आयुष्मानको वर्थ डेमा प्रियंकाको विशेष सेलिव्रेशन, भन्छिन्-‘तिमी प्यारो मान्छे’

आफ्ना प्रेमी आयुष्मान देशराजको जन्मदिनलाई विशेष बनाउन नायिका प्रियंका कार्कीले कुनै कसर छोडिनन् । आयुष्मान र प्रियंका प्रेममा परेपछि विभिन्न खालका चर्चामा रमाउँदै आएका छन् । आइतबार आयुष्मानको परिवार र आफ्नी आमाको साथमा जन्मदिनको सेलिव्रेशन गर्दै गर्दा प्रियंका खुशी देखिइन् । उनले, आयुष्मानलाई निकै प्यारो मान्छे समेत भनेकी छिन् । साथमा, आफूले अहिलेसम्म चिनेका मानिसहरुमा सबैभन्दा प्यारो, सबैभन्दा सुन्दर मानिसको रुपमा उनले आयुष्मानलाई चित्रित पनि गरेकी छिन् ।


प्रियंकाको विशेष बर्थ डे सेलिव्रेशनले आयुष्मान पनि दंग देखिएका छन् । आफ्नो विशेष मान्छेले विशेष रुपमा मनाइदिएको बर्थ डेका कारण आयुष्मान निकै खुशी देखिएका थिए । प्रेममा परेदेखि नै आयुष्मान र प्रियंकालाई एक अर्काको परिवारबाट साथ मिल्दै आएको छ । यो जोडीले बिहे कहिले गर्छ त्यो भोलीको कुरा हो । तर, यो जोडी प्रेमको पोखरीमा मिठो डुबुल्की मारिरहेको छ ।


साभारः अनलाइन खबरबाट

No comments:

Post a Comment

तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने

७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् । आई...