महिला मुक्केबाजलाई गाई पुरस्कार - Taja Samachar Online

कुनैपनि खेलकुद प्रतियोगितामा विजेतालाई पदक सहित नगद धनराशी, गाडी, लगायतका पुरस्कार दिने गरेको त देखिएकै थियो । तर भारतमा चाहीँ अब महिला बक्सिङ खेलाडिलाई गाई पुरस्कार दिइने भएको छ । भारतको हरियाणा राज्यका पशुपालन मन्त्री ओम प्रकाश धनखडले नोभेम्बर २९ मा यस्तो घोषणा गरेका हुन् । उक्त दिन उनी हरियाणा राज्यमा बक्सिङ प्रतियोगिताका विजेता खेलाडिहरुलाई सम्मान गर्न रोहतक पुगेका थिए । सोही अवसरमा मन्त्रीले विजेता महिला खेलाडिहरुलाई पुरस्कारमा गाई प्रदान गरिने घोषणा गरे । मन्त्री धनखड हरियाणा बक्सिङ संघका अध्यक्ष पनि हुन् ।

महिला मुक्केबाजलाई गाई पुरस्कार - Taja Samachar Online

आखिर महिला बक्सिङ खेलाडिलाई पुरस्कारको रुपमा गाई दिनुको अर्थ के त ? त्यस अवसरमा मन्त्रीले गाईको दुधको फाइदाका बारेमा बताउँदै गाईको दुध मुक्केबाजका लागि निकै फाइदाजनक हुने बताए । गाईको दुधमा भैँसीको दुधभन्दा कम बोसो हुने, भैँसी सधै सुतिरहने तर गाई निकै फुर्तिलो हुने उनको दाबी थियो । आफ्ना राज्यका मुक्केबाज महिलाहरुले अन्तराष्ट्रिय प्रतियोगिता जित्नेगरी आफुलाई ससक्त बनाउन सकून् भनेर गाई पुरस्कार दिने घेाषणा गरिएको उनको भनाई छ । एजेन्सी

साभारः अनलाइन खबरबाट

No comments:

Post a Comment

तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने

७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् । आई...