कोमल वली, कैले राप्रपा, कैले एमाले ! - Taja Samachar Online

चर्चित लोकगायिका कोमल वलीका धेरै फ्यानहरु छन् । ती फ्यानहरु कुनै दलविशेष नभएर सबै दलका छन् । तर, राजनीति गर्ने भन्दै उनी रेडियो नेपालको जागिर छोडेर कमल थापा नेतृत्वको राप्रपा प्रवेश गरिन् । तर, राप्रपा ठूलो दल नहुने देखेपछि दलबदल गरेर एमालेमा गइन् । स्थानीय निर्वाचनमा राप्रपाले आयोजना गरेको चुनावी सभामा सहभागी हुँदै हिन्दु राष्ट्र जोगाउन राप्रपालाई भोट भन्दै हिँडेकी कोमल अहिले बामगठबन्धनलाई भोट माग्न ब्यस्त छिन् ।

कोमल वली, कैले राप्रपा, कैले एमाले ! - Taja Samachar Online

स्थानीय चुनावमा कमल थापा सहभागी हरेक कार्यक्रममा मञ्चमा आसीन कोमल अहिले केपी ओलीको छेउमा देखिन थालेकी छिन् । दाङ क्षेत्र नम्बर ३ वाट प्रतिनिधि सभामा टिकट पाउने आशमा एमाले प्रवेश गरेकी कोमलले एमालेवाट उम्मेदवार बन्ने अवसर त पाइनन् । तर, एमालेका लागि भोट माग्ने अवसर भने पाएकी छिन् । हिजोसम्म हिन्दु राष्ट्र भन्दै हिँडेकी उनी राप्रपा कार्यकर्ताले केन्द्रीय सदस्यका लागि दिएको मतको अपमान गर्दै एमालेमा त गइनन् नै, तर त्यहाँ पनि कति दिन निष्ठाको राजनीति गर्ने हुन्, पत्याइहाल्ने अवस्था छैन । तर, राम्रो स्वरकी धनी ‘गायिका कोमल वली’ यतिबेला राजनीतिक स्वार्थसिद्धिमा लागेपछि उनका फ्यानहरुको नजरमा कुन स्थानमा छिन्, यसको हिसाब हुन सकिरहेको छैन ।

ध्रुव लम्साल , साभारः अनलाइन खबरबाट

No comments:

Post a Comment

तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने

७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् । आई...