बीस वर्षीया केलीको गर्भ अनुभव - Taja Samachar Online

लसएन्जलस : बीस वर्षीया अभिनेत्री केली जेनरले गर्भावस्थाको समयमा बढ्ने तौल नियन्त्रण गर्न भरपूर मेहनत गर्ने गरेको बताएकी छन् । हलिउडमा कम उमेरकी गर्भवती सेलिब्रिटीका रूपमा चर्चामा आएकी उनले खानपानमा विशेष ध्यान दिएको बताएकी छन् । उनी गुलियो तथा दुग्ध पदार्थबाट बनेका खानेकुराबाट टाढा बसेकी छन् । केली योजनाबिना नै अचानक गर्भवती बनेपछि उनका प्रेमी ट्राभिस स्कट निराश बनेका थिए । तर, केली भने यो अवस्थामा निकै रमाइरहेकी छन् । उनी लामो बिदामा रहेको र यही बेला गर्भवती भएको हुँदा पर्याप्त खानाको सुविधा भएका कारण तौल झनै बढ्ने चुनौतीमा छिन् । खाना कसरी नियन्त्रण गर्ने भन्ने कुरा निकै चुनौतीपूर्ण रहेको उनको अनुभव छ ।


बीस वर्षीया केलीको गर्भ अनुभव - Taja Samachar Online
 

गर्भावस्थामा रमाइरहे पनि फिगर बिग्रिएला कि भन्ने चिन्ताले भने उनलाई निकै सताउने गरेको छ । गर्भवती भएपछि उनले धेरै समय आमा क्रिस जेनरसँग बिताउँदै आएकी छन् । आमाले केलीको खाना र रेखदेख गर्दै आएकी छन् । उनले केही समयअघि मात्रै आफू गर्भवती भएको र आफ्नी सेलिब्रिटी आइकन गायिका वियोन्सको जस्तै ‘प्रेग्नेन्सी फोटोसुट’ गराउन चाहेको बताएकी थिइन् । तर, सामाजिक सञ्जालमा आफ्ना यस्ता तस्बिर र भिडियो राख्न भने लाज लागेको पनि उनले बताएकी छन् । वियोन्सका जम्ल्याहा बच्चाको तस्बिर इन्टरनेटमा सबैभन्दा धेरै हेरिएको र खोजिएको थियो । उनले आफू त्यसैबाट प्रभावित भएको बताएकी छन् । केलीले वियोन्सको जस्तै जम्ल्याहा बच्चा जन्माउन चाहेकी भए पनि उनको त्यो चाहना भने पूरा नहुने भएको छ । वियोन्स छत्तीस वर्षमा परिपक्व गर्भवती आमा भएकी थिइन् भने केली बीस वर्षकी भइन् । एजेन्सी

साभारः अन्नपूर्ण पोष्टबाट

No comments:

Post a Comment

तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने

७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् । आई...