प्रतिमिनेट एक करोड पारिश्रमिक लिएर नाच्दै प्रियंका - Taja Samachar Online

बलिउड अभिनेत्री प्रियंका चोपडा आजकाल हलिउडमा बढि व्यस्त छिन् । उनी कहिलेकाहीँ मात्र भारत आउँछिन् र केही दिन बसेर फेरि अमेरिका फर्किन्छिन् । यसैबीच, प्रियंकाले यसै महिनाको अन्त्यमा आयोजना हुने जि सिने अवार्डमा पर्फम गर्ने निश्चित भएको छ । उक्त कार्यक्रममा उनले पाँच मिनेट नृत्य गर्नेछिन् । प्रियंकाले सो प्रस्तुतिका लागि लिन लागेको पारिश्रमिक चर्चाको विषय बनेको छ ।

प्रतिमिनेट एक करोड पारिश्रमिक लिएर नाच्दै प्रियंका - Taja Samachar Online

भारतीय मिडियाका अनुसार प्रियंकाले मिनेटको १ करोड भारुका दरले पारिश्रमिक लिने तय भएको छ । यस अनुसार उनले पाँच मिनेटको पाँच करोड पाउनेछिन् । प्रियंकाले दुई वर्षपछि भारतमा पर्फम गर्न लागेकी हुन् । यसमा उनले आफ्ना सुपरहिट गितहरुमा डान्स गर्ने बताइएको छ । यसअघि आइफा अवार्डमा पनि उनी नाच्ने चर्चा चलेको थियो । तर, पारिश्रमिकमा कुरा नमिलेपछि नाचिनन् ।

साभारः अनलाइन खबरबाट

No comments:

Post a Comment

तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने

७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् । आई...