सरकारी कार्यालयका उजुरी पेटिकामा बारुलाको गोलो र माकुराको जालो

३ पुस, ताप्लेजुङ । जिल्लाका सबै सरकारी कार्यालयमा सुझाव पेटिका, उजुरी पेटिका, शिकायत पेटिका लेखिएका बाकस झुण्ड्याइएको छ । तर, ती विभिन्न नामका पेटिका नखोलेको वर्षाै भइसकेको छ । कति पेटिका खोलेर हेर्दा भित्र माकुराको जालो र बारुलाले चाका लगाएको भेटिने गरेको छ । पछिल्लो समय यस्ता सुझाव पेटिका सबै प्रयोगविहीन बन्दै गएका छन् । नागरिकको बढी चाप र प्रसाशनिक काम हुने जिल्ला प्रशासन कार्यालयको भवन नयाँ बनाएर काम सुरु गरे पनि पुरानो शैलिबाट उजुरी लिने सुझाव पेटिका बाहिर झण्डाइएकै छ ।


सरकारी कार्यालयका उजुरी पेटिकामा बारुलाको गोलो र माकुराको जालो

त्यहाँ सुझाव त के गुनासोको एक टुक्रा पनि नपरेको सहायक प्रमुख जिल्ला अधिकारी तथा सुचना अधिकारी भगिमान मादेनले बताए । ‘धेरै वर्ष पहिले सुझाब र गुनासोले भरिएका पत्र पेटिकामा झर्थे, गुनासो संबोधन पनि हुने गरेको थियो ।’ मादेन अघिको कुरा सम्झदै भन्छन् । अहिले आएर बेला बखत सुझाव पेटिका खोले पनि केही नहुँदा छोटो छोटो समयमा खोल्न छाडेको उनको भनाइ छ ।प्रशासन कार्यालय मात्रै होइन नागरिकको चाप बढी हुने जिल्ला मालपोत, जिल्ला समन्वय समिति, नगरपालिका कार्यालय, निर्वाचन कार्यालय कतै पनि उजुरी र गुनासो पेटिकामा नखसेको सम्बन्धित कार्यालयका सूचना अधिकारीहरु बताउँछन् । कति कार्यालयमा त राखेपछि उजुरी पेटिकानै खोलिएको छैन ।

कसैले हालेको थाहा पाए खोल्ने गरिन्छ । कार्यालय समयमा कसैले सुझाव वा उजुरी हालेको पाईदैन । अरु बेला पनि हाल्दैनन् होला भनेर पेटिका नै नखोल्ने गरेको सूचना अधिकारीहरुको भनाइ छ । खोल्न छाड्दा धेरै कार्यालयको उजुरी पेटिकाको चावीसमेत लगाएर कहाँ राखियो कार्यालय प्रमुखदेखि कर्मचारीसम्मलाई थाहा हुँदैन । जिल्ला हुलाक कार्यालयका सूचना अधिकारी नवराज गिरीले आˆनो कार्यालयमा उजुरी तथा गुनासो पेटिका सिसाको पारदर्शी बस्तुबाट बनाएर राखिएको र हाले खोल्ने व्यवस्था भए पनि आजसम्म एउटा पनि उजुरी तथा गुनासो प्राप्त नभएको बताए । आफूले कार्यालयमा काम गरेदेखि हालसम्म उजुरी र गुनासो पेटिकामा नभेटिएको गिरीको अनुभव छ ।जिल्लाका अधिकांस सरकारी कार्यालयमा काठको उजुरी पेटिका बनाइएको छ भने केहीमा हुलाक कार्यालयको जस्तो पारदशी सिसाको र काठको त केहीमा फलामको पनि उजुरी पेटिकाहरु रहेका छन् ।

किन पर्दैन उजुरी ? कारण यस्तो छ : सरकारी कार्यालयहरुमा कामकारवाही, कर्मचारीको व्यवहार, ढिलासुस्ति लगायतको बारे सेवाग्राहीलाई गुनासो र उजुरी गर्न सहज होस भनि उजुरी पेटिका वा गुनासो पेटिका राखिएको हो । सबै सेवाग्राही सम्बन्धित अधिकारी र कर्मचारी समक्ष पुगेर गुनासो र उजुरी गर्न सक्दैनन् त्यसैले सरकारी मात्रै नभई सेवा प्रदायक कार्यालयमा यस्तो पेटिका राख्ने कानुनी प्राबधान नै छ । तर, पछिल्लो समय सूचना प्रविधिको विकास र नागरिकमा चेतनाको बृद्धिकै कारण सुझाव पेटिका प्रयोगविहीन भएको कार्यालय प्रमुख तथा सूचना अधिकारीहरु बताउँछन् । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी भगिमान मादेनले अहिले केही गुनासो भए सूचना अधिकारीलाई र प्रमुख जिल्ला अधिकारीलाई सिधै राख्न नागरिकहरु सक्षम भएको कारण पनि गुनासो तथा उजुरी पेटिका प्रयोगविहीन भएको बताए ।

‘पढेलेखेका, सचेत नागरिक धेरै छन्, सूचना अधिकारी त के प्रमुखलाईनै भेटेर गुनासो र उजुरी गर्छन् ।’ मादेनले बताए । धेरै कार्यालयले आˆनो काम, कर्मचारीको विवरण, नागरीक बढापत्र सबै वेवसाईटमा राख्ने र समय समयमा कार्यालयको प्रगति विवरण पनि वेवसाईटमानै भेट्ने हुँदा धेरैले सोही ठाउँबाट जानकारी लिने, कर्मचारीलाई र कार्यालय प्रमुखलाई भेटेर वा फोन गरेर गुनासो र उजुरी गर्ने हुँदा उजुरी पेटिकाको प्रयोग हराउको गिरीको भनाइ छ । हात हातमा मोवाईल र मोवाईलमा ईटरनेट हुँदा उजुरी, गुनासो वेवसाईटको कमेन्ट बक्समा लेख्ने, फोन गर्ने र सुचनाको हकको प्रयोग गर्दै जानकारी लिने हुँदा पनि समय परीवर्तन सँगै उजुरी पेटिकाको प्रयोग हराएको गिरीले बताए।

तर, केही नागरिक भने सरकारी कार्यालयहरुमा झुण्डयाइएको सुझाव पेटिकामा सुझाव वा कुनै गुनासो हल्दापनि पेटिका नखोलिने र खोलिएपनि कार्यान्वयन नहुने भएकोले सुझाव पेटिकामा कुनै सुझावहरु वा गुनासो नपर्ने बताउँछन् । स्थानीय किरण पौडेल गुनासो र उजुरी हाले पनि सरकारी कार्यालयले त्यसको संबोधन नगर्ने हुँदापनि गुनसो र उजुरी पेटिकामा हाल्नुको अर्थ नभएकाले पर्न छाडेको फरक तर्क गछन् ।

चिठ्ठीपत्र पनि पठाउन छाडे : जिल्ला हुलाक कार्यालय ताप्लेजुङमा केही वर्ष अघि सम्म दैनिक २/३ सयको हाराहारीमा चिठ्ठीपत्र पोष्ट हुन्थे । रजिष्टर गरेर पठाउनेको पनि संख्या धेरैनै हुन्थ्यो । दैनिक चिठ्ठी पठाउँदा ३ हजार ३५ सयको हाराहारिमा राजस्व पनि जम्मा हुन्थ्यो तर अहिले सरकारी प्रमाणित चिठ्ठीपत्र बाहेक अन्य व्याक्तिगत लगायतका पत्र आउन छाडेको जिल्ला हुलाक कार्यालयका सुचना अधिकारी नवराज गिरीले बताए ।

साभारः अनलाइन खबरबाट

No comments:

Post a Comment

तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने

७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् । आई...