साडी लगाउँदा बर्षालाई किन लाग्यो लाज ? - Taja Samachar Online

साडी महिलाहरुका लागि सबैभन्दा आकर्षक पहिरन मानिन्छ । साडी त अहिले अविवाहित महिलाहरुले पनि लगाउँछन् । विशेषगरि, बिहेको समयमा अविवाहित महिलाहरु साडी लगाउन मन पराउँछन् । तर, सोमबार आयोजना भएको चलचित्र ‘मिस्टर झोले’को ट्रेलर सार्वजनिक कार्यक्रममा पुगेकी नायिका बर्षा राउत पनि साडीमा देखिइन् । पत्रकार सम्मेलनमा कमै मात्र नायिकालाई साडीमा देख्न पाइन्छ ।

साडी लगाउँदा बर्षालाई किन लाग्यो लाज ?  - Taja Samachar Online

बर्षा साडीमा देखिदा धेरैले अचम्म ठाने । बर्षालाई भने साडी लगाएर आउँदा लाज लागिरहेको रहेछ । उनले, आफू निकट साथीहरुलाई आफूलाई लाज लागिरहेको बताइरहेकी थिइन् । तर, पनि साडीमा बर्षा निकै आकर्षक देखिएकी थिइन् । नयाँ चलचित्रका लागि दुब्लाउने बताएकी बर्षाको तौलमा भने कुनै फेरबदल आएको थिएन ।बिहेमा सहभागी भएर फर्किएकी बर्षा फेरि बिहेमै जानुछ भन्दै थिइन् । यसैले पनि उनी साडीमा कार्यक्रममा पुगिन् । कार्यक्रममा संचालक नरेश भट्टराइले बर्षाको बिहेको कुरा गर्दा उनी लजाइन् ।

साडी लगाउँदा बर्षालाई किन लाग्यो लाज ?  - Taja Samachar Online

साभारः अन्नपूर्ण पोष्टबाट

No comments:

Post a Comment

तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने

७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् । आई...