केकीको फिल्ममा रीमाको नृत्य, भन्छिन्-‘सम्बन्ध टुटेपनि म टुटेकी छैन’

नायिका रीमा विश्वकर्माले आफ्नो सम्बन्ध टुटेपनि आफू नटुटेको बताएकी छिन् । डिभोर्सको खबर सार्वजनिक भएपछि केहि दिन मिडिया र आफन्तको सम्पर्कबाट टाढा बसेकी रीमाले एक चलचित्रमा नृत्य गरेकी छिन् ।नायिका केकी अधिकारीको निर्माणमा तयार भैरहेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को एक गीतमा रीमाले नृत्य गरिन् । उनी, चलचित्रको यहि गीतमा मात्र देखिनेछिन् ।

काठमाण्डौको गोकर्णमा रहेको उत्तर बाहिनी मन्दिरमा सेट लगाएरै चलचित्रको गीतको सुटिङ गरिएको हो । रीमाले दिल खोलेर गीतमा नृत्य गरिन् । विशाल भण्डारीले चलचित्रको निर्देशन गरेका हुन् । भिडियोको कोरियोग्राफी भने गम्भिर बिष्टले गरेका हुन् । रीमाले मन र मुहारको तालमेल नमिल्दा पनि कहिलेकाही काम गर्नुपर्ने बताइन् ।

 

मुहार मुस्कुराएकै राम्रो भएतापनि कसैको मनमा कोहि पनि पस्न नसक्ने उनको भनाई थियो । रीमा क्यामेरा अगाडि मुस्कुराएपनि कोरियोग्राफरले ‘कट’ भनेपछि केहि मलिन देखिन्थिन् । चलचित्रकी निर्मात्री केकी अधिकारी रीमाको मन वुझाउने प्रयासमा लागेकी थिइन् । चलचित्रको प्रदर्शन मिति वैशाख १४ लाई तोकिएको छ ।


तस्बिरः कुशल राई , साभारः अनलाइन खबरबाट

No comments:

Post a Comment

तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने

७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् । आई...