प्रधानमन्त्री देउवा सात हजार मतान्तरले विजयी - Taja Samachar Online

डडेल्धुरा: नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। आइतबार बिहान घोषणा गरिएको अन्तिम मतपरिणाम अनुसार देउवा निकटतम प्रतिस्पर्धी भन्दा ७ हजार मतअन्तरले विजयी भएका हुन्। देउवाले २८ हजार ४४ मत ल्याएका छन् भने प्रतिद्वन्द्वी खगराज भट्टले २१ हजार ११५ मत पाएका छन्। देउवा २०४८ सालदेखि सम्पन्न सबै निर्वाचनमा विजय हुँदै आएका छन्। भट्टले भने लगातार तीन पटक पराजित भएर ह्याट्रिक गरेका छन्।

साभारः अन्नपूर्ण पोष्टबाट

No comments:

Post a Comment

तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने

७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् । आई...