नदीजन्य सामग्री तस्करी गर्ने १६ टिपर समातिए : छाड्न नेताको चर्को दबाब

गोरखा : दादागिरीको आडमा गोर्खामा नदीजन्य सामग्री तस्करी बढेपछि जिल्ला अनुगमन समितिले नियममा कडाइ गरेको छ। एक सातामा नदीजन्य सामग्री ढुवानी गर्ने १६ वटा टिपर र एक एक्साभेटर प्रहरीले नियन्त्रणमा लिएको छ। ‘सोमबार एकै दिन नौ वटा टिपर नियन्त्रणमा लिएका छौं’, प्रहरी नायब उपरीक्षक भेषराज रिजालले भने, ‘बिहीबार दुई वटा, शुक्रबार तीन वटा र मंगलबार दुई वटा टिपर नियन्त्रणमा लिएका छौं। नजिकै भेटिएका टिपर कार्यालय आसपास राखिएको छ। टाढा भेटिएका टिपरको कागजात जफत गरिएको छ।’ सबैलाई जरिवाना तिरेपछि मात्र छाडिने प्रहरी नायब उपरीक्षक रिजालले बताए।


नियन्त्रणमा लिइएका टिपरले जिल्ला प्रशासन, जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला प्रहरी कार्यालय परिसर भरिएका छन्। तर, व्यवसायी भने जरिवाना तिर्न राजी छैनन्। जरिवाना तिर्न ढिलाइ गरेकै कारण एक सातादेखिका टिपरले कार्यालय परिसर भरिएका हुन्। जिल्लाको घ्याल्चोक, दर्बुङ, फुजेल, घ्याल्चोक, ताक्लुङ क्षेत्रका खानीबाट नियमविपरीत नदीजन्य पदार्थ ओसारपसार गरेको फेला पारेकाले नियन्त्रणमा लिएको डीएसपी रिजालले जानकारी दिए।


अवैध कारोबारमा संलग्न टिपरले ४० हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने अनुगमन समितिका संयोजक प्रजिअ जितेन्द्र बस्नेतले जानकारी दिए। तर, व्यवसायीले चर्को जरिवाना भन्दै तिर्न अटेरी गरिरहेका छन्। व्यवसायीले भने बिनासर्त छाड्न दबाब दिने गरेको प्रहरीले जनाएको छ। ‘बिनासर्त छाड्न यति दबाब आएको छ कि, पागलै बनाउने भए’, डीएसपी रिजाल भन्छन्, ‘राजनीतिक पार्टीका नेता हुन् धेरै फोन गर्ने। तर, दबाबमा भरमा कसैलाई छाडिँदैन।’ रिजालले कसैलाई काखा, कसैलाई पाखा गर्न नमिल्ले बताउँदै नियन्त्रणमा लिइएका सबैलाई नियमानुसार जरिवाना गराएरै छाड्ने जानकारी दिए।


यसअघि नियमविपरीत नदीजन्य पदार्थ उत्खनन र ओसारपसारमा संलग्न सवारीधनीलाई हजार रुपैयाँ जरिवाना तिराएर छाड्ने गरिएको थियो। लाखौं अनियमितता गर्ने, पक्राउ परेमा एक हजार जरिवाना तिरेर रिहा हुने क्रम बढेपछि अनुगमन समितिले जरिवाना बढाएर ४० हजार रुपैयाँ बनाएको हो। यो वर्ष मात्र ५७ वटा टिपरलाई कारबाही स्वरूप एक/एक हजार रुपैयाँ जरिवाना तिराएको जिल्ला समन्वय समिति राजस्व शाखाका मनोहरि ज्ञवाली बताए।


नियम उल्लंघन गर्ने ट्र्याक्टरधनीसँग एक पटकमा २० हजार रुपैयाँ जरिवाना तोकिएको छ। त्यस्तै, टिपर तथा ठूला सवारीलाई ३० हजार रुपैँया, उत्खनन गर्ने हेभी इक्विपमेन्टलाई ४० हजार रुपैयाँ जरिवाना तोकिएको हो। गल्ती दोहोर्‍याए दोब्बर जरिवानाको व्यवस्था गरिएको प्रजिअ बस्नेतले जानकारी दिए। उनका अनुसार अवैध बालुवाको प्रतिघनमिटर १५ सय रुपैयाँ जरिवानासहित बिगो जफत गर्ने व्यवस्था रहेको उनले बताए।


ठेक्का पाएकाले नदीजन्य पदार्थ उत्खनन तथा बिक्री वितरण प्रक्रिया सम्झौताका सर्त पालना नगरे प्रतिट्र्याक्टर १५ हजार, टिपरको २५ हजार, र हेभी इक्वीपमेन्टको ३५ हजार रुपैयाँ जरिवाना तोकिएको छ। नियमविपरीत काम गर्ने ट्रयाक्टरले १५ हजार, टिपर तथा ठूला सवारीले २५ हजार र सामग्री उत्खनन गर्ने हेभी इक्विपमेन्टले ३५ हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने नयाँ नियम समितिले कायम गरेको छ।


हालै नियन्त्रणमा लिइएका टिपर धनीले नयाँ नियमबारे जानकारी नगराई एक्कासि ढाड सेकाउने गरी कारबाही गरिएको भन्दै जरिवाना तिर्न आनाकानी गरिरहेका छन्। ‘जुन दिन नियम बनाइएको छ, नियमबारे सबैतिर जानकारी नगराई त्यति ठूलो जरिवाना तिर्न लगाइएको छ’, ढुवानी व्यवसायी समितिका संयोजक भाइचन्द्र श्रेष्ठले भने, ‘हामी नीति नियममा चल्दैनौं भनेको होइन तर नयाँ नीति नियमबारे पहिले सुसूचित गर्नुपर्‍यो। अनि मात्र कार्यान्वयन गर्ने हो।’


विगतदेखि गर्दै आएको काम भएकाले एकाएक गैरकानुनी भयो भन्नेबारे थाहा नभएको जिकिरसहित बिनासर्त रिहा हुनुपर्ने समितिले माग गरेको छ। श्रेष्ठले कारबाहीमा चरम विभेद भएको आरोप पनि लगाएका छन्। ‘हाम्रो टिपर समातिएपछि अनियमितता गरिरहेका टिपरबारे हामीले नै जानकारी दिएका छौं तर बिनाकारबाही छाडिएको छ’, उनले भने, ‘राज्यको नियममा बस्ने हो भने त सबैलाई समान व्यवहार हुनुपर्छ। प्रभाव र दबाबमा परेर कसैलाई छाड्ने, कसैलाई कारबाही गर्ने न्यायसंगत हुँदैन।’ नियमन गर्ने प्रमुख निकाय जिल्ला समन्वय समिति रहेको भन्दै प्रजिअ बस्नेतले यस विषयमा जिल्ला समन्वय समितिको धारणा आउनुपर्ने बताए।

साभारः अन्नपूर्ण पोष्टबाट

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको काम सुरु

मोतिहारी–अमलेखगञ्ज ३६.२ किलोमिटर पेट्रोलियम पाइपलाइन परियोजनाका लागि भारतबाट आयात गरी वीरगन्ज चिनी कारखानमा भण्डारण गरिएको फलामे पाइप ।



तस्बिर : विजयकुमार महतो, पर्सा, रासस

साभारः अन्नपूर्ण पोष्टबाट

भूकम्पपीडित वृद्ध, असहाय र एकल महिलाको घर सरकारले बनाइदिने

१७ माघ, काठमाडौं । भूकम्पपीडित वृद्धवृद्धा, अशक्त एकल महिला, दृष्टिविहीन, अपाङ्गता भएका लगायतका जोखिमयुक्त वर्गका लागि घर सरकारले नै बनाइदिने भएको छ । पुनर्निर्माण प्राधिकरणका अनुसार त्यसका लागि कार्यविधिसमेत बनिसकेको छ । प्राधिकरणका प्रवक्ता यमलाल भुसालका अनुसार ७० वर्षमाथिका वृद्धवृद्धा, ६५ वर्षमाथिका एकल महिला, दृष्टिविहीन, रातो र नीलो कार्ड भएका अपाङ्ग व्यक्ति तथा १६ वर्षमुनिका नाबालक यसका लाभग्राही हुनेछन् ।

हालकै कार्यविधि अनुसार तीन लाख रुपैयाँ अनुदानमै आधारित रहेर त्यस्ता लाभग्राहीका लागि घर निर्माण गरिने प्राधिकरणले जनाएको छ । ‘केही असहाय वर्गलाई तीन लाख होइन १० लाख रुपैयाँ दिँदा पनि घर नबन्ने अवस्था देखियो,’ प्रवक्ता भुसालले भने, ‘त्यस्तालाई सरकारले नै हेर्नुपर्छ भनेर तयारी अघि बढाएका हौं ।’

प्राधिकरणले हालै पारित गरेको कार्यविधिले जोखिमयुक्त व्यक्तिको परिभाषामा उनीहरुलाई समेटेको छ र सोही आधारमा लगत संकलन गरेर काम अघि बढाइने प्रवक्ता भुसालले बताए । प्राधिकरणसँग जोखिमयुक्त व्यक्तिको सामान्य आँकडा भए पनि स्थानीय तहसँग थप जानकारी माग गरेर तथ्याङ्क प्रमाणित गरिने उनले जानकारी दिए । जोखिमयुक्त लाभग्राहीलाई दातृ निकाय र सामाजिक संघसंस्थामार्फत रकम परिचालन गरेर घर निर्माण गरिने प्राधिकरणको तयारी छ । यसका लागि वेलायती दातृ निकाय डिएफआईडी लगायतसँग छलफल भइरहेको पनि भुसालले बताए ।

जोखिमयुक्त व्यक्तिको प्रमाणिकरण गरेर गाउँपालिकाले सिफारिस गरेपछिमात्र दातृ निकाय तथा सामाजिक संघसंस्थाले घर बनाउन पाउने कार्यविधिमा उल्लेख छ ।

काठमाडौंबाटै १२ जना ‘नक्कली डाक्टर’ पक्राउ

१५ माघ, काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न अस्पतालमा छापा मारेर १२ जना ‘नक्कली डाक्टर’ लाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चको समन्वयमा सोमबार १२ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको विवरण भने सार्वजनिक गरिएको छैन ।

मेडिकल काउन्सिलका एक अधिकारीले अनलाइनखबरसँग भने, ‘१२ जना पक्राउ परेका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेकाले विवरण सार्वजनिक गरिएको छैन ।’

साभारः अनलाइन खबरबाट

अमेरिकन डलरको लोभमा गयो सात लाख रुपैयाँ

भक्तपुरः राम्रो मूल्यमा अमेरिकन पाउने लोभमा पर्दा एकजना व्यक्तिले सात लाख रुपैयाँ गुमाएका छन् । मध्यपुर ठिमी नगरपालिका–५ स्थित ठिमी कोरियन अस्पताल पछाडिबाट कपन बस्ने सोलुखुम्बुको चौरीखर्क गाउँपालिका–१ का २७ वर्षीय लोक्पा शेर्पाबाट सोमबार ७ लाख रुपैयाँ लिएर अपरिचिति व्यक्ति फरार भएका हुन् ।


उक्त रकम डलरसँग साटी दिन्छु भन्दै सिन्धुपाल्चोकको बाह्रबीसे घर बताउने २८ वर्षीय सुजन खडकासहित २ जनाले शेर्पालाई ठगेर फरार भएका हुन् ।

शेर्पा ठगिएको समाचार पाउनेबित्तिकै महानगरीय प्रहरी वृत्त ठिमीबाट गएको प्रहरीले उनीहरुको खोजी तीब्र बनाएको जानकारी दिएको छ ।

साभारः अन्नपूर्ण पोष्टबाट

पहिलो खेलको अन्तिम चरनमा किरनको एक्दमै महत्वोपूर्ण बचाउ । हेर्नुहोस यो भिडियो

Kiran Chemjong shines in his debut match for Minerva Punjab FC. Nepal number one Kiran Chemjong has started I-league career with a win. Chemjong was included in the first eleven of the team.
Minerva Punjab picked up a vital win in Imphal to remain at the summit of the I-League table.


Minerva Punjab FC beat NEROCA FC 1-0 in a crucial I-League encounter on Saturday afternoon in Imphal to take a step closer to the I-League title. Chencho Gyeltshen scored the only goal of the match in the second minute to seal a crucial win for the Warriors.


In the final minute Nepal International saves two crucial goal opportunites to give Minerva Punjab vital 3 points to stay at top of the I- League.


Minerva, with today’s win, take a step further towards winning the I-League this season. They now have 25 points from 10 matches while NEROCA remain in the second position with 21 points from 12 outings.


मेलम्ची आएपछि धारामा दैनिक ५ घण्टासम्म पानी

१२ माघ, काठमाडौं । धेरैलाई लाग्छ काठमाडौंमा मेलम्ची आएपछि पानीको अभाव नै हुँदैन, धारमा लगातार पानी आइरहन्छ । तर, अवस्था भने त्यस्तो छैन । मेलम्ची खानेपानी आयोजनाको भनाइलाई विश्वास गर्ने हो भने मेलम्ची आएपछि उपभोक्ताको धारामा दैनिक ४ देखि ५ घण्टा पानी झर्नेछ ।

अहिले हप्तामा एक घण्टा पनि पानी नपाएर अक्रान्त बनेको काठमाडौंलाई दिनमा ५ घण्टा नै पानी आए पनि कम्ता राहत मिल्ने छैन ।आयोजनाकाअनुसार पानीको अभाव भने मेलम्चीले मेटाइहाल्ने अवस्था छैन । काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तरगतको आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लिलाप्रसाद ढकाल मेलम्ची आएपछि दैनिक ५ घण्टासम्म पानी वितरण गर्न सकिने प्रारम्भिक अनमान गरिएको सुनाउँछन् । मेलम्ची आयोजनाबाट अहिले दिनमा १७ करोड लिटर पानी आउनेछ । तर, माग त्यो भन्दा निकै उच्च छ । अहिले केयूकेएलले दैनिक १० करोड लिटर पानी वितरण गरिरहेको छ माग भने ३८ करोड लिटरभन्दा माथि छ ।

‘यांग्री र लार्के खोलाको पानी मेलम्चीमा नमिसाएसम्म दिनमा ४ देखि ५ घण्टामा मात्रै पानी बाँड्न सकिन्छ भन्ने अनुमान छ । हामी त्यसको वितरण सञ्जाल निर्माणका लागि द्रुत गतिमै काम गरिरहेका छौं,’ ढकालले भने । अहिले मेलम्चीको सुरुङमा सिन्धुपाल्चोकका यांग्री र लार्के खोलाबाट थप ३४ करोड लिटर पानी मिसाउने गरी विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार हुँदैछ । प्रवक्ता ढकाल मेलम्चीको पानी आएपछि उपभोक्तालाई कति पानी कुन-कुन समयमा दिने भनेर निर्णय हुन बाँकी रहेको बताउँछन् ।

सरकारको पछिल्लो दावीलाई मान्ने हो भने वैशाखभित्रमा मेलम्चीको पानी काठमाडौं झर्नेछ । तर, धेरै कामहरु बाँकी रहेकाले सरकारी दावीमा अविश्वास कायमै छ । आयोजना कार्यान्वयन निर्देशनालयले आफूले गरेको कामका समबन्धमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा ढकालले मेलम्ची आएपछि पनि चक्रपथ र त्यस आसपासका एक तिहाई क्षेत्रमा पुरानै पाइपमार्फत नै पानी वितरण गरिने बताए । उनकाअनुसार धुम्बाराही, महाराजगञ्ज, समाखुसीदेखि कलंकीसम्मका रिंगोरोड क्षेत्रमा अझै पनि पुराना पाइप हटाएर नयाँ हाल्न बाँकी छ । अन्य क्षेत्रमा भने पाइपलाइन बिछ्याउने काम लगभग सकिएको छ ।

मुख्य वितरण लाइनको ७७ किलोमिटर मध्ये करिब ६६ किलोमिटरमा पाइप बिछयाइसकेको उनले जानकारी दिए । त्यसैगरी अहिले काम भइरहेको ७५० किलोमिटर उपभोक्ताको घरसम्मको वितरण सञ्जाल निर्माणको काममध्ये ६५० किलोमिटरमा पाइप बिछ्याइसकिएको छ । तर, धुम्बाराहीदेखि कलंकीसम्मको रिंगरोड आसपास ३०० किलोमिटर पाइप बिछ्याउन बजेट अभाव भएको उनले बताए । ‘यो क्षेत्रमा मेलम्ची आएपछि पनि पुरानै वितरण लाइनमा पानी जोडिन्छ । यो क्षेत्रमा पाइप फेर्न ८ अर्ब रुपैयाँ लाग्ने अनुमान छ,’ ढकालले भने,’एशीयाली विकास बैंक (एडीबी)ले ऋण स्वीकृत गरेपछि हामी टेण्डरमा जान्छौं ।’

एडीबीले उपत्याकामा पाइपलाइन सञ्जालको सुदृढीकरण, ढल प्रणालीको आधुनिकीकरण तथा पानी ट्यांकी निर्माणका लागि ८४ अर्ब रुपैयाँ ऋण सहयोग गरेको छ । पीआईडीले कुल ८४ हजार २१७ घरधुरीमा नयाँ पाइपलाइनको सञ्जाल पुर्‍याउनेछ । त्यसमध्ये अहलेसम्म ४५ हजार १८६ घरधुरीमा नयाँ पाइपलाइन पुर्‍याइसकिएको ढकालले बताए । एक तिहाई घरधुरीले भने मेलम्ची आएपछि पनि केही समय पुरानै वितरण प्रणालीबाट पानी पाउनेछन् । अहिले विभिन्न स्थानमा गरेर ७ करोड ४५ लाख लिटर पानी अटाउने ट्यांकीहरु पनि निर्माण भइररहेको छ ।

८ वटा ट्यांकीहरुको निर्माण पनि अन्तिम चरणमा रहेको र भक्तपुरको कटुञ्जेमा एउटा मात्रै ट्यांकीको निर्माण भर्खरै सुरु भएको पीआईडीले जनाएको छ । मेलम्चीको पानी वितरणका लागि सुन्दरीजलमा ८ करोड लिटरको पानी प्रशोधन केन्द्र बनाएर परीक्षण सकिएको छ । अब अर्को ८ करोड लिटरको प्रशोधन केन्द्रको पनि परीक्षण पनि केही समयमै गरिने निर्देशनालयले जनाएको छ । ‘पानी आएपछि सुरुवातमा हामीले रिजभ्वार्यरसहित पाइपलाइन सफा गर्छौं,’ नयाँ लाइन नुगेका उपभोक्ताले तत्कालै पानी पाउनुहन्छ । तर, नयाँ पाइपमार्फत जोडिएका घरमा केही समय लाग्ला,’ ढकाल भन्छन्,’तर, पानी आउनासाथ वितरण सञ्जालमा पानी जान्छ । सुरुवातमा पुरानौ लाइनबटै पानी दिन्छौं ।’

पुरानो पाइपलाइन निकै पुरानो भएकाले लिकेजको समस्या पनि हुन सक्ने ढकालले बताए ।

साभारः अनलाइन खबरबाट

किरण चेम्जोङ आई-लिग लिडर मिनर्वा पञ्जाबमा अनुवन्धित

९ माघ, काठमाडौं । नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ भारतको आई-लिग लिडर मिनर्वा पञ्जाबमा अनुवन्धित भएका छन् ।

मिनर्वा पञ्जाब लिग लिडर हो । अब लिगमा ९ खेल मात्र खेल्न बाँकी छ । तर, उपाधि होडलाई थप सुरक्षित गर्न किरणलाई अनुवन्ध गरिएको क्लबले जनाएको छ ।

दोस्रो स्थानमा रहेको नेरोकाको २१ अंक छ तर, उसले एक खेल बढी खेलेको छ ।

साभारः अनलाइन खबरबाट

गाउँपालिकाका अध्यक्षले कर्मचारी कुटे

१० माघ, चौतारा । काम सम्पन्न नभएको योजनाको भुक्तानी गर्न नमानेपछि गाउँपालिकाका अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरेका छन् ।सुनकोशी गाउँपालिकाको प्रमुख श्रवणकुमार जिसीले प्रशासकीय अधिकृत प्रमोद तिमिल्सिनालाई मंगलबार दिउँसो उनकै कार्यकक्षमा हातपात गरेका थिए ।

गाउँपालिकाको भिलेज प्रोफाइल निर्माणका लागि यसअघि गाउँकार्यपालिकाले ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । भिलेज प्रोफाइल नै निर्माण नभइ गाउँपालिका अध्यक्ष जिसीले ७ लाखको चेक काट्नु भनेपछि अध्यक्ष र प्रशासकीय अधिकृतबीच विवाद भएको थियो ।

‘मैले नियम विपरीत काम गर्दिन भनेँ, अध्यक्षज्यूले गर्नुपर्छ भनेर भन्नुभयो, मैले नमान्दा ममाथि दुर्व्यवहार भयो’ प्रमुख प्रशासकीय अधिकृत तिमिल्सिनाले भने । अध्यक्ष र प्रशासकीय अधिकृतबीच विवाद भएपछि अरु कर्मचारीलाई अध्यक्षले कोठा बाहिर निस्कन भनेका थिए । कर्मचारीलाई निकालेर उनले अधिकृतमाथि कुटपिट गरेको बताइएको छ ।

घटनालगत्तै गाउँपालिकामा बस्न नसक्ने भन्दै तिमिल्सिना स्थानीय विकास मन्त्रालय गएका छन् । फोनमा उनले आफूमाथि चरम दुर्व्यवहार भएको बताए । उनले स्थानीय विकास मन्त्रालयका कर्मचारी प्रशासनमा रहेका आनन्द ढकाललाई घटनाको बारेमा सबै जानकारी गराएका छन् । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई पनि घटनाको बारेमा जानकारी गराइएको छ । प्रमुख जिल्ला अधिकारी तामाङले भने लिखित रुपमा घटना दर्ता गर्न आफूले भनेको जानकारी दिए । सुनकोशी गाउँपालिकाले यसअघि आफ्नो गाउँपालिका भित्रका सबै विद्यालय व्यवस्थापन समिति समेत विघटन गरेको थियो ।

यसमा समेत प्रमुख प्रशासकीय अधिकृत तिमिल्सिनाले असहमति जनाएका थिए । तिमिल्सिना पनि सोही गाउँपालिकाका स्थायी बासिन्दा हुन् । घटनाबारे गाउापालिकाका अध्यक्ष जिसीसाग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आएनन् ।

साभारः अनलाइन खबरबाट

नेपालको हावाको गुणस्तर विश्वमै खराब

१० माघ, काठमाडौं । नेपालको हावाको गुणस्तर विश्वकै खराब भएको पछिल्लो अध्ययनले देखाएको छ ।

सेन्टर फर इन्भारोमेन्टल ल एण्ड पोलिसी (येल विश्वविद्यालय ) र सेन्टर फर इन्टरनेशनल अर्थ साइन्स इन्फर्मेसन नेटवर्क, कोलम्बिया युनिभर्सिटीले वर्ल्ड इकोनोमिक फोरमसँग मिलेर नेपालसहित १८० देशको वातावरणीय अवस्थाबारे अध्ययन गरेको छ ।

यसले नेपाली हावाको गुणस्तर निकै खराब रहेको देखाएको छ । नेपालका धेरै घरहरुमा अझै पनि दाउरो बाल्ने गरेको र जनसंख्याको धेरै हिंसा ‘पीएम २.५’ (आँखाले देख्न नसकिने प्रदुषणका कणहरु) को जोखिममा रहेको रिपोर्टमा उल्लेख छ । समग्र ‘वातावरणको स्वास्थ्य सूचकांक’ हेर्ने हो भने पनि नेपालको अवस्था राम्रो देखिँदैन । इन्भाइरोमेन्ट पफर्मेन्स इन्डेक्स–२०१८ मा सहभागी १८० देशमा नेपाल १७६ औं स्थानमा परेको छ ।

वातावरणको स्वास्थ्य सूचकांकको अवस्था भयावह रहेपनि त्यस अन्तरगर्त रहेको वनसम्वन्धी सुचकांक भने सकारात्मक देखिएको छ । विगत ५ वर्षमा भएको जंगल फडानीको आधारमा तयार पारिएको यो सूचकांकमा नेपाल १३ औं स्थानमा परेको छ ।

भारतको वातावरणको स्वास्थ्य नेपालको भन्दा पनि खराब छ । यो सूचकांकमा भारत १७७ औं स्थानमा छ भने त्यसपछि क्रमशः कंगो, बंगलादेश र बुरुन्डी छन् । पर्यावरण सूचकांकमा सार्क देशहरु मध्ये श्रीलंका अगाडि छ । श्रीलंका ७० औं स्थानमा रहँदा माल्दिभ्स १११, भुटान १३१, अफगानिस्तान १६८, पाकिस्तान १६९ औं स्थानमा छन् । वातावरणको स्वास्थ्य सबैभन्दा राम्रो स्विट्जरल्याण्डमा रहेको अध्ययनले देखाएको छ । सूचकांकमा फ्रान्स दोस्रो, डेनमार्क केन्द्र, माल्टा चौथो र स्वीडेन पाँचौं स्थानमा छ ।

एसियामा जपानको वातावरणको स्वास्थ्य राम्रो देखिएको छ । यो सूचककांकमा जापान २० औं स्थानमा रहँदा चीन भने १२० औं स्थानमा परेको छ ।

साभारः अनलाइन खबरबाट

तालिम लिन आएका असई लागूऔषध सेवन गर्दागर्दै पक्राउ

९ माघ, काठमाडौं । संघीय प्रहरी इकाइ कार्यालय, बागमतीका प्रहरी सहायक निरीक्षक (असई) लागूऔषध नाइट्रोभ्याट सेवन गर्दागर्दै पक्राउ गरेका छन् ।

प्रहरी तालिम केन्द्र महाराजगञ्जमा सोको (घटनाको मुचुल्का उठाउने) तालिम लिन आएका उनी केन्द्र छेउमा लागूऔषध सेवन गर्दै गर्दा पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जको टोलीले गत ४ माघमा उनलाई पक्राउ गरेको डिएसपी योगेन्द्रसिंह थापाले बताए ।

‘अहिले जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरेर उनीमाथि अनुसन्धान भइरहेको छ’, थापाले अनलाइनखबरसँग भने, ‘उनको साथबाट लागूऔषध समेत बरामद गरिको छ ।’

प्रहरीका अनुसार उनको साथबाट लागूऔषध २३ थान नाइट्रोभ्याट र १ सय १० ग्राम गाँजा बरामद भएको छ ।

साभारः अनलाइन खबरबाट

पूर्वराजा ज्ञानेन्द्रको नेपालगन्ज बसाईको अन्तरकथा

काठमाडौँ: पूर्वराजा ज्ञानेन्द्र शाहले यो हिउँदमा करिब एक महिना औद्योगिक सहर नेपालगन्जमा विताए । आफ्नो लगानीमा सञ्चालित होटल सोल्टीको उद्घाटन गर्न परिवारसहित पूर्वराजा नेपालगन्ज पुगेका थिए । उनले अंग्रेजी नयाँ वर्षमा चारतारे होटल सोल्टीको उद्घाटन गरे । होटल उद्घाटनको बहानामा पुगेका उनी करिब एक महिनासम्म नेपालगन्जमा बस्नुलाई भने धेरै अर्थपूर्णरुपमा लिएका छन् ।

नेपालगन्जसँग चिसो सम्बन्ध : नेपालगन्ज र राजापरिवारको सम्बन्ध विगतमा कहिल्यै सकारात्मक छैन । मध्य तथा सुदुरपश्चिमको केन्द्र नेपालगन्जलाई बेवास्ता गरी तत्कालिन राजा वीरेन्द्रले क्षेत्रीय सदरमुकाम सुर्खेत राखेपछि नेपालगन्ज र राजापरिवारबीच चिसोपन बढेको हो । इतिहासका हरेक घटना क्रममा राजपरिवारबाट नेपालगन्जबासी ठगिँदै आएका छन् ।

त्यति मात्र होइन ज्ञानेन्द्रले समेत आफु राजा हुँदा नेपालगन्जप्रति पूर्वाग्रही भावना राखेका थिए । नेपालगन्जमा रहेका अधिकांश मध्यपश्चिमाञ्चल विकास क्षेत्रका कार्यालय उनले कार्यकारी अधिकार लिएका बेला बलजफ्ती सुर्खेत सारे । त्यसबेला उनको यो कदमको चर्को विरोध भयो । नेपालगन्जबासी शाही शासनकालमा समेत राजाको कदमविरुद्ध सडकमा उत्रिएका थिए । त्यो बेला उनले नेपालगन्जबासीबाट कडा आलोचना खेप्नुपर्‍यो ।

नागरिक अभिनन्दन कोहलपुरमा: तत्कालिन राजा ज्ञानेन्द्रले शाही शासनका कालमा सहानुभूति बटुल्न देशभर नागरिक अभिनन्दन गर्न लगाए । त्यही क्रममा नेपालगन्जमा समेत नागरिक अभिनन्दन कार्यक्रम राखियो । नागरिकबाटै राजाको विरोध भइरहेकाबेला नागरिक अभिनन्दन कार्यक्रम नै १६ किलोमिटर टाढा कोहलपुरमा सारियो । उनले यो बेला 'सनकको भरमा' नेपालगन्जका क्षेत्रीय कार्यालय सुर्खेत सार्न दिएको निर्देशनको चौतर्फी विरोध भएको थियो । त्यहीकारण सुरक्षा सयन्त्रले नेपालगन्जमा नागरिक अभिनन्दन गर्दा सुरक्षामा समस्या हुने सुझाव दिएपछि कोहलपुरमा गरिएको थियो । नेपालगन्जका सबै क्षेत्रीय कार्यालय सुर्खेत सार्ने कदमको विरोध भइरहेका कारण नागरिक अभिनन्दन थाप्न ज्ञानेन्द्र हच्किएका थिए । त्यस समयमा ज्ञानेन्द्रले नेपालगन्जमा रहेको पवित्र धार्मिकस्थल बागेश्वरी मन्दिरको समेत हेलिकप्टरबाटै दर्शन गरेका थिए । आफु राजा हुँदा उनले नेपालगन्जमा पाइला समेत राखेनन् ।


अहिले किन नेपालगन्ज मोह ? पूर्वराजा ज्ञानेन्द्रले यस पटक तीनसाता भन्दा बढी समय नेपालगन्जमा बिताए । के उनी आफ्नो व्यापार व्यवसाय बढाउन मात्रै नेपालगन्ज बसेका हुन् त ? या अन्य पनि कारण छन् ? राजनीतिमा असफल राजा ज्ञानेन्द्र व्यापार व्यवसायमा भने सफल मानिँदै आएका छन् । उनी नेपालका धनाढ्य व्यापारीमध्ये एकमा पर्छन् । आफू राजा हुँदा पाइलासमेत हाल्न तयार नभएका ज्ञानेन्द्र अहिले किन त्यति लामो समय नेपालगन्जमा बसे ? नेपालगन्जप्रति सधैँ नकारात्मक दृष्टिकोण राख्ने राजपरिवारको नेपालगन्ज मोह अहिले किन बढ्यो त ?


पूर्वराजाको नेपालगन्ज बसाई: पूर्वराजा ज्ञानेन्द्र पुसको दोस्रो साता आफ्नो लगानी रहेको होटल सोल्टीको उद्घाटन गर्न नेपालगन्ज गएका हुन् । अंग्रेजी नयाँ वर्षको दिन सोल्टी होटलको उनले उद्घाटन गरे । त्यसपछि नेपालगन्जका राजनीतिक दलका नेता, व्यवसायी र जनप्रतिनिधि लगायतसँग भेटघाट र परामर्श गरे । आफु राजा हुँदा हेलिकोप्टरबाट दर्शन गरेको बागेश्वरी मन्दिरको उनले पैदल नै गएर दर्शन गरे । बर्दिया, दाङ, सुर्खेत र कैलाली लगायतका जिल्लामा पनि पुगे । त्यहाँ समेत मठमन्दिरको दर्शन गर्नुका साथै स्थानीय नेता र व्यवसायीसँग भेटघाट तथा परामर्श गरे । यतिमात्र होइन, भारतकै ठूलो उत्तर प्रदेशका मूख्यमन्त्री योगी आदित्यनाथसँग पनि भेटघाट गर्न पुगे । उनी तीन दिनअघि मात्रै काठमाडौं फिर्ता भएका छन् ।


आदित्यनाथलाई किन भेटे ? उत्तर प्रदेशका मूख्यमन्त्री योगी आदित्यनाथ अन्तराष्ट्रिय हिन्दु महासंघका उपाध्यक्ष हुन् । उनी नेपालमा राजासंस्थाको पुनर्वाहाली र हिन्दुराष्ट्रको वकालत गर्दै आएका भारतीय हिन्दुवादी नेता हुन् । आदित्यनाथसँगको भेटले पूर्वराजाको नेपालगन्ज बसाई नितान्त व्यवसायिक मात्र नभई राजनीति समेत रहेको पुष्टि गरेको छ । उनले नेपालमा पुनः हिन्दुराष्ट्र फर्काउन पहल गरिदिन आदित्यनाथसँग आग्रह गरेको कुरा समेत सार्वजनिक भइसकेको छ। राजसंस्था पुनर्वाहालीबारे समेत योगी आदित्यनाथसँग कुराकानी भएको चर्चा भारतीय सञ्चारमाध्यमले गरेका छन् । राजनीतिक शास्त्रका प्रा.डा. जर्नादन आचार्य भारतले राजकीय सम्मानका साथ पठाउनुलाई महत्वरुपमा हेरिएको बताउँछन् । ‘घुम्न भनेर गएका पूर्व राजालाई भारतले राजकीय सम्मानका साथ पठाएर जुन सहानुभुति र सदभाव देखायो, त्यसभित्र धेरै अर्थ लुकेको हुनु पर्छ’, उनले बताए । 


राजावादी र हिन्दुवादीको पकड : पुराना राजघराना शाह, राणा र ठकुरीको बाक्लो बसोबास रहेको नेपालगन्ज राजावादी र हिन्दूवादीको शहरको रुपमा चिनिन्छ । २०५१ सालको मध्यवधि निर्वाचनमा यहाँका ३ वटै निर्वाचन क्षेत्र राष्ट्रिय प्रजातन्त्र पार्टी जितेको थियो । २०७४ सालको भएको स्थानीय तहको निर्वाचनमा देशभर राप्रपाको लज्जापद पराजय हुँदा नेपालगन्ज उपमहानगरपालिकामा राप्रपाले सहानदार जित दर्ता गर्‍यो । राप्रपाको बलियो उपस्थिति रहेको नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा राप्रपाका महामन्त्री डा.धबल शम्शेर राणा विजयी भए। नेपालगन्जमा पहिलेबाटै राजावादी र हिन्दुवादीको पकड रहँदै आएको छ । राजावादी र हिन्दुवादीको पडक क्षेत्र रहँदा रहँदै पनि राजपरिवारको निगाहमा भने नेपालगन्ज कहिल्यै परेन । तत्कालिन राजा वीरेन्द्रले पनि नेपालगन्जलाई मन पराएनन्, त्यसपछि राजा बनेका ज्ञानेन्द्रले पनि त्यही व्यवहार देखाए । ज्ञानेन्द्रले नेपालगन्जबाट नेपाली सेनाको पश्चिम पृतना लगायतका सबै क्षेत्रीय कार्यालय सुर्खेत लगे । राप्रपाले स्थानीय निकायमा जितेका कारण राजनीति गतिविधि गर्न सजिलो हुन्छ भनेर पूर्वराजा नेपालगन्ज यति लामो बसेका भन्नेहरुको पनि कमी छैन ।


साभारः अन्नपूर्ण पोष्टबाट

यी ७ संकेत, थाहा पाउनुहोस् तपाइँको फोन ह्याक भयो

तपाइँको गोजीमा रहेको मोबाइल फोनमा तपाइँसँग सम्बन्धित विभिन्न महत्वपूर्ण निजि तथा गोप्य जानकारीहरु हुन सक्छन् । साथीहरुको तस्वीरदेखि लिएर कार्यालयका जरुरी फोन नम्बरमात्र नभै विभिन्न अकाउन्ट सम्बन्धी जानकारी । यी सबै कारणले गर्दा मोबाइल अहिले मानिसको गोजीको रकेट बनिरहेको छ ।यस्तोमा आफ्नो मोबाइल सुरक्षित होस् र यसमा भएका डाटाहरु ह्याकरको हातमा नपुगुन् भन्ने चाहना सबैको हुन्छ । तर कहिलेकाहीँ तपाइँले थाहा नपाइकनै तपाइँकोे मोबाइल ह्याकरको पञ्जामा पुगिसकेको हुनसक्छ । यी सात प्रकारका संकेतहरु आफ्नो मोबाइलमा पाउनुभयो भने सचेत हुनुहोस् की तपाइँको मोबाइल कसैले ह्याक गर्दैछ ।

१. फोन स्पीडः यदि तपाइँको फोनको स्पीड सामान्य भन्दा पनि निकै कम भयो र फोन ह्यांग भइरह्यो भने बुझ्नुहोस् की यसमा कुनै भाइरस वा मालवेयर छिरेको हुनसक्छ । म्यालिसियल प्रोग्राम अर्थात् यस्तो सफ्टवेयर प्रोग्राम जसले फोनको पर्फमेन्स तथा प्रयोगकर्ताको डाटामै नोक्सान पूराउन सक्दछ । यस्ता भाइरसले तपाइँको मोबाइल फोनको स्पीड तथा पर्फमेन्समा सिधारुपमा प्रभाव पार्दछन् । तर यो पनि ध्यान दिनुपर्दछ की नियमित रुपमा फोनको अपरेटिङ सिस्टम अपेडेट नगर्दा समेत यस्तो भएको हुनसक्छ । स्मरण रहोस् एप्पलले आफ्ना पूराना भर्सनका आइफोनमा आफैले स्पीड कम गरेको हालै स्विकार गरेको थियो ।


२. फोन तात्नुः कहिलेकाहीँ आफ्नो फोन चलाउने बेलामा सधैभन्दा धेरै नै तातेको महसूस गर्नुभएको छ ? अमेरिकी इन्टेल कम्प्नीका विज्ञ भन्छन्, ‘फोनको ब्याकग्राउण्डमा कुनै मालवेयर प्रोग्राम चलिरहेको कारणले पनि यस्तो हुनसक्छ ।’ अर्थात् तपाइँको फोनमा ह्याकरले भाइरसद्धारा आक्रमण गरेको अवस्थामा फोन बढि तात्दछ । कहिलेकाहीँ विभिन्न एपहरुलाई सही ढंगले बन्द नगर्दा पनि एपहरु चालू भएर फोन तातिरहेको हुनसक्छ ।


३.ब्याट्री लाइफः फोन लगातार तातो हुँदा त्यसको असर ब्याट्रीमा पर्दछ । सोही कारण ब्याट्री आफ्नो आयूभन्दा कम समयमै ड्यामेज हुन्छ । तर अर्को महत्व्पूर्ण कारण हो, सिस्टम अपडेट । मोबाइल जोन वेबसाइटका अनुसार यदि अपडेट नयाँ तथा प्रभावशाली छ भने सिस्टम अपडेट गरिहाल्नु पर्दछ । यसो गर्दा ब्याट्री ड्यामेज हुनबाट बचाउँदछ । ब्याट्री लाइफ अस्वभाविक रुपमा गिरावट भएको छ भनेपनि सतर्क हुनुहोस् की तपाइँको मोबाइल ह्याकरको हमलामा परेको हुनसक्छ ।


४. अज्ञात मेसेजः कहिलेकाहीँ तपाइँको आफ्नो फोन ह्याक भएको जानकारी तपाइँले भन्दा पहिले तपाइँका साथीहरुले पाउँछन् । कहिलेकाहीँ तपाइँको मोबाइलमा कुनै अन्जान नम्ब्रबाट मेसेज आउँछन् र त्यस्ता मेसेज आफै हराउँछन् पनि । यस्तो स्थितिमा तपाइँको साथी तथा परिवारका मानिसलाई एसएमएस तथा ह्वाट्एपबाट यस्तो सन्देश प्राप्त हुन्छ । जबकी त्यस्तो मेसेज तपाइँले पठाएको हुँदैन । यस्तो अवस्थामा तपाइँले आफ्नो इनबक्समा प्राप्त भएका त्यस्ता स्पाम मेसेज सबै डिलिट गर्नुपर्दछ । कहिलेकाहीँ इमेलको माध्यमबाट पनि ह्याकरहरुले त्यसरी जालमा फसाउने गर्दछन् । त्यसैले फोनमा आउने संकास्पद इमेलको लिंक नखोल्नुहोस् ।


५. कुनै विन्डो आफै खुल्नुः कतिपय भाइरस यस्ता पनि हुन्छन् की जो अचानक तपाइँको फोनमा खुल्दछन् । कहिलेकाहीँ विज्ञापनको रुपमा त कहिलेकाहीँ नयाँ विन्डो वा ट्याबमा । कम्प्युटरको भाषामा यसलाई पप अप्स भनिन्छ । साइबर सेक्योरिटी विज्ञान जोसेफ स्टिनबर्ग भन्छन्, ‘जसरी कम्प्युटरमा इन्टरनेटको माध्यमबाट नयाँ ट्याब खुल्दछ, ठीक त्यसैगरी फोनमा पनि ट्याब खुल्दछ । यस्ताबाट सावधान रहेर टाढै रहनु आवश्यक हुन्छ ।’


६. नयाँ एपः तपाई आफ्नो फोनमा कहाँबाट एप डाउनलोड गर्नुहुन्छ ? र यो कस्तो एप हो ? भन्ने कुराले ठूलो अर्थ राख्दछ । कहिलेकाहीँ तपाइँको इन्टरनेट डाटा यसकारण छिटो सकिन्छ की एपहरुले धेरै डाटा खपत गरिरहेको हुन्छ । स्टिनबर्गका अनुसार फोनलाई अपडेटेड राख्नु जरुरी हुन्छ । त्यस्तै एप बनाउने कम्पनी तथा सर्भिस प्रोभाइडरहरु पनि विश्वासयोग्य हुनुपर्दछ । अर्थात् नक्कली तथा भाइरसयुक्त एपहरु मोबाइल डाउनलोड नहुन् भन्नका लागि सचेतना अपनाउनुपर्दछ ।


७. ब्याकग्राउण्डको आवाजः इन्टरनेटमा केही काम गर्दै ग्र्दा कहिलेकाहीँ अनौठो आवाज निस्किरहेको हुनसक्छ । वेबपेजमा अनावश्यक तथा असामान्य चिज देखिन थाल्दछ । यसो हुनुमा कहिलेकाहीँ तपाइँको फोन ह्याकरको हमलामा परिरहेको संकेत पनि हुनसक्छ । फोन गरिरहेको बेलामा फोनको ब्याकग्राउण्डमा बिप साउण्ड लगातार आइरहेको छ भने सावधान हुनुहोस् तपाइँको फोनकल कसैले रेकर्ड गरिरहेको छ ।

कोमल वलीलार्इ राष्ट्रियसभामा पठाउने एमाले निर्णय, छानिए १३ उम्मेदवार

८ माघ, काठमाडौं । नेकपा एमालेले गायिका कोमल वलीलार्इ राष्ट्रियसभामा पठाउने भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा सोमबार बसेको स्थायी समितिको बैठकले राष्ट्रियसभाका लागि प्रदेश नम्बर ५, ६ र का उम्मेदवारको टुंगो लगाएको हो ।

गायिका वलीलार्इ प्रदेश ५ को महिला सदस्यमा उम्मेदवार बनाउने निर्णय भएको सचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । वली चुनावको केही अघि एमाले प्रवेश गरेकी थिइन् । राप्रपाबाट एमाले प्रवेश गरेकी उनले प्रतिनिधिसभा सदस्यको टिकट नपाएपछि वागी उम्मेदवारी समेत दिएकी थिइन् । तर, एमाले नेतृत्वले फिर्ता गराएका थिए ।

१, २, ३ र ४ नम्बर प्रदेशका उम्मेदवारहरू भने छनोट हुन बाँकी छ । वाम गठबन्धनले ४३ सिटको भागवण्डा गरेको छ, जसमा २९ एमालेको भागमा परेको छ । बाँकी उम्मेदवार भोलि चयन हुने एमालेले बताएको छ ।


प्रदेश नं ७

१. कमला ओली (महिला), कैलाली

२. इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर

३. शेरबहादुर कुँवर (खुला), अछाम

४. चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा


प्रदेश नं ६

१. कविता बोगटी (महिला), हुम्ला

२. नन्दा शर्मा ( महिला), सुर्खेत

३. नरपति लोहार (दलित), कालिकोट

४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट

५. ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम


प्रदेश नं ५

१. रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी

२. खिमलाल भट्टराई (खुला), रुपन्देही

३. मीना बुढा (महिला), रोल्पा

४. कोमल वली (महिला), दाङ

साभारः अनलाइन खबरबाट

दाङमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः ६ वर्षदेखि अध्ययनमै सीमित

९ माघ, घोराही । दाङको नारायणपुरमा प्रस्तावित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल योजना बनेको ६ वर्ष बितिसक्दा समेत अध्ययनमै सीमित छ । सरकारले हालसम्म विमानस्थलको अध्ययनमा मात्र बजेट विनियोजन गरिरहेको छ । विमानस्थल निर्माणस्थलको तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्टसहितको प्राविधिकहरुको टोलीले १० माघ ०६८ मा अध्ययन गरेको थियो । त्यसपछि अध्ययन टोली पटक–पटक आए पनि निर्माण शुरु हुन सकेको छैन । सरकारले आलु आर्थिक वर्षमा वातावरणीय प्रभाव मूल्यांकनका लागि दुई करोड रुपैयाँ विनियोजन गरेको छ । ‘चालु आवमा अध्ययनबाहेक अन्य कुनै शीर्षकमा बजेट विनियोजन भएको छैन,’ नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले भने ।

१० चैत ०६८ मा बीडीए कन्सल्टेन्सी काठमाडौंका प्राविधिकहरुले गुर्जेखोलादेखि पश्चिम हापुर खोलासम्म र उत्तर मावि निघुवारदेखि दक्षिण घोराही–तुलसीपुर सडकसम्म सर्वे गरेका थिए । उक्त क्षेत्रमा रहेको १७ सय ७५ विघा १९ कठ्ठामा सम्भाव्यता अध्ययन गरिएको थियो । त्यसमध्ये करिब ६ सय ५० विघा सरकारी जग्गा हो । ६ किलोमिटर लम्बाइ र साढे तीन किमि चौडाइको उक्त जमिन विमानस्थलका लागि उपयुक्त रहेको प्राविधिकहरुको निष्कर्ष थियो ।

विमानस्थलका लागि त्रिपुर–५ को चागु, बरुवागाउँ, ३ को खैरी, २ को अमराई, चारबगिया, धैरेनी, १ को लमबरुवा र साविक हापुर गाविसको केही भागमा नापी कार्यालयका अमिनमार्फत् जग्गा नाप–जाँचसमेत भइसकेको छ । स्थानीय स्तरमा विमानस्थल निर्माण सहयोग समिति पनि गठन भएको छ ।शुरुमा आफूहरु उत्साहित भए पनि सरकारले चासो नदिँदा निरास बनेको समितिका अध्यक्ष भक्तिराम शर्माले बताए ।

‘६ वर्ष भइसक्यो, अहिलेसम्म अध्ययन गरिरहेका छौं भन्छन् । कहिले बन्छ, थाहा छैन,’ शर्माले भने, ‘मन्त्रालयमा बुझ्दा फाइल रोकिएको जानकारी पाएका छौं ।’

सुरक्षाको दृष्टिबाट दाङमा अन्तर्राष्ट्रिय विमानस्थल उपयुक्त भएको शर्माको भनाइ छ । ‘विमानस्थल निर्माणका लागि प्रस्तावित दाङ उपत्यका भारतसँग जोडिएको छैन,’ उनले भने, ‘यहाँ जाडो समयमा धेरै हुस्सु लाग्दैन, वर्षात्मा पनि मौसम त्यति खराब हुँदैन । जुनसुकै मौसममा पनि विमानहरु अवतरण गर्न सक्छन् ।’

साभारः अनलाइन खबरबाट

गौतमबुद्धको जन्मस्थलबारे भ्रम चिर्न दुई युवती सगरमाथा आरोहणमा

८ माघ, दोलखा । गौतमबुद्धको जन्मस्थलबारे फैलिएको भ्रम चिर्ने उद्देश्यले दुई युवतीले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् ।दोलखाको गौरीशंकर गाउँपालिका–९ सिमिगाउँकी २७ वर्षीया छोकी शेर्पा र काभ्रे जिल्ला रोसी गाउँपालिका–११ की २७ वर्षीया शर्मिला तामाङले केही देशमा अहिले पनि गौतमबुद्ध भारत जन्मिएको भन्ने भ्रम रहेकाले उनी नेपालमै जन्मिएका हुन् भने सन्देश प्रबाह गर्न सर्वाेच्च शिखर सगरमाथा आरोहण गर्न लागेको बताइन् ।

उनीहरुले आगामी चैत २५ गतेबाट पाएनियर एड्भेन्चर प्रालि कम्पनीको प्रायोजनमा ‘बुद्ध वाज बर्न इन नेपाल’ लेखिएको झण्डासँगै नेपालको झण्डा र धीरज राईले गाएको ‘बुद्ध वाज बर्न इन नेपाल’ बोलको गीत एक मिनेट सर्वोच्च शिखरबाटै बजाएर विश्वलाई सुनाउने योजनासमेत रहेको आरोहण दलकी सदस्य छोकी शेर्पाले जानकारी दिए । छोकीले पत्रकार सम्मेलनमा भनिन्, ‘वैदेशिक रोजगारीको शिलशिलामा चार वर्ष दक्षिण कोरिया बस्दा बौद्धमार्गीलाई गौतमबुद्ध नेपालमा जन्मेको नभई भारतमा जन्मेको भन्ने भ्रम रहेकाले सो भ्रम चिर्न सगरमाथा आरोहण गर्न लागिएको हो ।’

दक्षिण कोरियाको पाठ्यपुस्तकमा हालसम्म पनि बुद्ध भारतमा जन्मेको भन्नेकुरा त्यहाँका बालबालिकाले पढिरहेको बताउँदै उनले दक्षिण कोरिया, भियतनाम र चीनका केही स्थानमा साथीहरुसँगको भेटमा पनि उनीहरुमा बुद्धको जन्मबारे भ्रम रहेको पाइएकाले वास्तविक जानकारी गराउन आफू सगरमाथा आरोहण गर्न लागेको बताइन् । आफै पनि वैदेशिक रोजगारबाट फर्केको र विदेशमा गएर विभिन्न हिंसामा प्रताडित नेपाली दिदीबहिनीलाई आफ्नै देशमा फर्किएर देशकै पर्यटन विकास र रोजगारी सिर्जना गर्ने अभियानमा जुट्न प्रयास गर्ने चाहना रहेको छोकीले जानकारी दिइन् ।

उनीहरूलाई भ्रमणका लागि केही सामग्री खरिद गर्न केही संस्थाले सहयोग गरेपनि आर्थिक अभाब भएकाले थप सहयोगका लागि विभिन्न संघ संस्थाका साथै स्वदेश तथा विदेशमा रहेका नेपालीलाई अपीलसमेत गरेका छन् ।

साभारः अनलाइन खबरबाट

आईपीएलको अक्सनमा सन्दिप लामिछाने पनि

६ माघ, काठमाडौं । इण्डियन पि्रमियर लिग -आईपीएल)को अक्सनका लागि नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने पनि छनोट भएका छन् ।

आईपीएलले अक्सनका लागि ३६० भारतीयसहित ५७८ खेलाडीको सूची सार्वजनिक गरेको छ । २७ र २८ तारेदमा बेङ्लुरुमा अक्सन हुनेछ ।

यो सूचीमा लामिछाने २७६ नम्बरमा छन् । एशोसिएट देशबाट परेका उनले न्यूनमत मूल्य २० लाख भारु ताकिएको छ ।



कोकिन कारोबारको ट्रान्जिट पोइन्ट बन्दै काठमाडौं

५ माघ, काठमाडौं । बोलिभियाका नागरिक फ्रेडी ममनी एन्डिए २८ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए ।२८ वर्षीय एन्डिए बोलिभियाबाट ब्राजिल, ईथोपिया र भारत हुँदै उनी नेपाल आइपुगेका थिए । चेकजाँच गर्ने क्रममा प्रहरीले उनको कालो सुटकेसमा कोकिन भएको सुइँको पायो । उनले सुटकेशको चारकुने साइडमा फल्स बटम बनाएर कार्वन पेपरले बेरेर कोकिन ल्याएका थिए । तर, प्रहरीले उनलाई पक्राउ गरेन र कोकिनसहित बाहिर जान दियो ।कोकिन बोकेर बाहिरिएका उनलाई डीएसपी प्रेम शाहीको नेतृत्वको टोलीले पछ्याइरहेको थियो । एन्डिए काठमाडौं ओर्लिएको ५ दिनपछि थाइल्याण्डबाट २८ वर्षीय खुन्जाई खनारत नेपाल आइपुगिन् । बिहीबार बोलिभियन पुरुष र थाई महिलाबीच त्यो कोकिन ह्याण्डओभर हुने तयारी थियो ।

ठमेलको एक होटलमा हुन लागेको कोकिन ह्याण्डओभर प्रहरीले नजिकबाट नियालिरहेको थियो । उनीहरुबीच लेनदेन हुँदै गर्दा बिहीबार प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले उनीहरुलाई पक्राउ गर्‍यो । ब्यूरोका प्रमुख डीआईजी ठूले राईका अनुसार उनीहरुको साथबाट झण्डै दुई केजी कोकिन बरामद भयो । बरामद भएको कोकिनको मुल्य करिब ४ करोड रुपैयाँ पर्ने प्रहरीले बताएको छ ।बोलिभियामा उत्पादन भएको कोकिनको ओसारपसार र विक्री वितरणका लागि अन्तर्राष्ट्रिय लागूऔषध कारोबारीले नेपाललाई ट्रान्जिट पोइन्ट बनाउन थालेका खुलेको छ । बोलिभियाबाट ब्राजिल, ईथियोपिया, भारत हुँदै नेपाल ल्याउने र बैंककसहितका ठाउँमा कोकिन पठाउने गरेको खुलेको हो । बिहीबार पक्राउ परेका बोलिभयन नागरिकले ब्राजिल, इथोपिया र भारत हुँदै कोकिन नेपालसम्म ल्याएका थिए ।

थाई युवतीले त्यसलाई बैंकक पुर्‍याउने जिम्मा पाएकी थिइन् । तर, नेपाल प्रहरी उनीहरुलाई पक्राउ गरेको छ ।यसअघि ७ असोजमा दुई जना विदेशी नागरिक २ किलो ७ सय ग्राम कोकिन ह्यान्डओभर गर्दागर्दै पक्राउ गरेका थिए । बोलिभियाबाट ब्रजिल र दुबई हुँदै नेपाल आइपुगेको कोकिन एक जना भारतीय युवतीलाई दिँदै गर्दा प्रहरीले दुवै जनालाई पक्राउ गरेको थियो ।

त्यस्तै, २६ साउन ०७३ मा पनि साढे ३ किलो कोकिनसहित एक जना बोलिभियन नागरिक पक्राउ परेका थिए ।

साभारः अनलाइन खबरबाट

आश्रमका असहायलाई प्रवासी नेपालीले गराए भोजन

६ माघ, चितवन । प्रवासी नेपाली मञ्च दक्षिण कोरिया किम्हे वुसान क्षेत्रीय कमिटीले चितवनको भरतपुरमा रहेको मानवसेवा आश्रममा आश्रित असहाय एवं वेबारिसे नागरिकहरुलाई भोजन गराएको छ ।

सडकमा वेबारिसे भएर बसेका नागरिकहरुलाई आश्रमले ल्याएर पालनपोषण गर्दै आएको छ । प्रवासी नेपाली मञ्च दक्षिण कोरियाका अध्यक्ष हरि थपलियाको विशेष सक्रियतामा नेपाली प्रतिनिधि सुजन पण्डितको सहकार्यमा आश्रममा रहेका ५५ जना असहाय नागरिकहरुलाई भोजन गराइएको हो ।

कार्यक्रममा सहभागी भएका चितवन क्षेत्र नम्बर २ का प्रदेश सांसद् विजय सुवेदीले प्रदेशमा रहेर पनि मानवीय सेवाको पुण्य काममा नेपालीहरुले देखाएको राष्ट्र प्रेम सह्रानीय भएको बताए ।

साभारः अनलाइन खबरबाट

नेपालीको विरोधपछि सिमानामा पिलर गाड्न रोकियो

वीरगन्जः नयाँ सीमास्तम्भ गाड्ने क्रममा कयौँ विघा नेपाली भूमि भारतमा परेको विरोधमा नेपाली उत्रेपछि सिमानामा काम रोकिएको छ । सीमामा हराएका र जीर्ण सीमास्तम्भ (पिलर) हरु मर्मत र निर्माणका क्रममा भारततर्फ पर्न गएका नेपाली जग्गाका धनीहरुहरु विरोधमा उत्रेपछि दुवै पक्षले काम रोकेका हुन् ।दुवै देशको सीमास्थित दशगजा क्षेत्रमा हराएका तथा पुराना क्षतिग्रस्त पिलरको मर्मत र निर्माणका क्रममा वीरगन्ज महानगरपालिका–१ छपकैयाका १२ स्थानीयको ३० बिघा भन्दा धेरै नम्बरी जग्गा भारतमा पुगेको थियो ।भारतमा पुगेको नेपाली जग्ग्गा धनीहरुले विरोध जनाएपछि जिल्ला प्रशासन कार्यालय पर्साको निर्देशनमा नापी विभागले बाँकी पिलरहरुको मर्मत र पुनर्निर्माण रोकेको हो । पीडित जग्गा धनीहरुले नयाँ पिलर गाडेपछि लाजपूर्जा भएको नम्बरी जग्गा भारतमा परेको भन्दै निवेदन दिएपछि तत्कालका लागि पिलर मर्मत र पुनर्निर्माणको काम रोक्न जिल्ल प्रशासन कार्यालयले नापी विभागको टोलीलाई आग्रह गरेपछि काम रोकिएको हो ।

‘विवादित सीमाक्षेत्रबारे टुङ्गो नलागेसम्म पिलर मर्मत र पुनर्निर्माणको काम अगाडि नबढाउन प्रशासनले आग्रह गरेपछि नापीको टोलीले काम रोकेको छ’, शुक्रबार जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख जिल्ल अधिकारी विनोद प्रकाश सिंहले भने, ‘स्थानीय जग्गाधनीहरुलाइ चित्त बुझाएर मात्रै काम अगाडि बढ्छ ।’ विवादी सीमाक्षेत्रको स्थलगत अध्ययनका लागि काठमाडौँबाट नापी विभागका निर्देशक अनिल मरासीनीको टोली शुक्रबार वीरगन्ज आइपुगेपछि शनिवारदेखि उक्त टोलीले स्थलगत अध्ययन शुरु गर्ने नापी विभागका प्रमुख नापी अधिकृत रमेश ज्ञवालीले जानकारी दिए ।

नेपाल भारत संयुक्त सीमा सर्वेक्षण टोलीले दुवै देशको दगशजा क्षेत्रमा पिलरहरुको मर्मत र निर्माण गर्ने क्रममा छपकैयामा स्थानीय रवीन्द्र महतो कोइरी, महावीर दास, बद्री साह, नेमी साह, असर्फी साह कानुसहित १२ नेपालीको ३० बिघा भन्दा बढी नम्बरी जग्गा भारततर्फ गएपछि विवाद भएको छ ।३९२ नम्बरको जङ्गे पिल्लर अन्तर्गतका २९ वटा सहायक पिलरमध्ये १२ वटा पिलर स्थानीयको लालपुर्जा भएकै जग्गामा परेको छ । नेपाल भारतको सीमा व्यावस्थापनका लागि सन् १८४० मा दुवै देशबीच भएको सुगौली सन्धिमाउल्लेख गरिएको सीमा नक्शांकनका आधारमा अहिले पिलर निर्माण भइरहेको थियो ।


तर वीरगन्ज–१ छपकैयामा पर्ने जंगे पिलर ३९१ को ३८ र ३९ तथा ३९२ को ७, ८, ९ ,१० , २७ र २८ नम्बरको सहायक पिलर नेपालतर्फ परेपछि स्थानीयले वर्षौँदेखि भोगचलन गर्दै आएको ३० बिघा भन्दा बढी जग्गा भारततर्फ पर्न गएको हो । पिलर गाड्ने क्रममा स्थानीयसँग सुझाव समेत नलिई जिपिएस प्रणालीद्वारा लिइएको नक्साको भर परेकाले आपूmहरुको जग्गा भारतमा पर्न गएपछि काम रोक्न माग गर्दै विरोधमा उत्रनुपरेको पीडित जग्गाधनी रवीन्द्र महतो कोइरीले बताए । उनको खेतमै नयाँ पिलर राखिएपछि चार कठ्ठा नम्बरी जग्गा भारततर्फ पर्न गएको छ ।

साभारः अन्नपूर्ण पोष्टबाट

घरमै लडे फुटबल लेजेन्ड पेले, अस्पताल भर्ना

५ माघ, काठमाडौं । आफ्नै घरमा लडेपछि ब्राजिलियन फुटबल लेजेन्ड पेलेलाई अस्पताल धर्ना गरिएको छ । उनी अहिले पनि चिकित्सकको निगरानीमा छन् ।

७७ वर्षीय पेले यसै साता लण्डन आउने कार्यक्रम थियो । उनको सम्मानमा फुटबल राइटर्स एशोसिएसनले कार्यक्रम राखेको छ । तर, अस्पताल भर्ना भएकाले लेजेन्ड पेले लण्डन आउने सम्भावना लगभग अन्त्य भएको छ ।

एफडब्लूएको विज्ञप्तिमा भनिएको छ, ‘बिहीबार विहानै पेले लडेका छन् र उनलाई ब्राजिलमा अस्पताल भर्ना गरिएको छ, जहाँ थुप्रै टेष्टहरु भइरहेको छ ।

यद्यपी पेले र उनको टिमले भने कार्यक्रम नरोक्न आग्रह गरेको एफडब्लूएले जनाएको छ ।

साभारः अनलाइन खबरबाट

कोटेश्वरबाट भक्तपुरसम्म सुरुङमार्ग !

काठमाडौँः बढ्दो सवारी जामले अस्तव्यस्त बन्दै गएको कोटेश्वर चोकबाट भक्तपुरको सूर्यविनायकसम्म सुरुङमार्ग निर्माणको तयारी थालिएको छ ।

राजधानीका अत्यधिक जाम हुने क्षेत्रमध्ये एक कोटेश्वर क्षेत्रबाट भक्तपुरको सूर्यविनायकसम्म सुरुङ मार्ग निर्माणका लागि भक्तपुर नगरपालिकाले डिपीआर तयार पार्ने कामलाई अघि बढाएको हो ।भक्तपुरलाई स्मार्ट सिटीका रुपमा विकास गर्नका लागि यस्तो तयारी थालिएको जानकारी भक्तपुर क्षेत्र नम्बर २ का सांसद महेश बस्नेतले दिएका हुन् ।पूर्वउद्योगमन्त्रीसमेत रहेका बस्नेतले राजधानी काठमाडौँसम्म जाने एक मात्र यो सडक क्षेत्र बढ्दो सवारी चापले अस्तव्यवस्त हुन थालेपछि विकल्पका लागि सुरुङमार्ग निर्माण प्रक्रिया थालिएको बताए ।बस्नेतका अनुसार कोटेश्वर क्षेत्रदेखि भक्तपुरसम्म सहज सवारी आवागमनका लागि कोटेश्वर चोकमा फ्लाई ओभर निर्माण पनि अघि बढाइने बताए ।

‘सुरुङ मार्ग निर्माणका लागि डिपिआर बनाउने काम अघि बढाउँदैछौँ’, भक्तपुरको जगातीमा टेक मिडिया हाउसबाट आयोजित बधाई कार्यक्रममा बस्नेतले भने, ‘एक किलोमिटर लामो यो सुरुङमार्ग बनेपछि यातायात आवागमन सहज हुनेछ भने सुरुङ हेर्ने आन्तरिक पर्यटक पनि आउनेछन् ।’यो सुरुङमार्गको विस्तृत अध्ययनपछि यसको लागतबारेमा आगामी सरकारसँग पहल गरी काम थालिने बस्नेतले बताएका छन् । ‘सुरुङमार्ग नभई पूर्वबाट भित्रिने सवारीसाधन अब कोटेश्वर चोकले धान्नै सक्दैन’, उनले भने, ‘यो परियोजनालाई छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याएर निर्माण थाल्नेछौँ ।’कोटेश्वरबाट अहिले मध्यपहाडी लोकमार्ग, अरनिको लोकमार्गसहितका ठुला मार्गबाट दिनमा हजारौँ सवारीसाधन बाहिरिने र भित्रिने गरेका छन् । कलंकीसँगै यो चोक पनि अत्यधिक जाम हुने क्षेत्रमा पर्छ ।

प्रदेश तीनको राजधानी भक्तपुर

कार्यक्रममा बोल्दै सांसद बस्नेतले प्रदेश नम्बरको राजधानी भक्तपुर नै हुने बताएका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले हेटौँडालाई प्रदेश ३ को अस्थायी राजधानी बनाए पनि प्रदेश संसदको बहुमतले भक्तपुरलाई नै राजधानी बनाउने जिकिर गरे ।‘प्रदेश तीनको राजधानी बन्न भक्तपुर बाहेक अन्यत्र उपयुक्त छैन । भक्तपुरस्थित शिक्षा विभागको परिसरमा प्रदेशसभाको कार्यालय तथा निवास राख्न अहिले नै सबै पूर्वाधार तयारी अवस्था छन्’, उनले भने, ‘भक्तपुर तीन नम्बर प्रदेशको बीचमा पनि छ । अन्यत्र राजधानी बनाएर पूर्वाधारमा अर्बौँ खर्च गर्नुभन्दा पूर्वाधार तयारी अवस्थामा रहेको भक्तपुरलाई नै प्रदेश सभाको बहुमतले प्रदेश तीनको राजधानी बनाउँछ ।’

साभारः अन्नपूर्ण पोष्टबाट

सरकारलार्इ विवेकशील साझाले भन्यो- सीमा मिचिएको तथ्य के हो ?

५ माघ, काठमाडैं । विवेकशील साझा पार्टीले वीरगञ्जमा भारतका तर्फबाट नेपालको सीमा मिचिएको बारे ध्यानाकर्षणा भएको बताएको छ ।हराएका र क्षतिग्रस्त भएका पिलरको नेपाल र भारतले संयुक्त रूपमा निर्माण र मर्मत गर्ने क्रममा वीरगन्ज महानगरपालिका-१, छप्कैया क्षेत्रमा स्थानीयवासीको ३० बिघाभन्दा बढी जमिन मिचिएको बारे देशवासीलार्इ सत्थतथ्य जानकारी गराउन विवेकशीलले अाग्रह गरेको हो ।प्रवक्ता रमेश पैड्यालले विज्ञप्ति प्रकाशित गरी सीमा सर्वेक्षण टोलीको प्रयासमा भएको भनिएको पिलरहरूको निर्माण र मर्मतको सिलसिलामा सर्वेक्षण कार्यमा प्रयोग भएको प्रविधि, एतिहासिक तथ्य एवं नापनक्साकासाथै हालसम्मको कार्यप्रगतिका बारेमा जानकारी गराउन माग गरेका हुन् ।

देशको सीमा मिचिएका खबरहरू बारम्बार विगतमा पनि बाहिर अाइरहेको भन्दै विवेकशीलले सीमा जस्तो संवेदनशील विषयलाई गम्भीरतापूर्वक लिन अनुरोध गर्दै नेपालको भौगोलिक अखण्डता, सार्वभौमसत्ता, राष्ट्रियता र स्वाधीनतामा आँच आउने खालका कुनैपनि गतिविधि हुन नदिन सरकारसँग माग गरेको छ ।

साभारः अनलाइन खबरबाट

वीरगञ्जमा भारतले सीमा मिचेको भन्दै काठमाडौंमा बिरोध

५ माघ, काठमाडौं । वीरगञ्जस्थित नेपाल-भारत सीमामा ५० विगाहा जमिन भारतीय पक्षले मिचेको भन्दै काठमाडौं प्रदर्शन भएको छ ।ग्रेटर नेपालले शुक्रबार मिनभवनस्थित नापी विभागमा पुगेर नेपालको सिमा भारतले मिच्दा समेत सरकारले वास्ता नगरेको भन्दै एक घण्टा धर्ना दिएको हो । ग्रेटर नेपालका अध्यक्ष फनिन्द्र नेपालले नापीको जिम्मा लिएको नापी विभागकै कारण नेपालले एकपछि अर्को ठाउँको जमिन गुमाउँदै जानु परेको आरोप लगाए ।

भारतले हालसम्म नेपालको १ हजार ३ सय वर्ग किलोमिटर जमिन मिचेको ग्रेटर नेपालको दाबी छ ।

सरकारले भने वीरगञ्जमा भारतले नेपालको सीमा नमिचेको स्पष्टिकरण दिएको छ । नापी विभागमा महानिर्देशक गणेशप्रसाद भट्टले वीरगञ्जमा नेपाली भूभाग भारतीय पक्षले मिचेको भन्न नमिल्ने बताए । भारतले नेपाली भूमिका मिचेको हो, होइन, छानविन गर्न निर्देशक नेतृत्वकै टोली खटाएको उनलेबताए ।

साभारः अनलाइन खबरबाट

विदेश पठाइदिन्छु भन्दै करोडौं ठगी गर्ने व्यक्ति पक्राउ

५ माघ, काठमाडौं । जापान, अमेरिका, पोर्चुगल, सिंगापुर लगायतका देशहरुमा पठाइदिने भन्दै कराडौं रुपैयाँ ठगी पर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट घर भइ हाल ललितपुरको तिखेदेवलमा बस्दै आएका ३९ वर्षीय पारस लोहोनी छन् । पीडितहरुको उजुरीको आधारमा उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले काठमाडौंको सोह्रखुट्टेबाट पक्राउ गरेको हो । उनले विभिन्न देशमा आकर्षक सेवा सुविधासहितको रोजगारी दिने भन्दै विभिन्न व्यक्तिसँग करोडौं रकम ठगी गरेका थिए ।

प्रहरीका अनुसार उनले प्रतिव्यक्ति ७ लाख रुपैयाँदेखि ३५ लाख रुपैयाँसम्म लिएर २ करोड ७५ लाख रुपैयाँ ठगी गरेकाे खुलेकाे छ । पीडितहरुसँग पैसा लिएपछि लोहोनी सम्पर्कबिहीन हुने गरेका थिए । उनीबिरुद्ध वैदेशिक रोजगारी विभाग, बुद्धनगरमा समेत वैदेशिक रोजगारी ठगी सम्बन्धि मुद्दा अनुसन्धानको क्रममा रहेको बताइएको छ ।उनलाई थप अनुसन्धान र कारबाहीका लागि शुक्रबार महानगरीय प्रहरी परिसरमा बुझाइएको छ ।

साभारः अनलाइन खबरबाट

फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य

३ पुस, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूलय फेरि बढाएको छ । निगमले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको भन्दै बुधबार पेट्रोल, डिजेल र मटि्टतेलमा मूल्यवृद्धि गरेको हो । निगमकाअनुसार पेट्रोलमा १ रुपैयाँ मूल्य बढाइएको छ भने डिजेल र मटितेलमा २/२ रुपैयाँ मूल्यवृद्धि गरिएको छ । बुधबार राति १२ बजेबाट यो नयाँ मूल्य लागू हुनेछ ।

भारतीय आयल कर्पोरेशनको नयाा मूल्यसूचीअनुसार निगमले इन्धनको मूल्यमा समायोजन गरेको हो ।

नयाा मूल्यअनुसार पेट्रोल एक लिटरलाई १०३ रुपैयाँ पर्ने छ । डिजेल र मट्टतिेलको एक लिटरको मूल्य ८१-८१ रुपैयाँ पुगेको छ ।

गत पुस १७ गतेपनि निगले इन्धनमा मूल्यवृद्धि गरेको थियो ।


साभारः अनलाइन खबरबाट

स्वास्थ्यमन्त्री-डा.केसी सहमति, आज अनशन तोड्ने

काठमाडौं : प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै अनशन थालेका डा.गोविन्द केसीले शनिबार अनशन तोड्ने भएका छन् । स्वास्थ्यमन्त्री दीपक बोहरासँग शुक्रबार राति पाँचबुँदे सहमतिमा हस्ताक्षर भएपछि केसीले अनशन तोड्न लागेका हुन् । सहमतिपत्रमा चिकित्सा शिक्षा अध्यादेशको दफा ५ बमोजिमको चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन दफा २३ बमोजिमको सिफारिस समिति ७ दिनभित्र गठन गर्ने उल्लेख छ ।आईओएमका डिन डा.जगदीशप्रसाद अग्रवालको नियुक्तिलाई नै निरन्तरता दिन त्रिवि कुलपतिमार्फत सम्बन्धित निकायलाई निर्देशन दिने, आईओएमको कटौती गरिएको अधिकार फिर्तासम्बन्धी त्रिवि नियमावली संशोधनका लागि तत्काल त्रिवि सभा (सिनेट) को विशेष बैठक बोलाउने सहमतिपत्रमा उल्लेख छ । तर, प्रधानन्यायाधीश पराजुलीको राजीनामा मागबारे भने सहमतिमा केही उल्लेख छैन । केसीका सहयोगी डा.जीवन क्षत्रीले सहमतिपत्रमा उल्लेख नभए पनि त्यो माग जीवितै रहेको दाबी गरे ।

‘सर्वोच्चको पछिल्लो आदेशअनुसार छानबिनमा पर्ने भइसकेपछि अब पराजुलीले जिम्मेवारीबाट अलग हुनुपर्छ भन्नेमा डा.केसी अडिग हुनुहुन्छ, हाम्रो भनाइ पनि त्यही हो,’ अन्नपूर्णसँग क्षत्रीले भने ।चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा शशि शर्माको पुनर्बहाली आदेशसँगै डा.केसीले प्रधानन्यायाधीश पराजुलीको राजीनामा मागसहित गत सोमबारदेखि अनशन थालेका थिए । प्रधानन्यायाधीश पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले शर्माको पुनर्बहालीको फैसला गरेको थियो । फैसलालगत्तै डा.केसीले प्रधानन्यायाधीश पराजुलीविरुद्ध कडा टिप्पणी गरेपछि सर्वाेच्चले आकस्मिक पेसीमा डा.केसीलाई पक्राउको आदेश दिएपछि केसी र न्यायालयको विवाद चर्किएको थियो । अनशनस्थलबाटै पक्राउ गरिएका केसीलाई बुधबार सर्वोच्चले तारेखमा रिहा गरेको थियो ।

अनशन तोडाउन योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्ले र पूर्वउपाध्यक्ष गोविन्द पोखरेल मन्त्री बोहरासँगै त्रिवि शिक्षण अस्पताल गएका थिए ।

सहमतिका बुँदा

- चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन सात दिनभित्र सिफारिस समिति गठन गर्ने

- डिन जगदीश अग्रवालको नियुक्ति निरन्तरताका लागि निर्देशन दिनुपर्ने

- आईओएमका अधिकार फिर्तासम्बन्धी सम्झौता कार्यान्वयन गर्न कदम चाल्नुपर्ने

- अधिकार फिर्ताका लागि त्रिवि सिनेट बैठक बोलाउने

- पूर्वाधार सुधार, जनशक्ति व्यवस्थापन र सेवा विस्तारमा बजेट व्यवस्था गर्नुपर्ने

साभारः अन्नपूर्ण पोष्टबाट

सडकमा प्रमाणपत्र देखाउँदै हिँड्न आवश्यक छैनः प्रधानन्यायाधीश

२८ पुस, रुकुम ।  प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नो नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रका बारेमा उठेका प्रश्नको संसदीय समितिमा जवाफ दिइसकेको प्रष्ट पारेका छन् ।शुक्रबार रुकुम पूर्वको जिल्ला अदालत उद्घाटन गर्दै उनले अहिले सडकमा कोही कराउँदैमा केही नहुने दाबी गरे। आफू सक्षम भएर न्याय क्षेत्रमा प्रवेश गरेको र प्रधानन्यायाधीश बनेको उनको भनाइ छ ।‘मैले पेश गर्ने ठाउँमा प्रमाण पेश गरिसकेको छु, अब सडकमा प्रमाण देखाउँदै हिँड्न आवश्यक छैन’, उनले भने । विभिन्न वहानामा न्यायालयप्रतिको विश्वास कम गराउन केही शक्ति लागेकाले त्यो सम्भव नहुने उनको भनार्इ छ । ‘हिजो पनि न्यायालय न्यायमूर्ति थियो’,उनले भने, ‘आज र भोलि पनि रहन्छ ।’
न्यायकर्मी जनताको भावना, न्यायको मूल्यमान्यता, पद्धति र प्रणालीबाट चल्ने गरेको बताउँदै उनले जिल्ला अदालत पनि सोही प्रणालीबाट चलिरहेको र अबका दिनमा पनि त्यसरी नै सञ्चालन हुन निर्देशन दिए ।
साभारः अनलाइन खबरबाट

सोनाम ल्होसार कहिले ? फागुनमा कि माघमा ?

२८ पुस, इटहरी । यो बर्षको सोनाम ल्होसार माघ ४ गते पर्ने नेपाल सरकारको पाञ्चाङ्ग निर्णायक समितिको निर्णय गलत भएको भन्दै नेपाल तामाङ घेदुङले आपत्ति जनाएको छ । यस वर्षको सोनाम ल्होसार फागुन ४ मा मनाउन संस्थाले आग्रह गरेको छ ।इटहरीमा शुक्रबार पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा पञ्चाङ्ग निर्णायक समितिले हिन्दु सूर्य पात्रो अनुसार निर्णय लिएर एक महिना अगाडि नै माघ ४ गते सोनाम ल्होसार उल्लेख गरेको जनाइएको छ । सरोकारवाला संस्थाले पाञ्चाङ्ग निर्णायक समितिको भ्रममा नपरी फागनु ४ गते सोनाम ल्होसार भव्यताका साथ मनाउन सरोकारवाला संस्थाले भनेका छन् । 
तामाङ सम्बत मञ्जूश्री तत्व कृषि चन्द्र पात्रोको तिथिअनुसार मिति तोकिनुपर्नेमा हिन्दु सूर्य पात्रोलाई आधार मानेर गलत मिति उल्लेख भएको तामाङ घेदुङ प्रादेशिक कार्यसमिति, प्रदेश नम्बर १ का अध्यक्ष मित्रसेन योञ्जनले बताएका छन् । फागुन ४ गतेको पर्वलाई एक महिना अगाडि नै राखिएको भन्दै तामाङ समुदायका अगुवाहरुले गुनासो गरेका छन् ।सरकारले भने माघ ४ र फागुन ४ दुबै दिन बिदाको घोषणा गरेको छ । सरकारी पात्रोमा सोनाम ल्होसारका लागि माघ ४ गते सार्वजनिक विदा घोषणा गरिएको छ भने फागुन ४ गते ग्याल्बो ल्होसारका लागि सरकारी विदा दिइएको छ ।यसैवीच नेपाल तामाङ घेदुङले पाञ्चाङ्ग निर्णायक समितिमा हिन्दु सूर्य पात्रोका जानकार मात्रै नभएर चन्द्र पात्रोका जानकारहरु पनि राख्न माग गरेको प्रदेश कार्यसमितिका पदाधिकारी मणि तितुङ तामाङले पत्रकार सम्मेलनमा बताए ।

साभारः अनलाइन खबरबाट

५ करोड ६० लाख अवैध विदेशी मुद्रासहित एयर होस्टेस पक्राउ

नयाँ दिल्ली

एकजना एयर होस्टेसको साथबाट प्रहरीले करोडौँ मूल्यको विदेशी मुद्रा बरामद गरेको छ । दिल्लीको इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलमा खानतलासीका क्रममा प्रहरीले भारी परिमाणमा अवैध विदेशी मुद्रा बरामद गरेको हो ।जेट एयरवेजकी एक एयर होस्टेसको साथबाट करिब ३.५ करोड भारतीय रुपैयाँ (५.६० करोड नेपाली रुपैयाँ) बराबरको विदेशी मुद्रा बरामद गरिएको हो ।भारतीय सुरक्षा संस्था डीआरआईका अधिकारीका अनुसार एयर होस्टेसले खानाको प्याकेटसँगै अल्यूमिनियम फाइलमा ८०हजार अमेरिकी डलर राखेकी थिइन् ।

 

अधिकारीका अनुसार यो पैसा दिल्लीबाट हङकङ जाने जहाजमा राखिएको थियो ।डीआरआईलाई एयरपोर्टमा तैनाथ कर्मचारीसँग मिलेर ठुलो मात्रामा अवैध विदेशी मुद्रा हङकङ लाँदै गरेको सूचना आएको थियो । यसै सूचनापछि डीआरआईले छापा मारेर एयर होस्टेसले खानाको प्याकेटसँगै राखेको ८० हजार अमेरिकी डलरसहितका विदेशी मुद्रा बरामद गरेको हो ।

साभारः अन्नपूर्ण पोष्टबाट

मेक्सिकोको सीमामा पर्खाल लगाउने एजेण्डा यथावत : ट्रम्प

वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको अमेरिकी सीमामा पर्खाल लगाउने आफ्नो पुरानो कार्यक्रम यथावतै रहेको बताएका छन्। उनले हाल रिपब्लिकन र डोमोक्र्याटहरूबीच भइरहेको वार्तामा पनि आफ्नो यो एजेन्डालाई कानुनकै रूपमा राख्न निर्देशन दिएका छन्। हाल उनीहरूबीच आप्रवासनसम्बन्धी वार्ता भइरहेको छ। आप्रवासनसम्बन्धी वार्तामा मेक्सिकोसँगको सीमामा पर्खाल लगाउनुपर्ने विषयलाई पनि कानुनका रूपमा राख्न उनले आग्रह गरेका हुन्। गत मंगलबार अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका एक अधिकारीले सीमा सुरक्षामा कदम चाल्नु महत्वपूर्ण भएको भए पनि मेक्सिकोको सीमामा लगाउने भनिएको पर्खालको बारेमा भने तत्कालै कुनै पनि सम्भावना नरहेको संकेत गरेका थिए।त्यसको प्रतिक्रियापछि राष्ट्रपति ट्रम्पले उक्त सीमा पर्खालबारे आफ्नो कार्यक्रममा रहेको र सो कार्यक्रम आफ्नो प्राथमिकताबाट कहिल्यै पनि नहट्ने पनि जानकारी दिएका हुन्। यसअघि केही अवैध आप्रवासीलाई संरक्षण दिने एउटा कार्यक्रम बन्द गर्न आफूले राखेको प्रस्तावमा अदालतले अंकुश लगाइदिएपछि राष्ट्रपति ट्रम्पले अमेरिकी न्याय प्रणाली कमजोर र अनुचित भएको बताएका थिए। उनले अवैध आप्रवासीलाई अमेरिकाबाट निकाल्नुपर्ने भनी बनाइएको प्रस्तावमा कैयौँ पटकसम्म सरकारी तथा अदालती झमेला खेप्नुपरेको छ।
त्यस्तै उनले मेक्सिकोसँग लगाउने भनेको पर्खालको विषयमा पनि विभिन्न प्रकारका विरोधी टिप्पणी आउने गरेका छन्। यस विषयमा यो असम्भव भन्दै उनको विरोध हुने गरेको छ। तैपनि त्यस विषयमा राष्ट्रपति ट्रम्प भने अडिग छन्। उनले उक्त कार्यक्रम आफ्नो राष्ट्रपतिको निर्वाचनकै एजेन्डा भएकोले गरेरै छोड्ने बताएका छन्। यसैगरी अमेरिकाले आफ्ना नागरिकलाई मेक्सिकोका पाँचवटा राज्यको भ्रमण्म नगर्न आदेश दिएको छ। कोलिमा, गुयर्रेरो, मिचोआकान, सिनालोआला र तामौलिपासलाई अमेरिकाले निकै खतरा भएका क्षेत्र बताएको छ। —एजेन्सी
साभारः अन्नपूर्ण पोष्टबाट

कोरियाली वार्ताप्रति ट्रम्प सकारात्मक

 वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मंगलबार भएको दुई कोरियाबीचको उच्चस्तरीय वार्ताले यी दुई देशको सम्बन्ध सुधारका क्षेत्रमा राम्रो ऊर्जा दिएको भन्दै सकारात्मक देखिएका छन्। हालै दक्षिण कोरियामा सम्पन्न दुई कोरियाबीचको वार्ताको बारेमा बुधबार प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले यस्तो धारणा राखेका हुन्। उनले यसबाट सकारात्मक फाइदा लिँदै अगाडि बढ्न र आगामी दिनमा सौहार्द रूपमा वार्ताको माध्यमबाटै सबै समस्याको समाधान गर्ने मार्गमा लाग्न पनि आग्रह गरेका छन्। लामो समयदेखि शत्रुतापूर्ण सम्बन्ध रहेका उत्तर र दक्षिण कोरियाबीच दुई वर्षपछि मंगलबार पहिलोपटक यति उच्चस्तरमा औपचारिक वार्ता भएको हो।


यो वार्तापछि वातावरण निर्माण भएकाले सम्बन्ध सुधारका लागि थप केही गर्नुपर्नेमा दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनलाई पनि राष्ट्रपति ट्रम्पले आग्रह गरेका हुन्। उक्त वार्तापछि उत्तर कोरियाले दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिक खेलमा आफ्ना खेलाडी र प्रतिनिधिहरू पठाउने भएको जनाएको छ। दुई वर्षपछि भएको वार्तापछि यी दुई देशको सम्बन्धमा सुधार आएको छ। वार्ता नभाँडियोस् भनी अमेरिकाले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास पनि रोकेको छ।बुधबार ह्वाइट हाउसमा पत्रकार सम्मेलनमा उनले भने, ‘वार्तामा धेरै सकारात्मक कुराकानी भएका छन् र आगामी दिनका लागि पनि वार्तामा नयाँ विषयवस्तुले प्रवेश पाएका छन्। कोरियाली प्रायद्वीपमा जारी द्वन्द्व समाधानका लागि शान्तिपूर्ण समाधान आवश्यक छ र यसको विकल्प शान्ति वार्ता नै हो।’ छलफलमा विशेषगरी खेलकुदका विषयमा बढी कुराकानी भएको थियो। उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणका बारेमा पनि वार्तामा प्रसंग उठेको बताइएको छ। उक्त वार्तालाई निरन्तरता दिन र कोरियाली प्रायद्वीपमा जारी तनावपूर्ण अवस्थाको सुधार गर्न संयुक्त राष्ट्रसंघले पनि आग्रह गरेको छ।

साभारः अन्नपूर्ण पोष्टबाट

राजकुमार र श्रद्धाको ‘स्त्री’

नायिका श्रद्धा कपुरलाई बक्स अफिसमा हिट चलचित्र चाहिएको छ । कारण, लगातार चलचित्र असफल हुँदा श्रद्धालाई घाटा लागेको छ । उनी, ‘बाहुवली २’का चर्चित नायक प्रभाषसँग नयाँ चलचित्र ‘साहो’मा काम गरिरहेकी छिन् । उनै, श्रद्धा अब एक नयाँ चलचित्रमा पनि देखिने भएकी छिन् । उनी र नायक राजकुमार राहोले काम गर्न लागेको नयाँ चलचित्रको नाम ‘स्त्री’ राखिएको छ । राजकुमारले आफूहरुले नयाँ चलचित्रका लागि नाम पाएको भन्दै ट्विटरमा तस्बिर पोष्ट गरेका छन् ।

यो एक हरर कमेडी चलचित्र हो । यो चलचित्रलाई अमर कौशिकले निर्देशन गर्दैछन् । चलचित्रको लेखन राज एन्ड डीकेले लेखेका हुन् । दिनेश भिजन र राज एन्ड डीकेले नै यो चलचित्रको निर्माण गर्दैछन् । यो चलचित्रको बारेमा अन्य कुरा केहि पनि बताइएको छैन । तर, राजकुमार र श्रद्धाले एकसाथ काम गर्न लागेको यो पहिलो चलचित्र हो ।

साभारः अनलाइन खबरबाट

गुल्मीमा सुन्तला उत्पादनमा कमी

२४ पुस, गुल्मी । गुल्मीमा यो वर्ष सुन्तला उत्पादनमा कमी भएको छ । जिल्लामा यस वर्ष २ हजार २ सय ५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । जिल्ला कृषि बिकास कार्यालय गुल्मीका अनुसार यो वर्ष गत वर्ष भन्दा ३० प्रतिशतले सुन्तला उत्पादन कमी भएको जिल्ला कृषि बिकास कार्यालय गुल्मीका कृषि प्रसार अधिकृत रणबहादुर महतोले जानकारी दिए ।जिल्लाका बिभिन्न गाविसहरुमा लगाइएको सुन्तला खेती मध्ये अहिले करिब ४० प्रतिशत सुन्तला टिप्न बाँकी रहेतापनि पछिल्लो संकलित बिवरण अनुसार उत्पादन बृद्धि घटेेको हो । जिल्लामा गत वर्ष ३ हजार १ सय ३० मेट्रिक टन उत्पादन भएको थियो ।

 

जिल्लामा सुन्तला उत्पादन बृद्धिदर घटनुमा सुन्तला खेत तर्फ किसानहरु आकषिर्त भएपनि व्यवस्थित तरिकाले खेती नगर्नु र प्रयाप्त मात्रामा सिचाइँको सुबिधा नहुँदा उत्पादन घटेको कृषि कार्यालय गुल्मीले जनाएको छ । कृषकबाट बगैचा सुढृढिकरण, मल, किटनासक बिषाधि प्रयोग, बिरुवा काटछाट, हावाहुरीका कारण पनि उत्पादन घटेको हो । जिल्लामा उत्पादन सुन्तलाबाट ११ करोड भन्दा बढीको हुनेछ । अघिल्लो वर्षको तुलनामा ५ करोड वढी रकम बराबरको सुन्तला उत्पादनमा घाटा भएको हो । जिल्लामा उत्पादन भएको सुन्तला कृषकले हाल सरदर प्रतिकिलो ५० रुपयाँदेखि ८० रुपैयाँसम्म बिक्री गर्ने गरेका छन् । तर, बजारमा पाइने खुद्रा मूल्य भने १ सय रुपयाँदेखि १३० सम्म प्रतिकिलोको पर्ने गर्छ ।

जिल्लाका प्रायजसो सबै गाविसहरुमा सुन्तला खेती गरेतापनि व्यास्थित र सुन्तला उत्पादन को लागी व्यावस्थित मानिने गाविसहरु अर्लाङकोट, अर्बेनी, जयखानी, दिगाम, हर्दिनेटा, गौडाकोट, जुभुङ्ग, रेसुङ्गा नगरपालिका, पिपलधारा, हाडहाडे, नयाँगाउ, भनभने, धुर्कोट रजस्थल, धुर्कोट वस्तु, पुर्कोटदह, लगायतका गाविसहरुमा कृषकहरुले सुन्तला उत्पादन गर्दै आएका छन् । अन्य गाविसहरुमा सुन्तला खेती गरेतापनि उत्पादन र मौसमका हिसावले त्यति प्रर्‍याप्त नभएको जिल्ला कृषि बिकास कार्यालय गुल्मीले जनाएको छ । गुल्मीमा उत्पादन भएको सुन्तला ६५ प्रतिशत भन्दा वढी जिल्लामै खपत भएतापनि त्यो भन्दा बढी जिल्ला बाहिर पाल्पा,वुटवल, पोखरा, काठमाडौं लगायका मुख्य बजारमा बिक्री बितरणको लागि लगिने गरिन्छ ।

साभारः अनलाइन खबरबाट

४० लाख रुपैयाँ हिनामिनाको आरोपमा सिभिल बैंकका कर्मचारी पक्राउ

२४ पुस, काठमाडौं । प्रहरीले सिभिल बैंकको बौद्ध शाखाका एक जना कर्मचारीलाई ४० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले एसटु एसिस्टेन्ट पदमा कार्यरत् महेश्वर डंगोललाई पक्राउ गरेको हो । सीआइबीका प्रवक्ता प्रहरी उपरीक्षक जीवन श्रेष्ठले दिएकाे जानकारी अनुसार बैंकले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हाे। बैंकिङ कसुर अन्तरगत मुद्दा चलाइ उनीमाथि थप अनुसन्धान भइरहेको श्रेष्ठले अनलाइनखबरलाई बताए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट डंगोलले इन्टरनेट बैंकिङमार्फत उक्त रकम आफ्नो खातामा जम्मा लगाएको खुलेको छ । सीआइबीले न्यूरोडस्थित कृषि विकास बैंकमा भएको ५ करोड रुपैयाँ हिनामिनाको समेत अनुसन्धान गरिरहेको छ । जसमा नेपाली सेनाका जर्नेल समेत मुछिएका थिए । २०७४ पुष २४ गते प्रकाशित

साभारः अनलाइन खबरबाट

एमाले र माओवादी केन्द्र आन्तरिक छलफलमा

काठमाडौं : पार्टी एकताको तयारीमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेका छन्। एमालेले सोमबार दिउसो स्थायी कमिटी बैठक डाकेको छ भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि पार्टीका उच्च नेताहरूसँग आन्तरिक छलफलमा छन्। दिउसो दुई बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने बैठकले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको लागि संगठनात्मक ढाँचा तथा वैचारिक राजनीतिक विषयमा छलफल हुने एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए। ‘बैठकले संगठनको ढाँचा र सिद्धान्तका विषयमा छलफल गरी त्यसको टुंगो लगाउन एकता संयोजन समितिलाई म्याण्डेट दिने छ’, उनले भने । पार्टी एकतामा ढिलाइ र शंका व्यक्त भइरहेका बेला आइतबार साँझ एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो। भेटमा उनीहरूबीच एकतापछिको कार्यदिशा र संगठन संरचना निर्माणका लागि कार्यदलमार्फत् अघि बढ्ने सहमति भएको छ।

दुई पार्टीका अध्यक्षबीच आइतबार साँझ बालकोटमा भएको छलफलमा कार्यदलको गृहकार्यका आधारमा पार्टी एकता प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने गरी एजेन्डा तय भएको बैठकपछि प्रचण्डले बताए। भेटमा सोमबार दुवै पार्टीका शीर्ष नेताहरूको आन्तरिक छलफल गर्ने र मंगलबार पार्टी एकता संयोजन समिति बैठक बसेर कार्यदल बनाई प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो। ‘पार्टी एकता प्रक्रिया जुन प्रक्रियामा अगाडि बढेको छ, त्यसलाई जसरी हामीले अगाडि बढाउने भन्दै आएका थियौं, त्यहीअनुसार अगाडि बढाउने निष्कर्ष निकालेका छौं’, बैठकपछि माओवादी केन्द्रका अध्यक्ष दाहालले भने, ‘भोलि (सोमबार) दुवैले आ–आफ्नो पार्टीको लेवलमा छलफल गर्छौं र पर्सि (मंगलबार) एकता संयोजन समिति बैठक बसेर प्रक्रियालाई थप अगाडि बढाउँछौं ।’ नौ दिनपछि दुई नेताबीच आइतबार आइतबार साँझ झन्डै पौने दुई घण्टा छलफल भएको थियो। एकता संयोजन समिति बैठकको एजेन्डा निर्धारणका लागि ओली–दाहालबीच छलफल भएको हो। एकता संयोजन समितिको दुवै अध्यक्षले संयोजन गर्दै आइरहेका छन्।

नयाँ सरकार गठनअगाडि नै सम्भव भएसम्म पार्टी एकता गर्ने रणनीति बनाएका एमाले–माओवादी अध्यक्षले पहिले छलफल गरी एजेन्डा तय गर्ने र त्यसपछि लगत्तै संयोजन समितिको बैठक बस्ने बताउँदै आएका थिए।मंगलबार बस्ने एकता संयोजन समितिले अब वैचारिक/राजनीतिक कार्यदिशा तय गर्न वैचारिक राजनीतिक कार्यदल तथा संगठनात्मक संरचना मोडालिटी तयार पार्न संगठनात्मक कार्यदल गठन गर्ने भएको छ। एमाले–माओवादीबीच लोकतान्त्रिक विधिबाट समाजवाद ल्याउने रणनीतिका विषयमा साझा सहमति छ । तर, त्यसको कार्यनीति के हुने भन्नेमा भने सहमति जुटाउन बाँकी छ । एमालेले मान्दै आएको जनताको बहुदलीय जनवाद (जवज) र माओवादीले अंगीकार गदै आएको माओवादका विषयमा के गर्ने भन्नेमा टुंगो लगाउनु पर्नेछ। त्यस्तै, पार्टीको मूल नेतृत्वका विषयमा दुवै पार्टीको अध्यक्षको तहमा छलफल गरी टुंगो लगाउने सहमति भए पनि पार्टी एकतापछिको संक्रमणकालीन अवस्थामा संगठनात्मक संरचनाको मोडालिटी कस्तो बनाउने भन्ने विषय भने टुंग्याउन बाँकी छ। यो विषय टुंग्याउन मंगलबार एकता संयोजन समितिले कार्यदल बनाउनेछ।

कार्यदललाई केही निश्चित समय निर्धारण गरी काम गर्न दिने र त्यसले दिने सुझावका आधारमा निर्णय लिई पार्टी एकताको काम टुंगो लगाउने विषयमा ओलीसँग समझदारी बनेको दाहालले बताए। संयोजन समितिमा ओली–दाहालका अतिरिक्त एमालेका तर्फबाट वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल तथा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन्। एकता संयोजन समितिको बैठक १५ कात्तिकयता बस्न सकेको थिएन। एमाले अध्यक्ष ओली बुधबार स्वास्थ्योपचारका लागि एक साताका लागि बैंकक जाने भएपछि त्यसअगाडि नै कार्यदल बनाई एकताको गृहकार्य गर्न दुवै अध्यक्ष सहमत भएका हुन्। एमाले सचिव प्रदीप ज्ञवालीका अनुसार शीर्षनेताहरुबीचको बैठक ‘आजसम्मकै उत्साहपूर्ण’ हो। ‘एकताका लागि आजको बैठकबाट थप बल मिलेको छ,’ ज्ञवालीले भने, ‘कार्यदलबाट अघि बढ्छौं, एकता भएरै छाड्छ । हामीबीच कुनै भ्रम बाँकी छैनन्।’

साभारः अन्नपूर्ण पोष्टबाट

पूर्व राजा र योगी आदित्यनाथबीच भेटवार्ता

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेटघाट भएको छ। नेपालमा हिन्दु राष्ट्र फर्काउनुपर्न मत राख्ने मुख्य मन्त्री आदित्यनाथ र पूर्व राजा शाहबीच मुख्य मन्त्रीको सरकारी निवासमा भेटवार्ता भएको हो।

नेपालगन्जमा आफ्नौ लागानीमा खोलिएको सोल्टी होटल उद्घाटन गर्न गएका पूर्वराजा ज्ञानेन्द्र लखनउ पुगेर मुख्य मन्त्री आदित्यनाथलाई भेटेका हुन्। भेटमा शाहलाई आदित्यनाथले दोसल्ला र कुम्भको लोगो उपहार दिएका छन्।  पूर्वराजा ज्ञानेन्द्र परिवारका साथमा एकहप्तादेखि पश्चिम नेपाल घुमिरहेका थिए। परिवारका साथमा उनी लखनउ पुगेका हुन्।

साभारः अनलाइन खबरबाट

प्रदेशको अस्थायी राजधानी तोक्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव

२४ पुस, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रदेशको अस्थायी मुकाम तोक्न सुझाव दिएकी छन् । वाम गठबन्धनले सहमति नदिएको र विभिन्न ठाउँमा आन्दोलन भएको भन्दै सरकारले अस्थायी मुकाम नतोकी प्रदेश प्रमुखहरु मात्र नियुक्त गर्ने तयारी गरेको थियो । त्यसबारे परामर्श गर्न प्रधानमन्त्री देउवा सोमबार विहान शीतल निवास पुगेका थिए । तर, राष्ट्रपति भण्डारीले जनतालाई सहज हुनेगरी प्रदेशको अस्थायी मुकाम तोक्न सुझाव दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले पनि सरोकारवाला पक्षसँग परामर्श गरेर अस्थायी मुकाम तोकेर अघि बढ्न राम्रो हुने सुझाव दिएको स्वीकार गरे । भेटमा प्रधानमन्त्रीले राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीबारे पनि राष्ट्रपतिलाई जानकारी गराएका छन् । २०७४ पुष २४ गते  प्रकाशित

साभारः अनलाइन खबरबाट

श्वेताको धपेडीः कान्छीदेखि कफीसम्म

श्वेता खड्का अलि धपेडीमा थिइन् । दरबारमार्गस्थित राइजिङ मलको ग्राउन्ड फ्लोरस्थित आफ्नै कफी हाउस (हिमालयन जाभा)मा, मध्यान्हतिर ।पत्रकारसँग अनौपचारिक भेटघाट गरिरहेकी रहिछन्, फिल्म ‘कान्छी’को गीत रिलिज गर्ने मेसोमा । पत्रकारको घेराबाट बाहिरिएपछि पनि उनलाई व्यस्तताले छाडेन । बारम्बार फोनको घण्टी बज्यो । म्यासेज हेर्न भ्याइनन् । धेरैतिरको काम मिलाउँदा-मिलाउँदै उनलाई बस्ने फुर्सद थिएन । यस्तै व्यस्तताबीच उनी हामीसँग कुराकानी गर्न तयार भइन् । एकदमै सौहार्द्धपूर्ण रुपमा । भर्खर उठेजस्ता चंगा आँखा । विनयी भाव र मधुर मुस्कान । हामीले उनको दैनिकीबारे चासो राख्यौं । अब उनी स्थिर भइन् । र, आफ्नो यन्त्रिक दैनिकीबारे यसरी बताइन् ।

सुत्ने-उठ्ने तालिका

श्वेता उठ्दा बिहानको घाम कोठाभित्र छिरिसकेको हुन्छ । घडीका काँटा साढे ६ वा ७ बजेको रेखामा दौडिरहेका हुन्छन् । बिहान चाँडै उठ्ने बानी छैन । साँझ अबेर सुत्ने भएकाले पनि होला । राति ओछ्यानमा पस्ने बेला ११ बजिसकेको हुन्छ । धेरैजसो त १२ बजेतिर हो । दिनभरको कामको थकान हुन्छ । घर पुगेपछि सानोतिनो काम गर्दागर्दै समय गुज्रन्छ । प्रायः सुत्ने र उठ्ने तालिका एकै किसिमको छ । औसत सात घण्टा सुत्छिन् । ओछ्यान छाड्न उनलाईर् अलि समय लाग्छ । उठिसकेपछि भने बाथरुम जान्छिन् । फ्रेस नभएसम्म केही गर्न जाँगर चल्दैन । फ्रेस हुन्छिन् । पानी पिउँछिन् ।

हायातमा वर्कआउट

बिहानको कर्म सिध्याइसकेपछि श्वेता बौद्धतिर लाग्छिन् । हायात रिजेन्सीमा । त्यहाँ उनी जिममा समय बिताउँछन् । जिम श्वेताको नियमित दिनचर्याकै पाटो हो । जिममा एकाध घण्टा बित्छ । यसबीचमा उनले कार्डियो, स्ट्रेचिङ भ्याइसकेकी हुन्छिन् । ‘जिम गइएन भने के छुटाइयो भन्ने लागिरहन्छ,’ श्वेता भन्छिन्, ‘बानी नै परिसक्यो ।’ फिजिकल फिटनेसका लागि जिम धाउन थालेको धेरै भइसक्यो । दिनभरको कार्यव्यस्तताबीच उनले आफ्ना लागि खर्च गर्ने भनेकै यही समय हो । ‘आफ्नो शरीरको पनि माया गर्नुपर्‍यो नि होइन ?’ यसो भन्दै उनी पूर्ववत् शैलीमा मुस्कुराइन् । घरमा योग र ध्यानको अभ्यास पनि गर्ने गर्थिन्, अहिले छुटेको छ । डेढ/दुई महिना भयो, ‘कान्छी’ फिल्म निर्माणको धपेडीबीच योग गर्ने फुर्सद मिलेको छैन ।

गाडीमै ब्रेकफास्ट

वर्कआउटपछि त्यही प्रोटिन सेक लिने गरेकी छन् । त्यसो त, उनी बेलाबेलामा ड्राइ फ्रुट्स चपाइरहिन्छन् । फलफूल खाइरहेकी हुन्छिन् । गाडीमै यी सबैको व्यवस्था छ । गाडी ड्राइभ गरिरहेकै बेला पनि उनले केही न केही खाइरहेकी हुन्छिन् । ‘थोरै-थोरै खानेकुरा खाइरहेकी हुन्छु,’ श्वेता भन्छिन्, ‘त्यही मेरो ब्रेकफास्ट हो ।’

गाँसमै मासु

वर्कआउटपछि उनी आफ्नो कार्यथलो पुगिसकेकी हुन्छिन् । उनको निम्ति त्यही खाना पाक्छ । खाना अक्सर दाल, भात, तरकारी, अचार नै हो । खानामा उनलाई मासु नभई हुन्न । खासगरी चिकेन । ‘खसीको मासु मन पर्दैन,’ श्वेता भन्छिन्, ‘तर, चिकेनचाहीं हरेक छाकमा चाहिन्छ ।’ उनलाई मासुबिनाको खाना, खानाजस्तो लाग्दैन । उनी भरपेट खान्छिन् । स्लिम हुने चक्करमा खानामा कटौती गर्दिनन् । ‘म त मस्त खाइदिन्छु,’ श्वेता भन्छिन्, ‘हेर्नु न, त्यही भएर ज्यान घटेको छैन ।’ कहिलेकाहीं घरबाट पनि उनलाई खाना आइपुग्छ । मुड चलेमा आफैं घर पुग्छिन् । मध्यान्ह १ बजे खाना खाइसकेपछि एकै पटक राति हो, खाना खाने । साँझ ६ वा ७ बजेभित्र उनी घर पुगिसकेकी हुन्छिन् । त्यसबेला घरमा खाना पाकिसकेको हुन्छ । परिवारका सदस्य एकसाथ बसेर खाना खाँदा माहौल रमाइलो हुन्छ । ‘मेरो घरमा सबै रमाइला छन्,’ श्वेता भन्छिन्, ‘ख्यालठट्टा गरिरहने ।’ खासगरी, भाइ-बुहारी । उनीहरुलाई हाँसोठट्टा गरिरहनुपर्छ । श्वेता माछा-मासुसँगै सागपात पनि रुचाउँछिन् । सकेसम्म सन्तुलित खाना नै खाने गरेकी छन् । पेयमा भने उनलाई कफी नभई हुन्न । कफी लभर भएरै होला, राइजिङ मलमा आफ्नै कफी हाउस चलाएकी । त्यसो त, उनी दिनमा एक पटक गि्रन टी पिउँछिन् । दिनभरमा कम्तीमा दुई लिटर पानी पिउने गरेकी छन् । आफ्नो स्किनलाई कसरी मेन्टेन गर्नुहुन्छ भनी सोधिएको प्रश्नमा पनि उनले आफ्नो खानपान र सन्तुलित जीवनलाई जस दिइन् । साथै, नियमित व्यायाम, व्यस्त दैनिकीले यसमा सघाएको उनको विश्वास छ ।

भाँडावर्तन माझ्न जाँगर चल्छ

श्वेतालाई भान्साको काममा अल्छी लाग्दैन । फुर्सद भएमा उनी भान्सामा गएर खानेकुरा बनाउँछिन् । तर, उनको ढंग भने पुग्दैन । ‘घरि के पोखाउने, घरि के फुटाउने हुन्छ,’ श्वेता भन्छिन्, ‘त्यसैले मलाई भान्साको काम गर्न दिनुहुन्न ।’भान्सामा काम नगरे पनि उनी त्यहाँ बसेर गफ गर्छिन् । त्यति नै घर परिवारका लागि काफी हुन्छ । श्वेताले पकाउने मीठो परिकार भनेको खसीको मासु हो । उनले पकाएको मासु अरुले स्वाद मानेर खान्छन् । भाँडावर्तन माझ्न पनि श्वेतालाई अल्छी लाग्दैन । राति घर पुग्न अबेर भयो भने आफूले खाएको जुठो उनैले माझ्नुपर्छ । घरमा उनलाई सबै कुरा चिटिक्क एवं सफाचट हुनुपर्छ, व्यवस्थित र मिलेको । एउटा सामान थोरै तलमाथि भयो भने पनि उनलाई तनाव हुन्छ रे । ‘एकदमै व्यवस्थित चाहिन्छ,’ श्वेता भन्छिन्, ‘जे जहाँ हुनुपर्ने, जसरी मिलाइएको हुनुपर्ने, त्यसरी नै राखिएको हुनुपर्छ ।’

 

सेमी क्याजुअल पहिरन

श्वेता पहिरनमा उस्तो सौखिन होइनन् । आफूलाई फेसनेबल पनि मान्दिनन् । यद्यपि, कहाँ, कसरी, कस्तो पहिरन लगाउने भन्ने हेक्का छ । कार्यक्रमअनुसारको गेटअपमा पेश हुने गरेकी छन् । पहिरनलाई एकदमै जतनसाथ प्रयोग गर्छिन् । भन्छिन्, ‘लुगालाई हामीले माया गर्‍यौं भने त्यसले पनि इज्जत दिने हो ।’उनीसँग वर्षौंअघिको लुगा पनि सुरक्षित हुन्छ । धेरै भएको लुगा बाँड्ने गरेकी छन् । बाँकी आफैं राख्छिन् । घरमा कपडाहरु सकेसम्म आफैं मिलाउँछिन् । काम गर्ने दिदी छिन्, उनले भने सबै कुरा व्यवस्थित गरिदिने श्वेता बताउँछिन् । ‘उहाँ घरकै परिवारजस्तो हुनुहुन्छ,’ श्वेता भन्छिन्, ‘मेरो लुगाफाटो सबै उहाँले मिलाइदिने हो ।’

अक्सर उनी कार्यलयमा खटिएकी हुन्छिन् । त्यस्तो बेला उनलाई सेमी क्याजुअल पहिरन ठीक लाग्छ । पूरै र्फमल पनि होइन, पूरै क्याजुअल पनि होइन । दुवैको फ्युजन । लुगा लगाउन भने उनलाई त्यस्तो समय लाग्दैन । ‘१० मिनटमै रेडी हुन्छु,’ श्वेता भन्छिन्, ‘धेरै अलमल हुँदैन ।’ नयाँ लुगा लगाइसकेपछि भने उनले घरका परिवारलाई सोध्छिन्, ‘कति सुहायो ?’ भाइ-बुहारीले उनको पहिरनमा टीका-टिप्पणी गरिरहेका हुन्छन् । सुझाव पनि दिइरहेकै हुन्छन् । उनीहरुकै सुझावलाई शिरोधार्य गर्छिन् ।

सपिङमा अल्छी

अक्सर उनका साथीहरु किनमेलमा रमाउँछन् । महिलाहरुको साझा प्रवृत्ति पनि हो यो । धेरैजसो सपिङमा हुरुक्कै हुन्छन् । अपवाद हुन्, श्वेता । उनलाई पसल चहार्दै किनमेल गर्नु झण्झट लाग्छ । ‘साथीहरु यो पसल, त्यो पसल भन्दै हिँड्छन्,’ श्वेता भन्छिन्, ‘मलाईचाहीं त्यसमा जाँगर चल्दैन ।’ मन परेको सामग्री उठाइहाल्ने बानी छ । चाहे त्यो सामान्य पसलको होस् वा ब्रान्डेड । कपडा किनमेल गर्न उनी दरबारमार्गको पसलमा पुग्छिन् । कहिले बाटोमा हिँडदा हिँड्दै कुनै लुगाले ध्यान खिच्न सक्छ । उनी तुरुन्तै खरिद गर्छिन् । रेडिमेड लुगाबाहेक उनी बुटिक पनि प्रयोग गर्छिन् । केही डिजाइनरले उनका लागि लुगा तयार गरिदिन्छन् ।

कान्छीको कुरा

निजी कुराहरु खोतलिरहँदा उनलाई मोबाइलमा आउने रिङटोनले लखेटिरह्यो । बेलाबेला उनले फोन उठाउँदै कामको मेलोमेसो मिलाइरहिन् । कसलाई के अह्राउनुपर्ने, कसलाई के खटाउनुपर्ने । अनेकतिरको झमेलाबीच उनी फिल्मको प्रमोसन गर्न पनि भ्याइरहेकी थिइन् । ‘कान्छी’ फिल्म बनाएदेखि उनको धपेडी थप बढेको रहेछ । माघमा सार्वजनिक हुने फिल्मको प्रमोसनदेखि ट्रेलर रिलिजसम्मको काम थाती नै छ । अघिल्लो फिल्म ‘कोहिनूर’को सफलतासँगै उनले ‘कान्छी’ बनाउने निर्णय गरेकी थिइन् । अहिले त्यसको लगभग सबै काम सकिएको छ । मनोरञ्जनात्मक फिल्मले सबै वर्गका दर्शकलाई आकषिर्त गर्नेमा उनी ढुक्क देखिइन् ।कुराकानीकै क्रममा उनको फोन आयो । उनी केही अत्तालिइन् । हतास भइन् । ‘अस्पताल जानुपर्ने भयो,’ उनले हतारमा भनिन्, ‘श्रीदाइकी ठूलो ममी सिकिस्त हुनुभएछ ।’एकातिर फिल्म प्रोडक्सनको काम, अर्कोतिर निर्माणको । चौतर्फी कामसँगै उनलाई पारिवारिक जिम्मेवारीले पनि पछ्याउँछ । घर, परिवार, आफन्त, इष्टमित्र सबैतिर उनले भ्याउनु परेको छ । ‘अस्पताल जान्छु है’ हतारमै उनी बाहिरिइन् ।



साभारः अनलाइन खबरबाट

तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने

७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् । आई...