पुरा हुने भयो आलिया भट्टको धोको, यी अभिनेतासँग गर्दैछिन् काम

यतिबेला बलिउड अभिनेत्री आलिया भट्टको खुशीको ठेगान छैन । उनले मनमा पालेर राखेको ठूलो सपना जो पुरा हुँदैछ । हालै एक अन्तरवार्तामा आलियाले बताएकी थिइन् कि महानायक अमिताभ बच्चनसँग फिल्ममा काम गर्ने उनको सानैदेखिको सपना थियो । यो सपना अब पुरा हुने भएको छ । फिल्म ब्रम्हास्त्रमा उनी अमिताभसँग काम गर्दैछिन् ।


पुरा हुने भयो आलिया भट्टको धोको, यी अभिनेतासँग गर्दैछिन् काम

हाइवे, उडता पञ्जाब, डियर जिन्दगी जस्ता थुप्रै फिल्ममा बुलन्द अभिनय गरेकी आलिया ब्रम्हास्त्रलाई लिएर निकै उत्साहित छिन् । यो फिल्ममा उनको अपोजिटमा रणबीर कपुर हुनेछन् । अमिताभले आलियाको बाबुको भूमिका निर्वाह गर्ने बताइएको छ । आलियाले आफ्नो मनपर्ने अभिनेतामा रणबीर कपुर पनि एक भएको बताएकी छिन् ,। सन् २००९ मा आएको वेक अप सिड र २०१३ मा आएको ये जवानी है दिवानीबाट आफू रणवीरको फ्यान बनेको उनको भनाई छ ।

साभारः अनलाइन खबरबाट

No comments:

Post a Comment

तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने

७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् । आई...