घाइते गगनले भने- 'हिंसात्मक घटनाबाट आतंकित नहुनुस्'

काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं ४ का उम्मेदवार गगनकुमार थापाले हिंसात्मक घटनाबाट आतंकित नहुन मतदाताहरूलाई अपिल गरेका छन्। सोमबार बिहान घरदैलोका क्रममा आफूलाई लक्षित गरी भएको विस्फोटमा घाइते भइ शिक्षण अस्पतालमा उपचार गराइरहेका थापाले अन्नपूर्णलाई प्रतिक्रिया दिँदै 'मतदातालाई आतंकित नभइ मतदानमा सहभागी हुन' अपिल गरेका छन्।

घाइते गगनले भने- 'हिंसात्मक घटनाबाट आतंकित नहुनुस्'

'म माथि योजनबद्ध तरिकाले आक्रमण भएको देखिन्छ। घरदैलोको क्रममा भौतिक आक्रमण भयो', थापाले भने, 'हिंसात्मक घटनाबाट मतदाताहरू आतंकित नहुनुस्, मतदानमा सहभागी हुनुस्।' थापको घरदैलो कार्यक्रममा सोमबार बिहान बम विस्फोट भएको हो। प्रचारका क्रममा चपली हाइट पुगेका गगनसहित कांग्रेसका नेता कार्यकर्ता घरदैलो कार्यक्रममा व्यस्त रहेका बेला बम विस्फोट भएको हो।

शम्भू कट्टेल ,साभारः अन्नपूर्ण पोष्टबाट

No comments:

Post a Comment

तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने

७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् । आई...