आइएमईए जनरल इन्स्योरेन्सको २३ औं शाखा खिचापोखरीमा

२९ मंसिर, काठमाडौं। आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले शुक्रवारबाट काठमाडौंको खिचापोखरी न्यूरोडमा २३ औं शाखा सञ्चालनमा ल्याएको छ । शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईले गरेका छन् । बीमालाई बाध्यताको रुपमा नलिएर सम्पत्तीको सुरक्षाको रुपमा बुझेर बीमा गर्ने बानी बसाल्न चापागाईले सबैलाई आग्रह गरे ।

कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल विस्तार गर्ने र ग्राहकहरुलाई सरल, छिटो तथा विश्वसनीय सेवा प्रदान गर्ने जानकारी गराए ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले हालसम्म रु.३३ कारोड बीमा शुल्क आर्जन गर्न सफल भएको जानकारी दिए ।

कुल शाखा २३ वटा शाखा, २ वटा सम्पर्क कार्यालय तथा १० वटा सेवा काउण्टरहरु र प्रधान कार्यालय सहित ३६ स्थानबाट कम्पनीले सेवा प्रदान गरिरहेको छ । अध्यक्ष ढकालले कम्पनीले निकट भविष्यमा १० बराबर ८ अनुपातमा हकप्रद सेयर जारी गर्ने योजना रहेको बताए । चालु आव अन्त्यसम्ममा कम्पनीको चुक्ता पूँजी रु.९७ करोड २० लाख पुग्ने कार्यक्रममा जानकारी दिइयो । अबको २ महिनाभित्र थप १६ शाखा तथा सम्पर्क कार्यालयहरु खोल्ने भएको छ ।

साभारः अन्नपूर्ण पोष्टबाट

No comments:

Post a Comment

तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने

७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् । आई...