५ वर्षपछि बियरले चल्नेछन् गाडी - Taja Samachar Online

मानिसले मादक पदार्थ सेवन गरी गाडी चलाउन पाउँदैनन् । तर निकट भविष्यमा गाडीलाई नै मादक पदार्थ सेवन गराएर चलाइनेछ । शोधकर्ताहरुका अनुसार सन् २०२२ सम्ममा पेट्रोल डिजेलको साटो बियर हालेर गाडी चलाउन सकिनेछ । बेलायतको बि्रस्टोल विश्वविद्यालयका वैज्ञानिकहरुले एक यस्तो प्रविधिको विकास गरेका, जसले बियर भरेर गाडी चलाउन पाइनेछ ।

५ वर्षपछि बियरले चल्नेछन् गाडी - Taja Samachar Online

यस प्रविधिमा बियरमा रहेको इथानोललाई ब्युटानोलमा परिणत गरिनेछ । जुन निकै उत्तम इन्धन हो र यसले पेट्रोल तथा डिजेलको विकल्प दिनेछ ।वैज्ञानिकहरुका अनुसार यद्यपि सबैखाले मदिराजन्य पेय पदार्थमा इथानोल हुने भएतापनि बियरमा इथानोललाई ब्युटानोलमा सजिलैसँग परिवर्तन गरी सवारी साधनमा इन्धनको रुपमा प्रयोग गर्न सकिन्छ । शोधकर्ताका अनुसार आउँदो ५ वर्षभित्रमा यस प्रविधिको पूर्णरुपमा विकाश तथा परीक्षण गरी व्यवसायिक प्रयोगमा ल्याउन सकिनेछ । जसबाट गाडीमा प्रयोग हुने पेट्रोलियम इन्धनको विकल्पको रुपमा बियर विस्थापित हुनेछ ।

साभारः अनलाइन खबरबाट

No comments:

Post a Comment

तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने

७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् । आई...