments:

Post a Comment

तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने

७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् । आई...