शहरको भिडमा डराएको मान्छे… Taja Samachar Online

‘यो दुनियाको गल्ली कुनामा म त हराएको मान्छे,

यो दुनियाको रिती देखेर मत डराएको मान्छे’


‘छटपटी’ शीर्षकको यो गीतको अहिले म्युजिक भिडियो सार्वजनिक भएको छ । अक्सर गीतमा माया प्रेमको कुरा हुन्छ । रोमान्सको कुरा हुन्छ । वियोगको कुरा हुन्छ । तर, छटपटीमा तन्नेरी पुस्ताको माया-प्रेम बुनिएको छैन । तर, गीत फिका छैन । न म्यूजिक भिडियो नै । यसमा आफ्नै किसिमको स्वाद छ । मिठास छ । गीतले एउटा मान्छेको कुण्ठा अभिव्यक्त गर्छ । शहरको भिडमा हराइरहेको आम मान्छेभित्रको एउटा मान्छेको कथा हो यो । गीतले वर्तमान समाजमा बाँच्ने एउटा मान्छेको अन्तरकथा बोल्छ ।

गीतको भावलाई ठ्याक्कै दृश्यमा उतारेका छन्, निशान घिमिरेले । त्यसो त, निशान आफैमा अब्बल म्यूजिक भिडियो सम्पादक हुन् । उनको निर्देशन निकै माझिएको छ । चलनचल्तीको भन्दा फरक दृश्यलाई उनले क्यामेराको फ्रेममा समेटेका छन् ।भिडियोमा एउटा पात्र छन्, युवा उमेरका । उनको शरीरको एक भाग सेतो, अर्को भाग कालो छ । यसले दुई भिन्न परिवेशमा बाँच्ने मान्छेको मनोदशा उजागर गरेको भान हुन्छ । उनै पात्रको माध्यामबाट गीतको कथा बुनिएको छ ।

सन्तोष कालिकोटेको गीतमा राज, सन्जित र रोशनी साथै चाइल्ड आर्टिस्टको रुपमा संयोग कालिकोटेले अभिनय गरेका छन् । डम्बर हिंगमाङको शब्द र संगीत रहेको गीतको एरेन्जर भने गोपाल रसाइलीले गरेका हुन् । म्युजिक भिडियोमा उत्सव दहालले क्यामेरा चलाएका छन् । विकास दहालले सम्पादन गरेका छन् । ‘छटपटी’ म्यूजिक भिडियो सूत्र इन्टरटेनमेन्टबाट सार्वजनिक भएको हो ।

साभारः अनलाइन खबरबाट

No comments:

Post a Comment

तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने

७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् । आई...