जनताको अमूल्य भोट हामी बेचेर खाने छैनौ । जनता नै हाम्रा भगवान हुन् । उहाँहरुको अनुहारमा हाँसो ल्याउनेछौ ।’ उनले भने । चुनाव अघिको एजेण्डालाई दोहो¥याउँदै उनले भोजपुर र संखुवासभाको सीमानामा पर्ने अरुण तेस्रोबाट संखुवासभा जिल्लाले मात्र लाभ लिने कुराका विरोध गर्दै भोजपुरलाई समेत लाभ दिलाउन भुमिका खेल्ने बताए । त्यस्तै प्रदेशसभा ख बाट विजयी मुख्यमन्त्रीको चर्चामा रहेका शेरधन राईले पनि जनताको अमूल्य भोटलाई त्यसै खेर जान नदिई विकास र समृद्धिको ढोका खोल्ने कार्यमा आफु र आफ्ना विजयी वाम उम्मेदवारहरु विश्वस्त रहेको ईच्छा जाहेर गरे । राईले सुनसरी, उदयपुरसँग सीमा जोडिएको भोजपुरको दक्षिणी क्षेत्रलाई भोजपुर सदरमुकाम हुँदै चिनको किमाथाङ्कासम्म जोड्ने विकासको एजेण्डा पनि दोहो¥याए ।
साभारः अन्नपूर्ण पोष्टबाट
No comments:
Post a Comment