स्याङ्जा । निर्वाचनको समिक्षा गर्न वालिङमा बसेको बैठकका क्रममा नेपाली कांग्रेसका कार्यकर्ताबीच कुटाकुट हुँदा तीनजना घाइते भएका छन् । नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ द्वारा सोमबार आयोजित चुनावी समिक्षा बैठकमा कुटाकुट हुँदा नेताहरु भेषराज अर्याल, कमल ढकाल र सुशील काफले घाइते भएका हुन् ।घाइतेमध्ये भेषराज अर्यालको काठमाडौंस्थित बयोधा अस्पताल, कमल ढकालको पोखरास्थित गण्डकी मेडिकल हस्पिटल र सुशीलको स्याङ्जाम उपचार भइरहेको छ ।
वालिङको पतञ्जली हलमा जारी समिक्षा बैठकमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहयोग नगरेकाले कांग्रेसका उम्मेदवार पराजित भएको भन्दै उनीहरुमाथि हातपात गरिएको घाइते भेषराज अर्यालका भाइ शोभाकान्त अर्यालले जानकारी दिए । कांग्रेसको राम्रो पकड भएको त्यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारलाई हराउँदै वाम गठबन्धनका उम्मेदवारले ३७ सय भन्दा बढी ल्याई विजयी भएका थिए ।अनपेक्षित मतपरिणाम आएपछि अन्तर्घातका कारण पराजय भोग्नु परेको कुराले कांग्रेसबृत्तमा विवाद चल्दै आएको छ ।
साभारः अनलाइन खबरबाट
No comments:
Post a Comment