काठमाडौं (अन्नपूर्ण) नेपालको चर्चित गायन रियालिटी शो नेपाल आइडलका लोकप्रिय तीन प्रतिस्पर्धी सागर आले, सुरज थापा र केन्जलमेहर श्रेष्ठ अस्ट्रेलियाका विभिन्न सहरमा गुञ्जने भएका छन् । ‘वेलकम २०१८’ नाम दिइएको यो सांगीतिक यात्रा जनवरी ६ बाट सुरु भई जनवरी २८ मा सकिनेछ ।
इभेन्ट टुरको व्यवस्थापक ‘हो र होइन होला इभेन्ट’का रोशन भट्टराईले जानकारी दिएअनुसार जनवरी ६ मा पर्थमा अस नेपाल इभेन्टस्, जनवरी १४ मा ब्रिजबेनमा एन ई इभेन्टस्, जनवरी १९ मा सिड्नीमा हो र होइन होला इभेन्टस्, जनवरी २० मा मेलबर्नमा हाम्रो इभेन्टस्, जनवरी २७ मा तासमानियामा तास इभेन्टस् र जनवरी २७ मा एडिलेटमा हो र होइन होलाले यो सांगीतिक यात्राको व्यवस्थापन गर्ने भएका छन् ।
साभारः अन्नपूर्ण पोष्टबाट

No comments:
Post a Comment