पर्वतबाट तीनै स्थानमा वामगठबन्धन विजयी - Taja Samachar Online

कुश्मा: प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनमा पर्वतबाट वामगठवन्धनका उम्मेदवार बिजयी भएका छन्। आइतबार बिहान सार्वजनिक गरिएको अन्तिम मतपरिणामबाट नेकपा एमालेका जिल्ला अध्यक्ष पदम गिरी प्रतिनिधिसभा सदस्यमा फराकिलो मतान्तरले बिजयी भएका छन्। एमालेका युवा नेता तथा जिल्ला अध्यक्ष गिरीले नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पर्वतमा तीन पटक चुनाब जितेर ह्याट्रिक गरेका अर्जुनप्रसाद जोशीलाई १२ हजार ४ सय ५६ मत अन्तरले पराजित गरे।

पर्वतबाट तीनै स्थानमा वामगठबन्धन विजयी - Taja Samachar Online

प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित गिरीले ३९ हजार २ सय ७५ मत प्राप्त गरे भने पराजित जोशीले २६ हजार ८ सय १९ मत प्राप्त गरेका छन्। यसैगरी प्रदेशसभा सदस्यमा क्षेत्र नं. १ मा वामगठबन्धनका उमेदवार माओबादी केन्द्रका पोलिटब्यूरो सदस्य नेत्र अधिकारी बिजयी भएका छन्। प्रदेससभा सदस्य पदमा निर्वाचित सदस्य अधिकारीले नेपाली कांग्रेसका पूर्व जिल्ला सभापाति नवराज गुरुङ्गलाई ४ हजार ८ सय २३ मतको अन्तरले पराजित गरेका हुन्। निर्वाचित अधिकारीले २१ हजार ५ सय ८ मत प्राप्त गरेका छन् भने पराजित हुन पुगेका नेपाली कांग्रेसकमा गुरुङ्गले १६ हजार ६ सय ८५ मत प्राप्त गरेका छन्। गुरुङ्ग २०४८ सालमा पर्वत क्षेत्र नं १ बाट पराजित भए भने २०७० मा पर्वत क्षेत्र नं २ मा पनि पराजय भोगेका नेता हुन्।

यसैगरी प्रदेशसभा २ मा एमालेका प्रदेश कमिटी सदस्य बिकास लम्साल बिजयी भएका छन्। लम्सालले नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि रहेका राजेन्द्र तिवारीलाई २ हजार १ सय ६६ मत अन्तरले पराजित गरेका छन्। प्रदेससभा सदस्यमा बिजयी भएका लम्सालले १५ हजार ४ सय ३४ मत प्राप्त गरेका छन् भने पराजित भएका तिवारीले १३ हजार ३ सय ५२ मत प्राप्त गरेका छन्। लम्साल २०७० मा पनि पर्वत क्षेत्र नं २ बाट निर्वाचित भएका थिए।

साभारः अन्नपूर्ण पोष्टबाट

No comments:

Post a Comment

तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने

७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् । आई...