१९ पुस, काठमाडौं । भक्तपुरको पाण्डुबजारमा भएको सवारी दुर्घटनामा तीन महिने शिशुको मृत्यु भएको छ ।सूर्यविनायक नागरपालिका ६ पाण्डुवजारबाट सुन्दरवस्तीतर्फ आउँदै गरेको बा १० च ४९२९ को भ्यानले ११वषर्ीया लक्ष्मी ध्यावालाई ठक्कर दिएको थियो ।स्थानीय सरोज ध्यावाकी छोरी लक्ष्मीले तीन महिनाकी शिशुलाई बोकेकी थिइन् । भ्यानले लक्ष्मीलाई ठक्कर दिँदा ३ महिनाकी खुसी खस्न पुगिन् ।
घटनामा घाइते भएकी उनलाई तत्काल सिद्धि स्मृति अस्पताल पुर्याइएपनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न सवारी र चालक किशोरकुमार सुकुभुटुलाई पक्राउ गरिएको भक्तपुर प्रहरीले जनाएको छ । २०७४ पुष १९ गते मा प्रकाशित ।
साभारः अनलाइन खबरबाट

No comments:
Post a Comment