हास्य व्यङ्ग्यको क्षेत्रमा सुपरिचित अर्का कलाकार मनोज गजुरेललाई पनि राजनीति गर्न भ्याइ नभ्याई छ ।विभिन्न स्टेज कार्यक्रममा सबै दलका शीर्षनेताको उछितो काढ्ने गरेका गजुरेल अहिले एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डको गाथा गाउँदै बाम गठबन्धनका लागि भोट माग्न ब्यस्त छन् । आफू कम्युनिष्ट विचारवाट प्रभावित भएको बताउने गजुरेल कलाकारले कुनै पनि पार्टीका लागि भोट माग्नुलाई अन्यथा मान्न नहुने बताउँछन् ।
एमाले पृष्ठभूमिबाट कलाकारितामा आएका गजुरेलले पछिल्लो समय महजोडीको रिक्त स्थान पूरा गर्ने गरी आफ्नो क्षमता विकास गरेका छन् । तर, सर्वस्वीकार्य कलाकार हुनुपर्ने बाटोमा लाग्नुको साटो उनी अमूक पार्टीको चुनावी कार्यक्रममा हिँडेका छन्, जसले गर्दा गैरवाम फ्यानहरुलाई उनले गुमाउने अवस्था देखिन्छ ।
ध्रुव लम्साल , साभारः अनलाइन खबरबाट

No comments:
Post a Comment