राति १२ बजेदेखि तीन दिन सीमा नाका बन्द

नेपालगन्जः प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि बाँके जिल्लाको नेपाल–भारत सीमा नाका सोमबार राति १२ बजेदेखि बन्द हुने भएको छ। दुई मुलुकका सीमा सुरक्षा पदाधिकारीको बैठकमा गरिएको सहमतिअनुसार मंसिर २१ गतेसम्म जिल्लासँग जोडिएका सबै सीमा क्षेत्र बन्द गरिने प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए।

उनका अनुसार त्यस अवधिभर जिल्लाका राधापुरदेखि सुइया बघौडासम्मको ६५ किमी क्षेत्रअन्तर्गतका सबै साना र ठूला सीमा क्षेत्रबाट सवारी साधन र पैदलयात्रीको आवागमनमा समेत बन्देज लगाइएको छ।


रासस ,साभारः अन्नपूर्ण पोष्टबाट

No comments:

Post a Comment

तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने

७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् । आई...