‘लभ डायरिज’मा सुशिल र रुविनाको प्रेम - Taja Samachar Online

नायक सुशिल श्रेष्ठ र नव-नायिका रुविना थापाको मुख्य भूमिका रहेको चलचित्र ‘लभ डायरिज’को हाल चितवनमा धमाधम छायांकन भैरहेको छ । करिब ७० प्रतिशत छायांकन चितवनमा नै गर्ने निर्माणपक्षले बताएको छ ।

‘लभ डायरिज’मा सुशिल र रुविनाको प्रेम

चलचित्रका निर्देशक सौरभ चौधरीले हालसम्म ३० प्रतिशत छायांकन भएको भन्दै काठमाण्डौ र पोखरामा पनि चलचित्र खिचिने बताए । यूवायूवतीको प्रेमलाई कमेडी शैलीमा चलचित्रमा प्रस्तुत गरिएको उनको भनाई छ । नायक सुशिल श्रेष्ठले यो चलचित्रमा पनि आफ्नो सिक्स प्याक्स शरीर देखाएका छन् ।

‘लभ डायरिज’मा सुशिल र रुविनाको प्रेम

सुशिल यसअगाडि पनि आफ्नो शरीर देखाएरै चर्चामा थिए । नायक सुशिलले आफ्नो भूमिकाको बारेमा भने-‘देश बाहिर बस्दा रमाइलोमा बिताएको केटालाई आफ्नो बुबाले व्यापार सम्हाल्न नेपाल पठाएपछि कस्तो संघर्ष गर्छ भन्ने भूमिकामा म देखिदैछु ।’ नव-नायिका रुविनाले भनिन्-‘म यो चलचित्रमा साधारण यूवतीको भूमिकामा छु । परिवारबाट टाढा बसेर संघर्ष गरिरहेकी यूवतीको भूमिकामा मैले आफूलाई ढाल्ने प्रयास गरेकी छु ।’

‘लभ डायरिज’मा सुशिल र रुविनाको प्रेम

यो चलचित्रमा सुशिल र रुविनाको अलवा विश्वजित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीेलाई पनि दर्शकले हेर्न पाउनेछन् । चलचित्रमा साहिल खान एसोसियट निर्देशकको रुपमा छन् । साहिल र मिलन श्रेष्ठले चलचित्रमा सम्पादनको जिम्मा सम्हालेका छन् । चलचित्रमा विनोद सापकोटाको लगानी छ । संजय लामाको छायांकन, अर्जुन पोखरेल संगीत र कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रमा ४ वटा गीत छ ।

साभारः अनलाइन खबरबाट

No comments:

Post a Comment

तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने

७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् । आई...