अब पोखरा रंगशालामा लाहुरे ट्रेनिङ नहुने - Taja Samachar Online

४ पुस, पोखरा । खेलकुदको मुख्य थलो पोखरा रंगशाला । जहाँ सयौं खेलाडी हरेक विहान पुग्ने गर्छन् । तर, त्यहि रंगशालामा लाहुरे टे्रनिङ हुँदा खेलाडीले समस्या झेल्दै आएका छन् । रंगशालामा लाहुरे टे्रनिङ गर्दा खेलाडीको एकाग्रता भंग हुने, लाहुरे टे्रनिङ सिक्न आएकाहरुले जथाभावी दिसा पिसाब गर्दा दुर्गन्ध फैलिएर बस्न सक्ने अवस्था आएको गुनासो छ । तर, अब पोखरा रंगशालाबाट लाहुरे ट्रेनिङ हटाइने भएको छ । अबको २ हप्तापछि पोखरा रंगशालाबाट लाहुरे ट्रेनिङ सेन्टर हटाउन लागिएको हो । क्षेत्रीय खेलकुद विकास समितिले पोखरा रंगशालाबाट लाहुरे टे्रनिङ हटाउने प्रक्रिया शुरु गरेको जनाएको छ ।

अब पोखरा रंगशालामा लाहुरे ट्रेनिङ नहुने - Taja Samachar Online

पोखरा रंगशालाभित्र फिजिकल फिटनेसको नाममा पोखराका लाहुरे ट्रेनिङ सेन्टरहरुले टे्रनिङ गराउँदै आएका थिए ।वाषिर्क रुपमा भाडा तिरेरै उनीहरुले रंगशालालाई टे्रनिङ सेन्टरको रुपमा प्रयोग गर्दै आएका हुन् ।उनीहरुले वाषिर्क ७ लाख रुपैयाँ जिल्ला खेलकुद विकास समिति कास्कीलाई बुझाउँदै आएको बताईन्छ । भाडा तिरेपनि खेलकुदलाई नै प्रभावित पार्ने देखिएकाले लाहुरे टे्रनिङ सेन्टर हटाउने निर्णयमा पुगेको क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले बताए । लाहुरे ट्रेनिङ गराइराखे खेलमा नै असर पर्ने भो, पौडेलले भने-‘खेलकुद नै बिगि्रने अवस्थामा भाडा आउँछ भनेर टुलु-टुलु हेरेर बस्न सकिएन ।’

उनले लाहुरे ट्रेनिङका लागि पुग्ने ६/७ सय जनाले हरेक दिन रंगशालालाई शौचालय बनाउँदा दुर्गन्ध फैलिएको बताए । त्यस्तै एक्लै मर्निङ वाकका लागि जाने महिला तथा महिला खेलाडीहरुलाइ समेत जिस्काउनेलगायतका हर्कत हुनेगरेको बारम्बार गुनासो आएकाले पनि यो निर्णय लिइएको उनको भनाइ छ ।यसैबीच, जिल्ला खेलकुद विकास समिति कास्कीले पनि रंगशालामा लाहुरे टे्रनिङ बन्द हुने पुष्टी गरेको छ । समितिका कास्की अध्यक्ष याम गुरुङले अब छिट्टै रंगशालामा भएको लाहुरे टे्रनिङ बन्द हुने बताए ।

अत्याधुनिक पोखरा रंगशाला बनाउनको लागि पुरानो रंगशाला भत्काउन शुरु भएसँगै लाहुरे टे्रनिङ स्वतः बन्द हुने बताए । सम्भवत पुष १२ गते वा त्यसको १/२ दिन पछि देखिनै त्यहाँ संघसंस्थाको ट्रेनिङ गराउन बन्द गरिने उनको भनाइ छ । लाहुरे ट्रेनिङ सेन्टरहरुले खेलकुदमा असहज भएको कुनैपनि अवस्थामा ट्रेनिङ बन्द गर्न सदैव तयार रहेको जनाएका छन् । जिल्ला खेलकुद विकास समितिले भनेझैं दोश्रो साताबाट रंगशाला भत्काउन शुरु हुने श्रोतले बताएको छ । फागुनको दोश्रो साताबाट निर्माण सुरु हुने जनाइएको छ ।१३ औं दक्षिण एशियाली खेलकुदलाई मध्यनजर गर्दै पोखरा रंगशाला निर्माणको विडिङ अन्तिम चरणमा पुगेको छ । करिव १ अर्ब २० करोडको लागतमा पोखरा रंगशाला निर्माण हुने बताइएको छ ।

साभारः अनलाइन खबरबाट

No comments:

Post a Comment

तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने

७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् । आई...