स्वारेज र मेसीको गोलमा बार्सिलोना विजयी - Taja Samachar Online

म्याड्रिड : स्पेनिस ला लिगा फुटबलको सोमबार बिहान खेलिएको खेलमा जित हात पार्दै लिग लिडर बार्सिलोना आफ्नो निकटतम प्रतिद्वन्द्वी भ्यालेन्सियासँग पुनः पाँच अंकको अग्रता लिएको छ । बार्साले बलियो प्रतिद्वन्द्वी भिल्लारियललाई उसैको मैदानमा २—० गोलले हरायो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलमा बार्साको जितमा लुइस स्वारेज र लियोनल मेसी नायक बने ।


स्वारेज र मेसीको गोलमा बार्सिलोना विजयी - Taja Samachar Online

खेलको प्रारम्भदेखि नै बार्सालाई गतिलो चुनौती दिए पनि ६०औं मिनेटमा १० खेलाडीमा समेटिएपछि भिल्लारियल कमजोर बनेको थियो । भिल्लारियलका ड्यानियल राबा रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । बार्साका सर्जियो बसक्वेट्सलाई फल गरेका कारण राबाले रातो कार्ड पाएका थिए । त्यसपछि खेलमा हाबी भएको बार्साले १२ मिनेटको बीचमा लगातार दुई गोल गरेको थियो । बार्साका लागि पहिलो गोल ७२औं मिनेटमा स्वारेजले गरे । ८३औं मिनेटमा मेसीले गोल गरेपछि बार्साको जित सहज बनेको थियो । जारी लिगमा बार्साको यो १२औं जित हो । हालसम्म १५ खेल खेलेको बार्सा ३९ अंकसहित तालिकाको पहिलो स्थानमा छ । समान खेल खेलेको भ्यालेन्सिया ३४ अंकसहित तालिकाको दोस्रो स्थानमा आसीन छ ।

यसैगरी ३३ अंकसहित एट्लेटिको म्याड्रिड तेस्रो, ३१ अंकसहित रियल म्याड्रिड चौथो र २८ अंकसहित सेभिल पाँचौं स्थानमा छन् । समान १५ खेल खेलेको भिल्लारियल भने २१ अंकसहित छैटौं स्थानमा छ । अर्को खेलमा एथलेटिक बिल्बाओले लेभान्तेलाई उसैको मैदानमा २—१ गोलले हरायो । १७ अंकसहित बिल्बाओ १३औं र १६ अंकसहित लेभान्ते १५औं स्थानमा छन् ।एट्लेटिको म्याड्रिडले भने रियल बेट्सिलाई उसैको मैदानमा १—० गोलले पराजित ग¥यो । एट्लेटिको म्याड्रिडका लागि एकमात्र गोल सल निग्वेजले २९औं मिनेटमा गरेका थिए । १८ अंकसहित रियल बेट्सि तालिकाको ११औं स्थानमा छ । रियल म्याड्रिडले भने आफ्नो पछिल्लो खेलमा बलियो प्रतिद्वन्द्वी सेभिललाई ५—० गोलको फराकिलोअन्तरले हराएको थियो ।

साभारः अन्नपूर्ण पोष्टबाट

No comments:

Post a Comment

तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने

७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् । आई...