वुद्दि र रजनीको ‘मट्टमिाला’को छायांकन सकियो - Taja Samachar Online

चलचित्र ‘मट्टमिाला’को छायांकन समाप्त भएको जानकारी यसको निर्माणपक्षले दिएको छ । यो चलचित्रमा वुद्धि तामाङ र रजनी गुरुङको मुख्य भूमिका छ । ३ महिना लगाएर चलचित्रको छायांकन काठमाण्डौ, काभ्रे, सिन्धुलीगढी, कुलेखानी लगायतका क्षेत्रमा गरिएको छ । यो चलचित्रलाई टेके पौरखी राइले निर्देशन गरेका हुन् । यो चलचित्रको कथाले गाउँ र शहरको जीवनयापनमा देखिने अन्तर र त्यसले निम्त्याएको द्धन्द्धलाई पर्दामा उतारेको निर्माणपक्षले बताएको छ ।

चलचित्रमा चिरन राई, शिशिर राना, अर्जुन गुरुङ, अरुणा कार्की, विनोद राई, दीपक आचार्य लगायतका कलाकारको अभिनय छ । चलचित्रमा पृथ्वी राइको लगानी छ । निर्देशकको नै कथा रहेको चलचित्रमा राहुल राइको छायांकन, अनिलकुमार महर्जनको सम्पादन छ । यसैबर्षको अन्तिममा चलचित्र रिलिज गर्ने लक्ष्य निर्माणपक्षले लिएको छ ।

साभारः अनलाइन खबरबाट

No comments:

Post a Comment

तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने

७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् । आई...