प्रचण्डले देउवालाई भने-राजनीतिक सहमतिमा मात्र प्रदेश प्रमुखहरु नियुक्त गर्नुस्

१८ पुस, काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजनीतिक सहमतिमा मात्र प्रदेश प्रमुखहरु नियुक्त गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राष्ट्रिय सभा निर्वाचन र प्रदेश प्रमुखहरुको नियुक्तिबारे छलफल भएको थियो ।

प्रचण्डले देउवालाई भने-राजनीतिक सहमतिमा मात्र प्रदेश प्रमुखहरु नियुक्त गर्नुस्

प्रचण्डले राष्ट्रिय सभा निर्वाचनको मिति तत्काल तोक्न र प्रदेश प्रमुखको नियुक्ति राजनीतिक सहमतिमा मात्र गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उनको निजी सचिवालयले जनाएको छ । जवाफमा प्रधानमन्त्री देउवाले छिटै राष्ट्रिय सभाको निर्वाचन गर्न निर्वाचन आयोगसँग परामर्श गर्न लागेको जानकारी दिए । साथै उनले आफू राजनीतिक सहमतिकै आधारमा अघि बढ्ने जानकारी गराएको बताइएको छ । २०७४ पुष १८ गते  प्रकाशित ।

साभारः अनलाइन खबरबाट

No comments:

Post a Comment

तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने

७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् । आई...