ऋचाको खुलासा-‘महिलाको कथामा फिल्म बनाउने निर्देशक नै खराब’

हलिउडमा जस्तै बलिउडमा पनि नायिकाहरुले आफू माथि यौन शोषण भएको खुलासा गर्न थालेका छन् । तर, रोजीरोटीको चिन्ताको कारण ती नायिकाहरु आफूलाई यौन शोषण गर्ने ब्यक्तिको वारेमा भने बिस्तृत खुलाउन चाहदैनन् । नायिका ऋचा चढ्ढाले कामको चिन्ताले नायिकाहरु आफू पीडित भएपनि खुल्न नचाहेको बताइन् । केहि समय अघि यहि विषयमा ब्लग लेखेपछि ऋचा नारीवादीहरुको निशानामा परिन् ।

ऋचाको खुलासा-‘महिलाको कथामा फिल्म बनाउने निर्देशक नै खराब’

नारीवादीहरुले सोधे-‘तिमी यौन शोषण भयो भन्छ्यौ तर आफुलाई यौन शोषण गर्ने ब्यक्तिको वारेमा किन उल्लेख गर्दिनौ ?’ जवाफमा ऋचाले भनिन्-‘मलाई पेन्सनको ब्यबस्था गरिदिनुस् म भन्छु । यौन शोषण गर्ने ब्यक्तिको वारेमा मुख खोलेपछि चलचित्र र टेलिभिजनले कामै दिन छोड्ने उनको भनाइ थियो ।’ उनले अगाडि भनिन्-‘यदि कामको ग्यारेन्टी गरिदिने हो भने हजारौ युवति खुलेर आउँछन् र यौन शोषणको कहानी बताउँछन् ।’ यौन शोषणको वारेमा खुलेर कुरा गर्ने युवतिहरुलाई बलिउडले कहिल्यै सुरक्षा नदिएको उनको भनाई थियो । उनको भनाई अनुसार महिलाका विषयमा चलचित्र बनाउने निर्देशकहरु यौनको मामलामा सबैभन्दा खराब छन् ।

साभारः अनलाइन खबरबाट

No comments:

Post a Comment

तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने

७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् । आई...