पार्टी एकताबारे छलफल गर्न माओवादीले बोलायो बैठक

पार्टी एकताबारे छलफल गर्न माओवादीले बोलायो बैठक

१८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय कार्यालय समितिको बैठक बोलाएको छ । एमाले–माओवादी पार्टी एकताको विषयले दुई पार्टीभित्र बहस चर्किरहेका बेला माओवादी केन्द्रले मंगलबारका लागि बैठक डाकेको हो । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टी एकताको विषयमा भइरहेको प्रयास तथा त्यसको तयारीका बारेमा छलफल गर्नुपर्ने भएकाले बैठक बोलाइएको जानकारी दिइन् ।

पार्टी एकताबारे छलफल गर्न माओवादीले बोलायो बैठक

बैठक मंगलबार अपराह्न १ बजे प्रचण्ड निवास खुमलटारमा बस्नेछ । पार्टी एकताको विषयमा माओवादी केन्द्रबाट कुनै ठोस निर्णय र अवधारणा अगाडि नआइरहेका बेला बस्न लागेकाे बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । २०७४ पुष १८ गते  प्रकाशित

साभारः अनलाइन खबरबाट

No comments:

Post a Comment

तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने

७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् । आई...