उत्तर कोरियाबारे ट्रम्प र पुटिनबीच फोनवार्ता

मस्को: उत्तर कोरियाका कारण कोरियाली प्रायद्वीपमा उत्पन्न असहज परिस्थितिका बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोनवार्ता भएको छ। उनीहरुबीच बिहीबार साँझ फोनमा कुराकानी भएको समाचारमा जनाइएको छ। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले सो समाचार सार्वजनिक गरेको छ।


उत्तर कोरियाबारे ट्रम्प र पुटिनबीच फोनवार्ता

क्रेमलिनले प्रकाशन गरेको एक विज्ञप्तिमा भनिएको छ- अमेरिकी पक्षको चाहनामा रुसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच बिहीबार जरुरी विषयमा छलफल भएको छ। सो छलफलमा तत्कालका लागि जरुरी विषयका साथै विशेष गरी कोरियाली प्रायद्वीपका बारेमा कुराकानी भएको बताइएको छ। उक्त छलफलमा कोरियाका विषयमा मिलेर कामगर्ने बारेमा सहमति भएको थियो।

क्रेमलिनद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ- कुराकानीको सुरुमा रुसी राष्ट्रपति पुटिनले अमेरिकाको अर्थतन्त्र र अमेरिकी राष्ट्रपतिका विषयमा सार्वजनिक गर्नुभएको अभिव्यक्तिप्रति अमेरिकी राष्ट्रपति ट्रम्पले उनलाई धन्यवाद दिएका थिए। त्यसपछि उनीहरुबीच कोरियाको अवस्था प्रतिदिन झन खतरनाक हुदै गएकोले यस विषयलाई साझा चासोका रुपमा लिएर समस्या समाधानमा आपसमा मिलेर लाग्ने विषयमा उहाँहरुबीच सहमति भएको पनि सो विज्ञप्तिमा जनाइएको छ।

साभारः अन्नपूर्ण पोष्टबाट

No comments:

Post a Comment

तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने

७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् । आई...