काठमाडौंबाट बैंकहरुले पाउँछन बढि निक्षेप - Taja Samachar Online

२४ मंसिर, काठमाडौं । बैंकहरुको सञ्चालनको लागि प्रमूख पूँजी आधार निक्षेपमा काठमाडौंको बढि योगदान रहेको छ । राष्ट्र बैंकले हालै प्रकाशित गरेको आर्थिक वर्ष २०७३/७४ को तथ्यांक अनुसार ८ प्रमूख शहरहरुमध्ये काठमाडौंको मात्रै ६८ प्रतिशत योगदान रहेको छ । बैंक तथा वित्तीय संस्थाले काठमाडौंबाट १५ खर्ब ५९ अर्ब रुपैयाँ बराबरको निक्षेप पाएका छन् । कुल २२ खर्ब ८४ अर्ब रुपैयाँ निक्षेपमा त्यसपछि पोखरा, विराटनगरको हिस्सा धेरै छ । त्यस्तै, कर्जामा बढि प्रयोग हुने क्षेत्रमा पनि काठमाडौं अग्रस्थानमा छ ।


कुल १९ खर्ब ८१ अर्बमा काठमाडौमा मात्रै ५४ प्रतिशत रकम कर्जाको रुपमा खपत भएको छ । कर्जामा पनि काठमाडौंपछि विराटनगरबाट बढि माग देखिएको छ । औद्योगिक क्षेत्रमा गएको कर्जा २१ प्रतिशतले बढेर ६ खर्ब ३७ अर्ब पुगेको छ ।

साभारः अनलाइन खबरबाट

No comments:

Post a Comment

तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने

७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् । आई...